तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु मदिरा नष्ट
अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
गुल्मी ।गुल्मीमा प्रहरीले सवारी सधानमा राखेर तम्घास ल्याउदै गरेको घरेलु रक्सी बरामद गरेर नष्ट गरेको छ ।
रिडीबाट तम्घासतर्फ आउँदै गरेका चार वटा सार्वजनिक सवारी साधनमा चेकजाँचको क्रममा प्रहरीले घरेलु रक्सी (मदिरा)फेला पारेको थियो ।
बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।
करिव ६ू लिटर रक्सी बरामत गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । रक्सी सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनसक्ने प्रहरीकोे अनुमान छ ।...




