दक्षिण कोरियाको बुसानस्थित साहा–गु (사하구) जिल्लाले घट्दो जन्मदरको समाधानका लागि नयाँ योजना सुरु गरेको छ।
यो योजनाअन्तर्गत विवाह र सन्तान जन्मलाई प्रोत्साहन गर्न युवायुवतीलाई करिब ६४ हजार अमेरिकी डलरसम्मको नगद तथा आवास सहायता दिइनेछ।
जोडी बन्ने सहभागीहरूले प्रति व्यक्ति ५ लाख वोन, इन्गेजमेन्टमा १० लाख वोन, र विवाहपछि २० लाख वोनसम्म पाउने छन्। साथै, भाडा सहायता स्वरूप मासिक ८ लाख वोन वा ३ करोड वोनसम्मको जमानत सहायता पनि प्रदान गरिनेछ।
साहा–गुको यो कदम जनसंख्या संकट समाधानका लागि स्थानीय सरकारले उठाएको नवीन प्रयासका रूपमा हेरिएको छ।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
२५ असार २०८२, बुधबार ०५:५५२५ असार २०८२, बुधबार ०५:५५२५ असार २०८२, बुधबार ०५:५५ by एलिनाNo Comments
सउल, दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको दशौं अधिवेशन तथा निर्वाचन यही जुलाई २६ र २७ मा सम्पन्न हुने भएको छ। अधिवेशनअन्तर्गत निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन सुनिश्चित गर्न संघले निर्वाचन मण्डल गठन गरेको छ। निर्वाचन मण्डलमा अनुभव, पेशागत सशक्तता र विश्वासिलो नेतृत्वदायी व्यक्तित्वहरूको समावेश गरिएको छ। संघका वर्तमान सल्लाहकार तथा पुर्व एनआरएन आईसीसी सदस्य लोचन राई निर्वाचन मण्डलको संयोजकमा चयन भएका छन्। निर्वाचन सदस्यका रूपमा सञ्चारकर्मी डा. कमला केसी, र प्रोफेसर डा. बाबु काजी श्रेष्ठ चयन भएका छन्।
निर्वाचन मण्डलले निर्वाचन प्रक्रियालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउन तयारी अघि बढाइसकेको छ। साथै, मण्डलले निर्वाचनमा सहभागी हुन चाहने इच्छुकहरूका लागि पञ्जिकृत सदस्यता फारम समयमै भर्नु हुन आग्रह गरेको छ।
एनआरएनए दक्षिण कोरियाको यो अधिवेशन तथा...
२५ असार २०८२, बुधबार ०२:४५२५ असार २०८२, बुधबार ०२:४५२५ असार २०८२, बुधबार ०२:४५ by एलिनाNo Comments
लगातार गर्मी बढिरहेकाले गर्दा निर्माण स्थलमा काम गरिरहेका विदेशी कामदारको ज्यान जाने जस्ता गम्भीर दुर्घटनाहरू भएका छन्।
यसलाई ध्यानमा राख्दै, कोरिया श्रम मन्त्रालयले गर्मीको समयमा अनिवार्य रूपमा विश्राम दिने व्यवस्था पुनः 추진 गर्ने निर्णय गरेको छ।
श्रम मन्त्रालयले ८ जुलाईमा नियम सुधार समितिलाई ‘औद्योगिक सुरक्षा तथा स्वास्थ्य मापदण्डसम्बन्धी नियम’मा समावेश गरिएको "महसुस हुने तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि पुगेमा प्रत्येक २ घण्टामा कम्तिमा २० मिनेट विश्राम दिनुपर्ने" भन्ने प्रस्तावमा पुनर्विचार गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
यसअघि नियम सुधार समितिले अप्रिल र मे महिनामा दुई पटकको समीक्षा बैठकमा उक्त प्रावधान सबै कार्यस्थलमा एकै किसिमले लागू गर्नु उपयुक्त नहुने र साना तथा मझौला व्यवसायहरूमा बोझ बन्न सक्ने भन्दै श्रम मन्त्रालयलाई पुनर्विचार गर्न सिफारिस गरेको थियो।
त्यसपछि ...
