Advertisement
Advertisement

भर्खरै

अब कोरियामा हाल्फ पाइन्ट लाएरै काममा जान पाइने 

अब कोरियामा हाल्फ पाइन्ट लाएरै काममा जान पाइने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
EPS Nepal family :दक्षिण कोरियामा अब धेरैजसो तल्लो तहका कामदारहरु जस्तै कारखाना, निर्माण, ढुवानी जस्ता शारीरिक श्रम गर्ने कामदारहरूलाई गर्मीयाममा छोटो पाइन्ट लगाएर काम गर्न अनुमति दिइएको छ। यसअघि त्यस्ता कामदारहरूले पनि लामा पाइन्ट लगाउनुपर्थ्यो, जुन गर्मीको समयमा असहज हुन्थ्यो। सरकारले ऊर्जा खपत घटाउने उद्देश्यले सन् २०२५ को गर्मीयामदेखि ‘कूल वर्कवेयर’ नीति अघि सारेको हो, जसअनुसार कामदारहरूले कार्यस्थलमा हलुका र हावा पार हुने सितल कपडा लगाउन पाउने छन्। यसले कामदारहरूको सहजता, कार्यक्षमता र सन्तुष्टिमा वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, विभिन्न ठूला कम्पनीहरूले पनि आफ्नो आन्तरिक नियम परिवर्तन गर्दै हाल्फ पाइन्टलाई अनुमति दिन थालेका छन्। यो परिवर्तनले केवल अफिस कर्मचारीहरूमा सीमित नरही अब शारिरिक श्रम गर्ने कामदारहरू समेत लाभान्वित हुनेछन्। यो कदम कार्यस्थलमा लचिलोपन र मानवकेन...
कोरियाबाट फर्केका नेपालीको सफलकथा समेटिएको पुस्तक सार्वजनिक

कोरियाबाट फर्केका नेपालीको सफलकथा समेटिएको पुस्तक सार्वजनिक

Breaking News, जानकारी, भर्खरै, समाचार
काठमाडौ दरबारमार्ग स्थित होटल याक एण्ड एतीमा नेपालस्थित कोरियाली दूतावासले कोरियामा कामको अनुभव भएका नेपाली फर्केकाहरूद्वारा सफल उद्यमशीलताका मुद्दाहरूको संग्रह प्रकाशनको लागि एक समारोह आयोजना गरेको हो। नेपालस्थित कोरियाली दूतावासद्वारा प्रकाशित शिब प्रसाद पोखरेल द्वारा लिखित ‘तपाईं आफ्नै मालिक बन्न सक्नुहुन्छ’ शीर्षकको नेपाली भाषाको पुस्तिकामा रोजगार अनुमति प्रणाली (EPS) मार्फत कोरियामा काम गर्ने र कोरियामा हासिल गरेको सीप र अनुभवको आधारमा उत्पादन, कृषि र सेवा उद्योग जस्ता विभिन्न क्षेत्रमा व्यवसाय सुरु गर्न नेपाल फर्केका ५० जना फर्केका उद्यमीहरूको सफलताका कथाहरू समावेश गरिएको छ।...
आजको राशिफल: २०८२ असार ५ गते बिहीबार

आजको राशिफल: २०८२ असार ५ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको मनमा अनौंठो स्नेह र करुणा उम्लिनेछ। जसरी शीतल झरनाले बिन्ध्याचललाई शीतलता दिन्छ, त्यस्तै तपाईंको संवेदनशील मनले नजिकका मान्छेलाई शान्ति दिनेछ। जीवनका उथलपुथलमा पनि तपाईंको आत्मा शान्त र धैर्यवान रहन्छ। साँझपख प्रकृतिको सुगन्धले तपाईंलाई नयाँ ऊर्जा दिनेछ। वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो) तपाईंको मनमा गहिरो स्थिरता र शान्ति छाउनेछ। बर्षातका बुँदजस्तै क्रमशः सम्हालिने जीवनका समस्याले तपाईंलाई थप प्रगल्भ बनाउनेछन्। पारिवारिक मेलमिलापमा मिठास आउनेछ, र मनको दूरी घट्नेछ। धेरै सोच्नुभन्दा, आफ्ना मनका भावनालाई सहजताका साथ व्यक्त गर्नु लाभदायक हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सृजनात्मकता र कल्पनाशीलता आज तपाईंको मनको सारथी बन्नेछन्। जसरी नदी नयाँ बाटो खोज्छ, तपाईं पनि नयाँ अवसरको खोजीमा लाग्नुहुनेछ। शिक्षा र सञ्चारका...
TOPIK परीक्षा अब निजी संस्थाले गर्ने तयारी

