Advertisement
Advertisement

जानकारी

१३ वर्षे केटाद्वारा इ-स्कुटर ठक्कर — वृद्धको ज्यान गएपछि अभिभावकलाई १० करोड वोन जरिवाना

१३ वर्षे केटाद्वारा इ-स्कुटर ठक्कर — वृद्धको ज्यान गएपछि अभिभावकलाई १० करोड वोन जरिवाना

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा एक किशोरले चलाएको इलेक्ट्रिक स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अदालतले ती बालकका अभिभावकलाई १० करोड वोन (करिब ६९ हजार अमेरिकी डलर) तिर्न आदेश दिएको छ। दक्षिण कोरियाको समाचार संस्था JTBC का अनुसार, यो घटना २०२३ जुन महिनामा भएको थियो। दुई जना १३ वर्षका केटाहरूले भाडामा लिएको इ-स्कुटर चलाइरहेका बेला सडकमा पैदल हिँडिरहेका एक वृद्धलाई ठक्कर दिएका थिए। ठक्करका कारण वृद्धको टाउकोमा गम्भीर चोट लागी उनको मृत्यु भएको थियो। कोरियाली कानुनअनुसार, १६ वर्ष वा सोभन्दा माथिका र मोटरसाइकल लाइसेन्स प्राप्त व्यक्तिहरूले मात्र व्यक्तिगत मोबिलिटी उपकरण (जस्तै इलेक्ट्रिक स्कुटर) चलाउन पाउने व्यवस्था छ। तर ती किशोरहरूले कुनै लाइसेन्स प्रमाणीकरण बिना नै भाडामा स्कुटर लिएर चलाएका थिए। घटनापछि अदालतले ती बालकलाई किशोर संरक्षण अन्तर्गत (Protective Disposition) राख्ने आदेश दियो। अभिभा...
आजको राशिफल: २०८२ कार्तिक १९ गते बुधबार

आजको राशिफल: २०८२ कार्तिक १९ गते बुधबार

जानकारी, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धैर्यपूर्वक निर्णय लिनुपर्ने दिन हो। साथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा थोरै उतारचढाव आउन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्राको सम्भावना छ। नयाँ मान्छे भेट्न सक्नुहुन्छ जसले भविष्यमा सहयोग पुर्‍याउनेछ। बोलचालमा संयमता आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग सम्बन्ध मजबुत हुने दिन हो। पुराना विवाद वा गलतफहमी हट्ने संकेत छ। आर्थिक लाभको सम्भावना पनि छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा प्रतिस्पर्धा बढ्नेछ तर आत्मविश्वासका कारण सफलता हात लाग्नेछ। अहंकार नियन्त्रणमा राख्नुहोला। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको चाप ...
आजको राशिफल: २०८२ कार्तिक १८ गते मंगलबार

आजको राशिफल: २०८२ कार्तिक १८ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह र जोश उच्च रहनेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध मधुर रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसरलाई प्रयोग गरेर फाइदा लिन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्य...
दूतावासको भूमिकाप्रति 𝐍𝐑𝐍 दक्षिण कोरियाको असन्तुष्टि, स्पष्ट र एकीकृत मार्गमा अघि बढ्ने आग्रह

दूतावासको भूमिकाप्रति 𝐍𝐑𝐍 दक्षिण कोरियाको असन्तुष्टि, स्पष्ट र एकीकृत मार्गमा अघि बढ्ने आग्रह

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  बिपिन गुरुङ अध्यक्ष रहेको 𝐍𝐑𝐍 दक्षिण कोरियाले हालै जारी गरेको एक विज्ञप्तिमार्फत दक्षिण कोरियास्थित नेपाली समुदायमा देखिएका विभाजनकारी गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संघले एनआरएनएको एकता महाधिवेशनलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आधिकारिक मान्यता प्रदान गरिसकेको स्पष्ट उल्लेख गर्दै, अबको प्राथमिकता संस्था एकीकृत, स्थिर र प्रवासी नेपाली हितमा उन्मुख बनाउनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, “दूतावास र राजदूतज्यू प्रवासी नेपालीका अभिभावक, संयोजक र मार्गदर्शक हुन्। उनीहरूले संस्थागत एकतालाई कमजोर बनाउने र समुदायमा अशान्ति फैलाउने कार्य गर्न नहुने संवैधानिक तथा नैतिक दायित्व रहन्छ।” बिपिन गुरुङले अध्यक्ष रहेको एनआरएन दक्षिण कोरियाले केही समययता देखिएका व्यवहारले प्रवासी नेपाली समुदायमा गम्भीर निराशा र शंका पैदा गरेको उल्लेख गर्दै दूतावासको भूमिका...
स्वास्थ्यका लागि सुदूर पहल ‘SUDUR HEALTH TALK’ कार्यक्रम सुरु

