दक्षिण कोरियाको खाङ्वन प्रान्तका गभर्नर किम जिन-ताईले चार दिनको कार्य सप्ताह लागू गर्ने सम्भावित फाइदाहरूमा जोड दिँदै यसले कामदारहरूलाई थप मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न हुन अनुमति दिएर उनीहरूको उत्पादकता बढाउन सक्ने बताएका छन l
फेब्रुअरी १४ तारिकमा खाङ्वन राज्य परिषदको ३२५ औँ असाधारण सत्रमा, किमले चार दिने कार्यसप्ता सुरु गरेर प्रान्तलाई राष्ट्रिय स्तरमा उभ्याउनका लागि विस्तृत रूपमा अध्ययन गर्ने र नीति विकल्पहरू तयार गर्ने योजना बनाएको बताए ।
गत वर्ष देखि विशेष स्वशासित प्रान्त बनेको खाङ्वन राज्यमा सामसुङ इलेक्ट्रोनिक्स, पोस्को, एसके ग्रुप र अनलाइन उद्योगजस्ता ठूला कम्पनीले हप्तामा चार दिनको काम पाइलट गर्दै आएको उनले बताए ।
"उदाहरणका लागि, पोस्कोले गत महिनादेखि प्रत्येक दुई हप्तामा शुक्रबार बिदा लिन हप्तामा कम्तिमा ४० घण्टा काम गर्ने अपेक्षा गरिएका गैर-शिफ्ट कर्मचारी...
८ फाल्गुन २०८०, मंगलवार १०:३६८ फाल्गुन २०८०, मंगलवार १०:३६८ फाल्गुन २०८०, मंगलवार १०:३६ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ प्रचार प्रसारमा जुटिसकेको छ । आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको फिल्मले मंगलबार टिजर ल्याएको हो ।
https://youtu.be/IaJN-pV7cHg?si=Hq6nvSXUBFR2K_8X
फिल्मको टिजरमा कथा प्रष्ट्याउने कोसिस गरिएको छ । टिजर हेर्दा यो फिल्म पनि ‘जात्रा’ झैँ पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको बुझ्न सकिन्छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् ।
फिल्ममा फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।
फिल्मका कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो फिल्म बनेको बताए । ‘मुन्ना’ ...
८ फाल्गुन २०८०, मंगलवार ०५:३६८ फाल्गुन २०८०, मंगलवार ०५:३६८ फाल्गुन २०८०, मंगलवार ०५:३६ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ कोटिजर रिलिज भएको छ । आज सार्वजनिक टिजरमा मुख्य पात्र दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ ।
टिजरमा दया आँचलसँग गीतमा देखिन्छन् । अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेको दृश्यसमेत देखाइएको छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा समेटेको छ । ३ मिनेट जतिको टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रूपमा दाबी गरेका छन् ।
सिनेमा केही वर्ष अगाडि देखाइएको ‘डिग्री माइला’ नाटकमा आधारित छ । विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय यस फिल्ममा छ ।
कोरियामा भने नम...
८ फाल्गुन २०८०, मंगलवार ०१:२३८ फाल्गुन २०८०, मंगलवार ०१:२३८ फाल्गुन २०८०, मंगलवार ०१:२३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक र कृषिको काममा बढी सफलता मिल्नेछ । बढी परिश्रम गर्दा बढी धनार्जन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्ति हात पर्न सक्छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय...
७ फाल्गुन २०८०, सोमबार ०५:४१७ फाल्गुन २०८०, सोमबार ०५:४१७ फाल्गुन २०८०, सोमबार ०५:४१ by विशाल श्रेष्ठNo Comments
काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग ‘विवाद’ गर्ने पुरुषलाई प्रहरीले झिकाएर छलफल गराएको छ । प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो ।
शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का चालकलाई अश्लील गालीगलौज गरेका हुन् । कुलेश्वर बस्दै आएका अंकित गुप्तालाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ति अधिकृत भन्छन्–‘छलफलपछि उहाँहरु मिलापत्र गरेर जानुभएको छ ।’
प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ । घटनाबारे जानकार प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्,‘उहाँ प्रहरी होइन ।’
via:ratipa...
७ फाल्गुन २०८०, सोमबार ०२:३४७ फाल्गुन २०८०, सोमबार ०२:३४७ फाल्गुन २०८०, सोमबार ०२:३४ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। ...
