Advertisement
Advertisement

भर्खरै

कोरियाको तलब बढ्यो, जनवरी देखी प्रतिमहिना : २१,५६,८८० वन् हुने

कोरियाको तलब बढ्यो, जनवरी देखी प्रतिमहिना : २१,५६,८८० वन् हुने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा आगामी बर्ष अर्थात् सन् २०२६ का लागी न्युनतम तलब वृद्धी भएको छ । सन् २०२६ को जनवरीदेखी न्यूनतम तलब प्रति घण्टा १०,३२० वन हुनेछ ।  न्यूनतम तलब हालको १०,०३० वनबाट २.९% वृद्धि गरी १०,३२० वन प्रति घण्टा निर्धारण गरिएको हो । मासिक २०९ घण्टाको हिसाबले मासिक तलब २,१५६,८८० वन हुनेछ । त्यस्तै ओभरटाइमको प्रतिघण्टा १५४८० वन् हुनेछ । यो निर्णय श्रमिक, मालिक र सार्वजनिक प्रतिनिधिहरूको सहमति (노·사·공) बाट भएको हो, जुन १७ वर्षपछि पहिलो पटक भएको सहमति हो। हालैको बैठकमा 민주노총का ४ सदस्य अनुपस्थित भए पनि बाँकी २३ प्रतिनिधिहरूले सहमति जनाएका थिए। प्रतिघण्टा : १०३२० वन्  ओभरटाइम प्रतिघण्टा : १५४८० वन् !  प्रतिमहिना : २१,५६,८८० वन् । ( आजको विनिमय दर अनुसार २ लाख १४ हजार १ सय ७६ रुपैयाँ ।...
अगस्ट ३ मा सिरुपाते परिवार (एफ.सि) ले “समर‌ ओपन पूल टुर्नामेन्ट” आयोजना गर्दै 

अगस्ट ३ मा सिरुपाते परिवार (एफ.सि) ले “समर‌ ओपन पूल टुर्नामेन्ट” आयोजना गर्दै 

Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गर्मिको अवसर पारि अगस्ट ३ तारिख तारिखका दिन सिरुपाते परिवार (एफ.सि)‌‌ को आयोजनामा‌ आनसानमा “समर ओपन पूल टुर्नामेन्ट” आयोजना हुने भएको छ।  सन् २०२३ मा इन्छनमा स्थापना भएको सिरुपाते परिवार (एफ.सि) ले यही आउँदो अगष्ट ३ तारिख आइतबारका दिन 경기도 안산시 단원구 원곡동 798-7,3충 레포츠 당구장 मा “समर ओपन पूल टुर्नामेन्ट” आयोजना गर्ने भएको हो।     सिरुपाते परिवार (एफ.सि) को आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने लाइ ३ लाख र चौथो हुनेलाई १ लाख कोरियन वन को साथमा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका म्यानेजर विक्रम तामाङले बताएका छन्। पछिल्लो समय कोरियामा युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने आयोजकले विशाल आवाजलाई बताएको छ। प्रतियोगिता...
कोरियाका पूर्व राष्ट्रपति युन पुन: जेलमा 

कोरियाका पूर्व राष्ट्रपति युन पुन: जेलमा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सउलको एक अदालतले बिहीवार पूर्व राष्ट्रपति युन सुक योललाई मार्शल कानून लागू गर्ने असफल प्रयाससहित पाँचवटा अभियोगमा पक्रा- उ पुर्जी जारी गर्दै दोस्रो पटक हिरासतमा लिएको छ। विशेष अभियोजक चो युन-सुकको टोलीले प्रमाण नष्ट हुनसक्ने भन्दै प-क्राउको माग गरेको थियो। युनले सुनुवाइमा सबै आरोप अस्वीकार गरे। आरोपअनुसार, युनले केही मन्त्रिहरूलाई मात्रै बोलाएर अधिकार उल्लंघन गरे, झूटा मार्शल कानून कागज तयार पारेर पूर्व प्रधानमन्त्री र रक्षा मन्त्रीसँग हस्ताक्षर गराए, झूटा विज्ञप्ति वितरण गर्न लगाए, आफूलाई प-क्राउ गर्न रोक्न निर्देशन दिए, र सैनिकहरूको कल रेकर्ड मेटाउन आदेश दिए। उनी यसअघि पनि जनवरीमा प-क्राउ परेका थिए तर मार्चमा रिहा भएका थिए।...
आजको राशिफल: २०८२ असार २६ गते बिहीबार