स्वास्थ्यका लागि सुदूर पहल ‘SUDUR HEALTH TALK’ कार्यक्रम सुरु

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले स्वास्थ्य सचेतना अभिवृद्धिका लागि नयाँ अभियानका रूपमा ‘SUDUR HEALTH TALK’ नामक नियमित स्वास्थ्य परामर्श कार्यक्रम सुरु गर्न लागेको छ। निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., धनगढीको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमको पहिलो श्रृंखला (EP–1) आगामी नोभेम्बर ९ गते आइतबार, कोरियाली समय अनुसार साँझ ७:३० बजे तथा नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुने भएको छ। कार्यक्रम सुदूरपश्चिम समाज, दक्षिण कोरियाको अफिसियल फेसबुक पेज, निसर्ग हस्पिटलको अफिसियल फेसबुक पेज तथा रेडियो घोडाघोडी FM 88.3 MHz बाट प्रत्यक्ष प्रसारण गरिनेछ। पहिलो एपिसोडमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. ओमकार बिष्ट ले स्वास्थ्य परामर्श प्रदान गर्नेछन्। कार्यक्रममा महासचिव नवराज तिमिल्सिना प्रस्तुतकर्ता रहनेछन्। संगठनका अध्यक्ष महेश भट्ट का अनुसार यो कार्यक्रम नियमित रूपमा प्रत्येक...
आजको राशिफल: २०८२ कार्तिक १७ गते सोमबार

आजको राशिफल: २०८२ कार्तिक १७ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाईंको उर्जा र जोश राम्रो रहनेछ। नयाँ योजनाहरु प्रारम्भ गर्न उत्तम समय छ। तर सबै कुरा तुरुन्त निर्णय गरेर अघि नबढ्नुहोस् — सोच-विचार गरेर कदम चाल्नोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्षमा सुधार आउनेछ। अनावश्यक खर्च कटौती गर्न मन लगाउनुहोस्। मित्र र परिवारसँगको सम्बन्धमा मेलमिलाप हुनेछ। स्वास्थ्यमा सानोतिनो समस्या आउन सक्छ — विशेषगरी पेट वा पाचन प्रणालीको ख्याल राख्नुपर्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक संवाद र मानिसहरूसँगको सम्बन्धमा सफलता मिल्नेछ। काममा सहयोगी मिल्नेछ। तर बोली र व्यवहारमा सावधानी अपनाउनुस् — अनावश्यक विवाद नबनोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर र परिवारमा सुखद वातावरण रहनेछ। पुराना मतभेद मिल्ने सम्भावना छ। कामका क्षेत्रमा ध्यान दिने हो भने राम्रो नतिजा मिल्न...
छुसकको अवसरमा सम्पन्न सुजन चापागाइँको ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ बाट २ करोड ४१ लाख वोन नाफा

छुसकको अवसरमा सम्पन्न सुजन चापागाइँको ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ बाट २ करोड ४१ लाख वोन नाफा