६ फाल्गुन २०८०, आईतवार १४:४५६ फाल्गुन २०८०, आईतवार १४:४५६ फाल्गुन २०८०, आईतवार १४:४५ by विशाल श्रेष्ठNo Comments
भोलिदेखि सुरु हुने कोरियाली भाषा परीक्षा (ईपीएस) को सम्पूर्ण तयारी पूरा भएको ईपीएस कार्यालयले जनाएको छ ।भाषा परीक्षामा एक लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो चरणको परीक्षा भोलिदेखि चैत २४ सम्म हुँदै छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँचवटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत परीक्षा लिन थालेको ईपीएस कार्यालय ललितपुरकी निर्देशक मैयाँ कँडेलले जनाइन् ।
ईपीएस कार्यालयले २०८१ पुस १ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षार्थी धेरै भएका कारण परीक्षा सक्नै १० महिनाभन्दा बढी समय लाग्ने देखिएको हो । श्रम मन्त्रालयका अधिकारीहरुले छिटो परीक्षा सक्ने वातावरण मिलाउन कोरियाली पक्षलाई आग्रह गर्दै आएका छन् ।
एक लाख ६३ हजारभन्दा धेरैले भा...
६ फाल्गुन २०८०, आईतवार १३:०६६ फाल्गुन २०८०, आईतवार १३:०६६ फाल्गुन २०८०, आईतवार १३:०६ by विशाल श्रेष्ठNo Comments
केशब पोखरेल/दक्षिण कोरिया:अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ७औं अधिवेसन आगामि मार्च ३ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ।
“प्रवासि भुमिमा हाम्रो एकता सबै जिल्लावासिकहरुको प्रतिबद्घता ” भन्ने मुल नाराका साथ स्थापना भएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यसमिति र सल्लाहकार समेत को पुर्ण बैठकबाट मञ्चको ७ औं अधिवेशन मार्च ३ तारिख आइतबार का दिन बिहान ११:०० बजे गर्ने निर्णय भएको हो।
विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासिबाट सन् २०१० मा स्थापना भएको यस मञ्चले कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा पनि बिभिन्न सामाजिक कार्यहरुमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ।
यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि विभिन्न पेसामा आवद्ध कोरियामा रहेका...
६ फाल्गुन २०८०, आईतवार ११:४९६ फाल्गुन २०८०, आईतवार ११:४९६ फाल्गुन २०८०, आईतवार ११:४९ by विशाल श्रेष्ठNo Comments
यो विदेश पनि बढो अचम्मको कसैका सपना पूरा भए कसैका सपना यतै कतै हराए कोहि आफ्ना उद्देश्यमा इमानदारीताका साथ लागिरहेका छन् ,कोहि उद्देश्य बाट विचलित भैसके।कसैले उद्देश्य मारे,कसैले स्वास्थ्य मारे कसैले जीवन नै मारीसके ,कोहि सफल भएर स्वदेश फर्किसके कोहि परदेशमै संघर्षरत छन् कोहि परदेशमै भासिसके,सपनाहरु पूरा गर्ने रेसमा अरुको देशमा आफु का छुटे पत्तै नपाउनेहरुका कथा लेख्दै छु आज। थुप्रै बाध्यता र विवसताले विदेशका बाटा तय गरेकाहरु कसरी खरानीका बाटोमा मोडिए तिनिहरुका कथा लेख्दै छु आज!!
सापटी मागे, सापटी रकम फिर्ता नपाउँदाको पिडा
केही दिन अगाडि एकजना व्यक्तिले सामाजिक सञ्जाल फेसवुकमा एउटा पोस्ट गरेका थिए “एकजना व्यक्तिको नाम, ठेगाना,फोटो सहित राखेर उसले एक महिनाको लागि लिएको रकम एक बर्ष हुदा पनि नदिएको र अहिले सम्पर्कविहिन भएको उहाँलाई देख्नुहुने , भेट्नु हुने महानुभावले मलाई सम्पर्क गरि...
६ फाल्गुन २०८०, आईतवार ०६:३२६ फाल्गुन २०८०, आईतवार ०६:३२६ फाल्गुन २०८०, आईतवार ०६:३२ by विशाल श्रेष्ठNo Comments
साहुको आदेश र साशनमा चल्नेहरु
परिवार र देशको यादमा जल्नेहरु
भोकमा खान नपाएर ग्यास्टिक पाल्नेहरु
आँसु लुकाइ मुस्कानका तस्बिर हाल्नेहरु
आँखा मिच्दै मिच्दै काममा धाउनेहरु
पसिनाको थोपा सग माया लाउनेहरु
तलब कहिले आउछ भन्दै दिन गन्नेहरु
आफन्तको नजरमा सधै ठुला बन्नेहरु
परिवार भेटन आतुर आतुर हुनेहरू
मुटु गाठो पारी एक्लै एक्लै रुनेहरु
यस्तै भोगाइ भोग्छ जो
यी तमाम परदेशी हो ।
कल्पना श्रेष्ठ
दक्षिण कोरिया...