आजको राशिफल: २०८२ असार २६ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक भावनामा गहिरो आकर्षण हुन सक्छ। आत्मिक सन्तुलन र गम्भीर सोचले पुराना निर्णयहरूको पुनर्मूल्याङ्कन गराउनेछ। शिक्षा, यात्रा वा तीर्थयात्राको योजना बन्न सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आर्थिक लाभका संकेत देखिन्छन्, तर गोप्य योजना बाहिर आउन सक्ने सम्भावना छ। दातृत्व र कृतज्ञता जनाउने समय हो — तपाईँका साना कर्मले अरूको मन छुनेछन्। धन र धर्मको सन्तुलन आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साझेदारी वा सम्बन्धमा स्पष्ट संवाद आवश्यक हुन्छ। व्यक्तित्वको प्रभाव बढ्नेछ, तर घमण्डले हानि पुर्‍याउन सक्छ। मिलनसार स्वभावले ठूला द्वन्द्व टार्न सकिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्म र स्वास्थ्यमा सुधार आउने संकेत छ। व्यस्त दिन भए पनि मन प्रसन्न रहनेछ। दैनिक कर्तव्यलाई श्रद्धा मानेर गर्ने हो भने सौभाग्य आ...
एनआरएनए दक्षिण कोरिया, ख्याङ्गसान शाखाको छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० मा हुँदै

एनआरएनए दक्षिण कोरिया, ख्याङ्गसान शाखाको छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० मा हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्(NRNA-NCC) दक्षिण कोरिया ख्याङ्गसान शाखाको छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० तारिखका दिन किम्हेमा हुने भएको छ।  NRNA दक्षिण कोरिया‌ केन्द्रको अधिवेशन नजिकिएसँगै यसको ख्याङ्गसान शाखाको पनि छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० तारिख आइतबारका दिन ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको हलमा हुने भएको छ। ख्याङ्गसान स्थित नेपाली हरुलाई एकताको सुत्रमा बाँध्दै मनोरञ्जन कार्यक्रम, राजदूतावासको घुम्ती सेवा अनि खेलकुद कार्यक्रम गरी विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको छ। यति मात्रै नभएर समाजले सो क्षेत्रमा रहेका नेपालीलाई परेको दुःखसुखमा साथ सहयोग समेत गर्दै आइरहेको छ। ऐतिहासिक छैठौं अधिवेशनबाट नयाँ कार्य समिति चयन हुनेछ भने उक्त कार्यसमितिको अध्यक्षका लागि हालसम्म चार/पाँचजनानै आकांक्षी देखिएको कारण यसपालि अधिवेशनको रौनक झ...
बिबाह गरि घरजम गरे कोरियामा करिब ९ करोड पाईने 

बिबाह गरि घरजम गरे कोरियामा करिब ९ करोड पाईने 

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको बुसानस्थित साहा–गु (사하구) जिल्लाले घट्दो जन्मदरको समाधानका लागि नयाँ योजना सुरु गरेको छ।  यो योजनाअन्तर्गत विवाह र सन्तान जन्मलाई प्रोत्साहन गर्न युवायुवतीलाई करिब ६४ हजार अमेरिकी डलरसम्मको नगद तथा आवास सहायता दिइनेछ। जोडी बन्ने सहभागीहरूले प्रति व्यक्ति ५ लाख वोन, इन्गेजमेन्टमा १० लाख वोन, र विवाहपछि २० लाख वोनसम्म पाउने छन्। साथै, भाडा सहायता स्वरूप मासिक ८ लाख वोन वा ३ करोड वोनसम्मको जमानत सहायता पनि प्रदान गरिनेछ। साहा–गुको यो कदम जनसंख्या संकट समाधानका लागि स्थानीय सरकारले उठाएको नवीन प्रयासका रूपमा हेरिएको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
कोरियाको ग्वाङ्जु विदेशी क्लबमा सामान्य विवादले ठूलो झगडामा रूप लिएपछि, विदेशीहरू पक्राउ

कोरियाको ग्वाङ्जु विदेशी क्लबमा सामान्य विवादले ठूलो झगडामा रूप लिएपछि, विदेशीहरू पक्राउ

जानकारी, भर्खरै, समाचार
सन्जय गुरुड्ं:ग्वाङ्जुमा रहेको एक विदेशीहरूका लागि मात्र खोलिएको क्लब बाहिर सामान्य विवादले झगडाको रूप लिएपछि संलग्न रहेका तीन जना विदेशीहरूलाई प्रहरीले पक्राउ गरेको छ। ग्वाङ्सान प्रहरीका अनुसार, पक्राउ परेका व्यक्ति मध्ये ३० वर्षिय कजाकस्तान नागरिक A सहित ३ जनालाई विशेष कुटपिट र सामूहिक कुटपिट (특수상해 및 공동폭행) अभियोगमा जताजतै पक्राउ गरिएको हो। प्रहरीले जानकारी दिएअनुसार, घटना गत ६ तारिख बिहान १:२० बजे ग्वाङ्सान구 월곡동स्थित एक विदेशी 전용 클럽को अगाडिको सडकमा घटेको हो। A समूह र उस्तै कजाकस्तान नागरिक भएको अर्को ३ जनाको समूहबीच झगडा भएको बताइएको छ। A र उनका साथीसँगै ती क्लबमा जाने उद्देश्य भनेको एक साथीको जन्मदिनको पार्टीमा सहभागी हुनु थियो, तर क्लबभित्र अन्य विदेशीहरूसँग सामान्य विवाद उत्पन्न भयो। पछि त्यो विवाद क्लब बाहिरसम्म पुगेर शारीरिक झगडामा परिणत भयो। यस क्रममा A ले साथमा ल्याएको धा...
एनआरएनए दक्षिण कोरियाको दशौं अधिवेशनअन्तर्गत निर्वाचन मण्डल चयन निर्वाचन जुलाई २६र २७ मा हुने 