Breaking News, जानकारी, भर्खरै, समाचार
छुसकको अवसरमा सम्पन्न सुजन चापागाइँको 'पाँचथर साङ्गीतिक सौगात–भाग २’ बाट २ करोड ४१ लाख वोन नाफा कोरियाली महान चाड ‘छुसक’ तथा नेपाली महान चाड ‘दशैं’ २०८२ को अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको सुजन चापागाइँको ’पाँचथर साङ्गीतिक सौगात–भाग २’ कन्सर्टबाट २ करोड ४१ लाख वन नाफा भएको छ। गत अक्टोबर ५ तारिख सउलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON, 강남역) मा सम्पन्न सो कार्यक्रममा लोकप्रिय गायक सुजन चापागाईं & The Infinity, Voice of Nepal Season 5 का फाइनलिस्ट नोगेन लिम्बू, र Voice of Nepal 2018 की गायिका श्रेया राई लगायत कोरियामा रहेका कलाकारहरूले दमदार प्रस्तुति दिएको कार्यक्रमको सौलमा एक कार्यक्रम गरी आयोजकले आय–व्यय सार्वजनिक गरेको हो । सांगीतिक कार्यक्रममार्फत मनोरञ्जनसँगै सामाजिक उद्देश्य जोडिएको थियो। कार्यक्रमबाट संकलित आम्दानी ग्रामीण क्षेत्रका विद्याल...
आजको राशिफल: २०८२ कार्तिक १६ गते आईतबार

आजको राशिफल: २०८२ कार्तिक १६ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो प्रयासको फल पाउने सम्भावना छ। आर्थिक पक्षमा सानो लाभ मिल्न सक्छ। तर व्यावसायिक निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नुहोस्। पारिवारिक जीवनमा सामान्य ताना–तान देखिन सक्छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मविश्वास र ऊर्जा बढ्नेछ। अधुरा कामहरू पुरा गर्ने समय अनुकूल छ। स्वास्थ्यमा सुधार र सम्बन्धमा मिठास आउनेछ। मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) आज आत्मनिरीक्षण र योजना बनाउने दिन हो। आर्थिक खर्च बढ्ने तर आवश्यक क्षेत्रमा हुने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोस्, खासगरी निद्रामा। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा सहयोगीको साथले काम सजिलै सम्पन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने अवसर छ। आर्थिक पक्ष राम्रो रहनेछ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। सिंह (मा, मि, मु, ...
आजको राशिफल: २०८२ कार्तिक १५ गते शनिबार

आजको राशिफल: २०८२ कार्तिक १५ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज उत्साह र जोश बढ्नेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो काममा प्रगति हुनेछ र पारिवारिक सम्बन्धमा सन्तोष अनुभव हुनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आत्मविश्वास बढ्नेछ। आर्थिक मामिलामा स्थिरता रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ। मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) नयाँ अवसर हात लाग्नेछ र काममा सफलता मिल्नेछ। आफ्नो योजना कार्यान्वयन गर्ने मौका पाइन सकिन्छ। दिनको अन्त्यमा मन हल्का रहनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर पाउन सकिनेछ र प्रयास सफल हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्...
कोरियामा दिवंगत ध्रुवराज लावतीकी छोरीको शिक्षाका लागि सहयोग रकम हस्तान्तरण

कोरियामा दिवंगत ध्रुवराज लावतीकी छोरीको शिक्षाका लागि सहयोग रकम हस्तान्तरण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
२०२५ सेप्टेम्बर २९ मा छ्नानस्थित माइतीघर शेल्टरमा नयाँ रोजगारी खोज्ने क्रममा असामयिक निधन भएका इलाम चुलाचुली–१ निवासी दिवंगत ध्रुवराज लावतीकी तीन वर्षीया छोरीको शिक्षाको लागि दक्षिण कोरियामा रहेका नेपाली समुदायबाट सहयोग रकम हस्तान्तरण गरिएको छ। २०२५ अक्टोबर २९ मा दक्षिण कोरियामा रहेका इलाम चुलाचुली–१ का स्थानीयवासीहरू सहित विभिन्न जिल्लाका नेपालीहरूले संयुक्त रूपमा संकलन गरेको रु. ७०१,८८१ रकम औपचारिक रूपमा लावती परिवारलाई हस्तान्तरण गरिएको हो। यसअघि पनि दक्षिण कोरिया इलामेली समाज र पूर्बी नेपाल समाजको संयुक्त पहलमा रु. ७२०,००० सहयोग रकम प्रदान गरिएको थियो। समुदायका सदस्यहरूले दिवंगत लावतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनकी नाबालक छोरीको उज्ज्वल भविष्य र शिक्षामा निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका छन्। यस घटनाले पुनः एकपटक विदेशमा रहेका नेपालीबीचको आपसी एकता र मानवीय सं...