२४ असार २०८२, मंगलवार ०९:३८२४ असार २०८२, मंगलवार ०९:३८२४ असार २०८२, मंगलवार ०९:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: गर्मिको अवसर पारि जुलाइ २७ तारिखका दिन KHGWANGEWON POOL CLUB को आयोजनामा ख्वाङहेवन (광혜원 ) पोखरा रेस्टुरेन्टमा “समर पूल टुर्नामेन्ट” आयोजना हुने भएको छ।
गत वर्ष पनि यस्ता पुल प्रतियोगिताहरू आयोजना गरिसकेको अनुभव बटुलेको KHGWANGEWON POOL CLUB ले यही आउँदो जुलाइ २७ तारिख आइतबारका दिन 충청북도 진천군 광혜원면 장기 2 길8(2충) मा रहेको पोखरा रेस्टुरेन्टमा “समर पूल टुर्नामेन्ट” आयोजना गर्ने भएको हो।
KHGWANGEWON POOL CLUB को आयोजना हुने प्रतियोगितामा विजेता र उपविजेता हुनेले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने लाइ ५ लाख कोरियन वन को साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यति मात्रै नभएर प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २ लाख वन रकम सहित प्रमाणपत्र प्रदान गरिने समेत आयोजकले बताएको छ।
पहिले पनि पुल प्रतियोगिता आयो...
२३ असार २०८२, सोमबार ०१:२०२३ असार २०८२, सोमबार ०१:२०२३ असार २०८२, सोमबार ०१:२० by एलिनाNo Comments
सन २०२४ मा कोरियामा पहिलोपटक १० लाखभन्दा धेरै व्यवसायहरू बन्द भएका छन्। राष्ट्रिय कर सेवा (NTS) का अनुसार, कुल 1,008,282 व्यवसायहरू (व्यक्तिगत र कर्पोरेट) बन्द भएका छन्, जुन अघिल्लो वर्षभन्दा 21,795 ले बढी हो।
यो वृद्धिको मुख्य कारणहरूमा कोभिड महामारीपछिको लामो आर्थिक मन्दी, उच्च ब्याजदरका कारण बढ्दो ऋण तिर्न नसक्ने दर, र घट्दो बिक्री रहेका छन्।
बन्द भएका व्यवसायमध्ये करिब आधा खुद्रा र रेस्टुरेन्ट क्षेत्रका थिए। खुद्रा व्यवसायको बन्द दर 16.78% र रेस्टुरेन्टको 15.82% रहेको छ। विज्ञहरूका अनुसार उच्च मुद्रास्फीति र ब्याजदरले मानिसको वास्तविक आम्दानी घटाएको छ, जसले गर्दा खुद्रा र खाना खर्चमा गिरावट आएको हो।
EPS NEPAL FAMILY...
२२ असार २०८२, आईतवार ११:०७२२ असार २०८२, आईतवार ११:०७२२ असार २०८२, आईतवार ११:०७ by एलिनाNo Comments
दक्षिण कोरिया - जुलाई ६, २०२५
रेमिट्यान्स सेवा प्रदायक कम्पनी Fonemoney ले "Fonemoney साथमा १ करोड हातमा" अभियान अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता श्री मिलन बिश्वकर्मालाई पुरस्कार हस्तान्तरण समारोह गरेको छ। विजेता घोषणा कार्यक्रम जुन १५, २०२५ (आईतबार) का दिन दोंगदेमुनस्थित Fonemoney को मुख्यालयमा आयोजित लक्की ड्र मार्फत सम्पन्न भएको थियो।
त्यसैगरी जुलाई ५. शनिबार, Fonemoney मुख्यालयमा सम्पन्न एक विशेष आन्तरिक कार्यक्रम मार्फत विजेता श्री मिलन बिश्वकर्मालाई १ करोड कोरियन वन बराबरको नगदपुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरियो।
पुरस्कार हस्तान्तरण समारोहमा खुशी साट्दै श्री मिलन विश्वकर्माले जितेको रकम आफूले नेपालमा बनाउँदै गरेको घरको रङ्गरोगन तथा इन्टेरियरको काममा सो रकम खर्च गर्ने योजना रहेको उल्लेख गर्दै फोनमनीलाई आभार व्यक्त गर्नुभयो।
यस अभियान अन्तर्गत, प्रत्ये...