एनआरएनए दक्षिण कोरियाको दशौं अधिवेशनअन्तर्गत निर्वाचन मण्डल चयन निर्वाचन जुलाई २६र २७ मा हुने 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको दशौं अधिवेशन तथा निर्वाचन यही जुलाई २६ र २७ मा सम्पन्न हुने भएको छ। अधिवेशनअन्तर्गत निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन सुनिश्चित गर्न संघले निर्वाचन मण्डल गठन गरेको छ। निर्वाचन मण्डलमा अनुभव, पेशागत सशक्तता र विश्वासिलो नेतृत्वदायी व्यक्तित्वहरूको समावेश गरिएको छ। संघका वर्तमान सल्लाहकार तथा पुर्व एनआरएन आईसीसी सदस्य लोचन राई निर्वाचन मण्डलको संयोजकमा चयन भएका छन्। निर्वाचन सदस्यका रूपमा सञ्चारकर्मी डा. कमला केसी, र प्रोफेसर डा. बाबु काजी श्रेष्ठ चयन भएका छन्।  निर्वाचन मण्डलले निर्वाचन प्रक्रियालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउन तयारी अघि बढाइसकेको छ। साथै, मण्डलले निर्वाचनमा सहभागी हुन चाहने इच्छुकहरूका लागि पञ्जिकृत सदस्यता फारम समयमै भर्नु हुन आग्रह गरेको छ।  एनआरएनए दक्षिण कोरियाको यो अधिवेशन तथा...
अब ३३ डिग्रि नाघेमा प्रत्येक २ घण्टामा २० मिनेट रेस्ट टाइम : श्रम मन्त्रालय 

अब ३३ डिग्रि नाघेमा प्रत्येक २ घण्टामा २० मिनेट रेस्ट टाइम : श्रम मन्त्रालय 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
लगातार गर्मी बढिरहेकाले गर्दा निर्माण स्थलमा काम गरिरहेका विदेशी कामदारको ज्यान जाने जस्ता गम्भीर दुर्घटनाहरू भएका छन्।  यसलाई ध्यानमा राख्दै, कोरिया श्रम मन्त्रालयले गर्मीको समयमा अनिवार्य रूपमा विश्राम दिने व्यवस्था पुनः 추진 गर्ने निर्णय गरेको छ। श्रम मन्त्रालयले ८ जुलाईमा नियम सुधार समितिलाई ‘औद्योगिक सुरक्षा तथा स्वास्थ्य मापदण्डसम्बन्धी नियम’मा समावेश गरिएको "महसुस हुने तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि पुगेमा प्रत्येक २ घण्टामा कम्तिमा २० मिनेट विश्राम दिनुपर्ने" भन्ने प्रस्तावमा पुनर्विचार गर्न अनुरोध गर्ने निर्णय गरेको छ। यसअघि नियम सुधार समितिले अप्रिल र मे महिनामा दुई पटकको समीक्षा बैठकमा उक्त प्रावधान सबै कार्यस्थलमा एकै किसिमले लागू गर्नु उपयुक्त नहुने र साना तथा मझौला व्यवसायहरूमा बोझ बन्न सक्ने भन्दै श्रम मन्त्रालयलाई पुनर्विचार गर्न सिफारिस गरेको थियो। त्यसपछि ...
आजको राशिफल: २०८२ असार २५ गते बुधबार

आजको राशिफल: २०८२ असार २५ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईँको सोच र दृष्टिकोणमा विस्तार आउनेछ। धार्मिक, सामाजिक वा परोपकारी कार्यमा आकर्षण बढ्नेछ। दूरदृष्टिले लिएको निर्णय लाभदायक सावित हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आर्थिक निर्णय वा लगानीमा सावधानी आवश्यक छ। अर्काको कुरामा धेरै विश्वास गर्नु अघि आफैँ पुष्टि गर्नु बुद्धिमानी हुनेछ। कसैको गोप्य सहयोगले ठूला काम सम्पन्न हुन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साझेदारीमा नयाँ सोच वा योजना अघि बढ्न सक्छ। दुवै पक्षको सम्मान गर्ने दृष्टिकोण अपनाउँदा सम्बन्ध प्रगाढ हुनेछ। व्यवसायिक वा वैवाहिक कुरामा सम्झदारी आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यस्थल वा दैनन्दिन जिम्मेवारीमा सुधारको समय हो। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ, तर खानपानमा ध्यान दिनुहोस। विवेकयुक्त मेहनतले सफलता ल्याउनेछ। ...