नेपाली जन–सम्पर्क समिति, दक्षिण कोरियाको ७ औं महाधिवेशन जनवरि ४ मा हुने, महाधिवेशनको कार्यतालिका सार्वजनिक
सउल, दक्षिण कोरिया – नेपाली राजनीतिमा उदाउँदै गरेको 'जेन-जी' (Gen-Z) पुस्ताको परिवर्तनकारी भावना, पारदर्शिता र विधिमा आधारित नेतृत्वको खोजीलाई प्रवासमा पनि स्थापित गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आफ्नो ऐतिहासिक ७ औं महाधिवेशन को विस्तृत कार्यतालिका र जिम्मेवारी सार्वजनिक गरेको छ।
प्रवासमा लोकतन्त्रको पहरेदारको रूपमा रहेको यस संस्थाले आगामी सन् २०२६ जनवरी ०४ मा हुने केन्द्रीय महाधिवेशनलाई नयाँ पुस्ताको ऊर्जा र पुरानाको अनुभव जोड्ने संगम स्थलको रूपमा मनाउने तयारी गरेको छ।
समितिले महाधिवेशन सम्पन्न गर्नका लागि अधिवेशन कार्यतालिका, निर्वाचन समिति, विधान मस्यौदा समिति र विभिन्न क्षेत्रका लागि केन्द्रीय प्रतिनिधिहरूको नामावली निम्न अनुसार सार्वजनिक गरेको छ:
१) अधिवेशन कार्यतालिका
महाधिवेशनलाई व्यवस्थित र समयमै सम्पन्न गर्न देह...