१७ असार २०८२, मंगलवार १४:१९१७ असार २०८२, मंगलवार १४:१९१७ असार २०८२, मंगलवार १४:१९ by एलिनाNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय बाह्रौं अधिवेशन यही जुलाई २० मा हुने भएको छ । संघले आफ्नो एघारौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई केन्द्रित गर्दै सउलको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले बताए । कोरियाभरि आफ्नो पाँच शाखा विस्तार गरिसकेको यस संघले विगत लामो समयदेखि सउल दोङ्देमुन, किम्हे र थेगुमा समेत सेल्टरहरु समेत सञ्चालन गरेर सेवा द...
१७ असार २०८२, मंगलवार १४:०६१७ असार २०८२, मंगलवार १४:०६१७ असार २०८२, मंगलवार १४:०६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:भोजपुर साविक मानेभन्ज्याङ गाविस हाल रामप्रसाद गाउँपालिका घर भई दक्षिण कोरिया रोजगारीका सिलसिलामा कोरियाको ख्याङसाङबोक्दो आन्दोङमा कार्यरत टेकराज खत्रीको उपचार गरी डिस्चार्ज गराउन आर्थिक अभावका कारण समस्या भएको हुँदा कोरियामा सहयोग अभियान सञ्चालन भइरहेको छ।
कोरिया प्रवेश गरेको १० महिनामै बिरामि भइ बिगत तीन महिना देखि उपचाररत खत्रीको कम्पनीले कुनै पनि सहयोग प्रदान नगरेको र उपचार खर्च हालसम्म २ करोड वन भन्दा बढी पुगिसकेको हुनाले बिरामीलाई अस्पतालबाट डिस्चार्ज गराउने उद्देश्य सहित भोजपुर परिवारले “टेकराज खत्री बचाउ” अभियान सञ्चालन गरी सहयोग संकलन गरिरहेको छ।
सहयोगका लागि THAPA KUMAR को IBK BANK मा रहेको खाता नम्बर 221-425464-02-028 मा रकम पठाई यसरी अप्रत्यासित घटनाका कारण विपदमा परेका व्यक्तिको जीवन रक्षासहित सकुशल डिस्चार्ज गराउन सबैजनाले सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।...
१७ असार २०८२, मंगलवार १३:४८१७ असार २०८२, मंगलवार १३:४८१७ असार २०८२, मंगलवार १३:४८ by एलिनाNo Comments
विशाल आवाज : दक्षिण कोरियामा सक्रिय ग्रुप “न्यू भिजन ग्रुप” को चौथो अधिवेशन यही जुलाई १३ तारिखका दिन किम्हेमा हुने भएको छ।
“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन जुलाई १३ तारिख आइतबारको दिन ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेष्टुरेन्टको हलमा हुने भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाइएको ग्रुपले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपाल लगायत कोरियामा विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ।
जुलाइ १३ मा हुने चौथो अधिवेशन को लागि संस्थागत गतिविधि पूरा भइसकेको सचिव रमेश श्रेष्ठ ले ...
१७ असार २०८२, मंगलवार ०१:३६१७ असार २०८२, मंगलवार ०१:३६१७ असार २०८२, मंगलवार ०१:३६ by एलिनाNo Comments
विदेशी गाईको मासु प्रयोग गरेर बनाएको 갈비탕 लाई ‘한우 갈비탕’ भनेर झूटो विवरण दिई बेच्ने रेस्टुरेन्ट सञ्चालक A씨 लाई अदालतले ९ लाख वोन जरिवाना सजाय सुनाएको छ।
जोन्जु जिल्ला अदालतले कृषि उत्पादनको उत्पत्ति स्थान गलत उल्लेख गरेको अभियोगमा A씨 को अपील खारेज गर्दै पहिलो फैसला कायम राखेको हो। उनले ८ महिनामा करिब ३,६०० वटा 갈비탕 बेचेका थिए र १,८०० किलोग्राम विदेशी मासु किनेको पाइएको थियो।
अदालतले 한우 र विदेशी मासुको मूल्य र धारणा फरक भएकाले उनको अपरा-ध गम्भीर छ भन्दै सजाय घटाउने कुनै कारण नभएको ठहर गर्यो।
पहिले अभियोजन पक्षले १० लाख वोनको जरिवाना माग गरेको थियो, तर A씨 ले पुनरावेदन गर्दै सजाय घटाउन माग गरेका थिए। पहिलो अदालतले अपराध इतिहास नभएको भन्दै १ लाख वोन घटाएर ९ लाख जरिवाना तोकेको थियो।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...