TOPIK परीक्षा अब निजी संस्थाले गर्ने तयारी

Breaking News, Breaking news 1, जानकारी, धर्म/ज्योतिश, भर्खरै, समाचार
Test of Proficiency in Korean अर्थात TOPIK परिक्षालाई डिजिटल बनाउन भन्दै निक्षि क्षेत्रलाई दिने तयारी थालिएको छ।  कोरियाको शिक्षा मन्त्रालय अन्तर्गतको नेशनल इन्सटिच्युट फर इन्टरनेशनल एजुकेसन (NIIED) ले सन्चालन गरिरहेको यो परिक्षा अब कोरियाली टेक कम्पनी NAVER लाई दिने तयारी गरिएसँगै विभिन्न क्षेत्रबाट यसको बिरोध हुन थालेको छ। कोरियाका विश्वविद्यालयहरुमा भर्ना हुन, यहाँका कम्पनीहरुमा रोजगारी आवेदन गर्दा, भिजा परिवर्तन लगायतका महत्वपूर्ण कुरामा TOPIK परीक्षा पास गरेको प्रमाणपत्र आवश्यक हुने गर्दछ। गत बर्षमात्रै विश्वभरका ५ लाख मानिस टपिक परिक्षामा सामेल भएका थिए।...
आजको राशिफल: २०८२ असार ४ गते बुधबार

आजको राशिफल: २०८२ असार ४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंले सोचमा परिपक्वता र व्यवहारमा विवेक देखाउनु हुनेछ। मित्रता र सहकार्यका सम्बन्ध गहिरिन सक्छन्। कसैको मौन समर्थन तपाईंको लागि अमूल्य सिद्ध हुन सक्छ। तर आत्मबलमा निर्भर भइरहनु, साँचो मार्ग हुनेछ। वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो) मन स्थिर भए पनि आज केही कुराहरूले तपाईंलाई विचलित बनाउन सक्छन्। पेशागत क्षेत्रमा आएका चुनौतीहरू सहर्ष पार गर्न सकिनेछ। धेरै कुरा भन्नुभन्दा, शान्त रही कर्म गर्न सक्नु यही नै तपाईँको बल हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आकाशजस्तो फैलिएको विचारमा आज उज्यालो घाम लाग्न सक्छ। शिक्षा, सञ्चार वा सृजनात्मक क्षेत्रमा तपाईँको क्षमता चम्किन सक्छ। नयाँ चिन्तनको बिउ रोपिनेछ र थप सुगन्धित जीवन हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन केही भित्री द्वन्द्व लिएर आउन सक्छ, तर त्यो आ...
फिल्म प्रदर्शनबाट डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाद्वारा हरियाली विराटनगर अभियानलाई आर्थिक सहयोग

फिल्म प्रदर्शनबाट डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाद्वारा हरियाली विराटनगर अभियानलाई आर्थिक सहयोग

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले गत हप्ता आइतबार आनसान सिहुङसिमा प्रदर्शन गरेको चलचित्र ऊनको स्वीटरको केहि मुनाफाबाट हरियाली विराटनगर अभियानलाई आर्थिक सहयोग गरेको छ। पूर्वको राजधानी विराटनगरमा अभियन्ता पारुल क्षेत्री लगायतले सञ्चालन गरेको हरित विराटनगर अभियान (सहरको बीच बाटोमा रुख रोप्ने हुर्काउने र हेरविचार गर्ने) जस्तो पवित्र अभियानमा डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले गत हप्ता आइतबारको दिन ख्यङ्गि सिहुङ्सिको मेगा बक्समा प्रदर्शन गरेको चलचित्र ऊनको स्विटरको मुनाफाबाट रु. ५१ हजार आर्थिक सहयोग गरेको हो।   मङ्गलबारका दिन डाइनामिक मोरङ कमिटीमा लामो समयसम्म आबद्ध भएका अग्रज संस्थापक साथै वर्तमान सल्लाहकार काजी नेपाल, काजीबाबु पोखरेल, प्रदिप बस्नेत, राज भट्टराई, नबिन ढकाल लगायतको उपस्थितिमा अभियन्ता पारुल क्षेत्रीको टिम लाइ आर्थिक...
दक्षिण कोरियामा पनि प्रदर्शन हुने भयो सहकारी ठगीको कथामा बनेको ‘महाभोज’, विभिन्न शहरको लागि बुकिङ खुल्ला

दक्षिण कोरियामा पनि प्रदर्शन हुने भयो सहकारी ठगीको कथामा बनेको ‘महाभोज’, विभिन्न शहरको लागि बुकिङ खुल्ला

Breaking News, भर्खरै, समाचार
विशाल आवाज: शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको सहकारी ठगीको कथामा बनेको फिल्म ‘महाभोज’दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ। सहकारीको पैसा कसरी अपचलन हुन्छ र त्यसले बचतकर्ताहरूमा कुन हदसम्म प्रभाव पार्छ भन्ने कथामा आधारित रहेर बनेको फिल्म ‘महाभोज’ दक्षिण कोरियाका लागि हिमालयन के भाइब्स इन्टरटेन्मेन्टले प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि प्रदर्शन हुने पक्का भएको हो। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने जस्ता दर्शकमाझ चिनिएका कलाकार भएकाले नेपाली बक्स अफिसमा सुखद् व्यापार गरिरहेको चलचित्र दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै के भाइब्स इन्टरटेन्मेन्टले दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जनाउदै विभिन्न सहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत आग्रह गरेको छ। यतिबेला देशलाई नै टाउको दुखाई बनेको विषय हो, सहकार...
आजको राशिफल: २०८२ असार ३ गते मंगलबार

आजको राशिफल: २०८२ असार ३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन केही अन्योलमा पर्ने सम्भावना रहन्छ। तर विवेक र सतर्कताले तपाईंलाई ठूला निर्णयबाट जोगाउन सक्छ। मित्र वा सहकर्मीको सहयोगले मार्ग स्पष्ट हुने सम्भावना छ। भावना र कर्तव्यबीच सन्तुलन कायम राख्न सकिनेछ। वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो) शान्त, स्थिर तर प्रभावशाली ऊर्जा तपाईंमा देखिनेछ। पारिवारिक उत्तरदायित्व पूरा गर्न सजिलो महसुस हुनेछ। आफ्नो अनुभव र धैर्यको आधारमा अरूलाई पनि मार्गदर्शन गर्न सकिनेछ। धार्मिक वा आध्यात्मिक विचारमा मन बस्न सक्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सञ्चार र सम्बन्धका लागि उपयुक्त दिन हो। बोलिमा मिठास आउनेछ, जसले अरूको मन जित्न सकिनेछ। कुनै नयाँ विचार जन्मिन सक्छ, जसले तपाईँको लक्ष्यलाई नयाँ दिशा दिन सक्छ। यात्राको सम्भावना पनि देखिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन केही...
मिलन बिश्वकर्मा बने Fonemoney को १ करोड कोरियन वन विजेता

मिलन बिश्वकर्मा बने Fonemoney को १ करोड कोरियन वन विजेता

जानकारी, भर्खरै, समाचार
रेमिट्यान्स सेवा प्रदायक Fonemoney द्वारा सञ्चालन गरिएको “फोनमनी साथमा १ करोड हातमा” योजना अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता मिलन बिश्वकर्मा घोषित भएका छन्। यो विजेता छनोट कार्यक्रम जुन १५, २०२५ गते आइतबार, दोंगदेमुनस्थित Fonemoney को मुख्य कार्यालयमा लक्की ड्र मार्फत सम्पन्न गरिएको थियो। उक्त योजनाअन्तर्गत, हरेक साताका ३६ जना सहभागीहरूले “पैसा डबल” अफर अन्तर्गत आफ्नो रकम दोब्बर पार्ने अवसर प्राप्त गरेका थिए। छोटो समयमै नेपाली समुदायको विश्वास जित्न सफल Fonemoney ले भरपर्दो, छरितो र सुरक्षित सेवा प्रदान गर्दै आएको छ। ग्राहकहरूलाई सम्भावित स्क्याम वा ह्याकिङबाट जोगाउन Fonemoney ले ‘डिभाइस डिटेक्सन सिस्टम’ को प्रयोग गर्दै आएको छ, जसले प्रयोगकर्ताहरूको डिजिटल सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दछ। हाल सञ्चालनमा रहेको “Refer and Win” योजनाअन्तर्गत, जुनसुकै प्रयोगकर्ताले त...
आजको राशिफल: २०८२ असार २ गते सोमबार

आजको राशिफल: २०८२ असार २ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन संयम र समझदारीको खाँचो पर्न सक्छ। अप्ठ्यारो संवाद वा दायित्वपूर्ण भूमिका तपाईंमाथि आउन सक्छ। तथापि, तपाईंको स्पष्ट सोच र निर्णय क्षमताले समस्यालाई समाधानतर्फ मोड्नेछ। अनुशासनको अभ्यास लाभदायक हुनेछ। वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो) तपाईंभित्रको स्थायित्व आज पनि बलियो रूपमा उपस्थित हुनेछ। कुनै अधुरो काम पूरा गर्ने मौका आउन सक्छ। मन न्यानो रहनेछ, र नजिकको व्यक्तिसँग समय बिताउँदा आत्मीयता गहिरिनेछ। आर्थिक सन्तुलनमा सावधानी अपनाउनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चञ्चलता नियन्त्रणमा राख्न सके, दिन फलदायी बन्न सक्छ। आज तपाईंका विचारहरू प्रखर रहनेछन्। अध्ययन, लेखन वा सृजनात्मक क्षेत्रमा सफलता मिल्न सक्छ। पुराना चिन्तन बिर्सिएर नयाँ लक्ष्यमा केन्द्रित हुनु लाभदायक हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ...