Advertisement
Advertisement

जानकारी

कोरियामा पनि हर्क साम्पाङ अ रिभोलुसनको संगठन निर्माण हुँदै

कोरियामा पनि हर्क साम्पाङ अ रिभोलुसनको संगठन निर्माण हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन भइरहेको “Harka Sampang A Revolution” अभियान अब कोरियामा पनि विस्तार हुने भएको छ। यही अक्टोबर ६, २०२५ मा दक्षिण कोरियाको राजधानी सिओलमा विशेष संगठन निर्माण कार्यक्रम हुने जानकारी प्राप्त भएको छ। “चेतना र पसिना, औजार र विचारको क्रान्ति” भन्ने नारासहित अघि बढाइएको यस अभियानले प्रवासमा रहेका नेपालीहरूलाई समेत सहभागी गराउँदै आफ्नो संरचना बलियो बनाउने तयारी गरेको हो। आयोजक समितिका अनुसार कार्यक्रम दिउँसो १२ बजे, पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन गेट नं. ३ मा आयोजना हुनेछ। कार्यक्रममा सहभागी भएर ‘हर्कवाद’ लाई समर्थन गर्ने सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ। हर्क साम्पाङले सुरु गरेको अभियानले “विकासको आधार : प्रकृति, संस्कृति र प्रविधि” भन्ने मूल मन्त्रलाई अघि सारेको छ। यसै अवधारणालाई प्रवासी नेपाली समुदायमा पनि परिचित गराउने ...
आजको राशिफल २०८२ असोज १२ गते आईतबार

आजको राशिफल २०८२ असोज १२ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज केही कामहरूमा ढिलो हुन सक्छ। धैर्य राख्नुपर्छ र कुनै पनि निर्णय तत्काल लिनुअघि पूरै सोच-विचार गर्नु राम्रो हुनेछ। साथी वा परिवारसँगको सम्बन्ध सुधार्ने अवसर आउन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) व्यवहार र शब्दहरूमा सजग रहनुपर्ने दिन हो। अनावश्यक विवाद बन्न नदिनुहोस्। आर्थिक मामलामा सन्तुलन बनाउनुपर्छ — खर्च बढ्न सक्छ, तर अरूले सहयोग गर्ने सम्भावना छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन सृजनात्मकता र नयाँ सोचका लागि अनुकूल देखिन्छ। यदि कुनै प्रस्तुति, कला, लेखन वा विचारको काम छ भने त्यसमा विस्तार गर्न सकिन्छ। समय व्यवस्थापन राम्रो गर्ने हो भने धेरै काम पूरा हुनेछन्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग वा साथीभाइसँग समय बिताउन राम्रो मौका छ। मानसिक रुपमा शान्ति चाहिनेछ। स्वास्थ्यप्रति ध्...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा २५ औँ वार्षिकोत्सव विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा २५ औँ वार्षिकोत्सव विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सव “रजत जयन्ती”को अवसरमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। संस्थाले चुम्लुङ शाखा, लिम्बू थरगत संस्था/सयङ तथा याक्थुङ लेखक र साहित्यकारहरूसँग संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रम आगामी अक्टोबर ४ (शनिबार) का दिन हुनेछ। कार्यक्रम राजधानी सोलको दोङ्देमुनस्थित नेपाली–थाई सभाहलमा बेलुकी ७:०० बजे सुरु हुने जनाइएको छ। यस अवसरमा विभिन्न साहित्यिक, सांस्कृतिक तथा संवादात्मक प्रस्तुतिहरू रहने बताइएको छ। संस्थाले समुदायका अग्रज, साहित्यकार तथा लेखकहरूसँगको अन्तरक्रियालाई रजत जयन्तीको मुख्य आकर्षण बनाएको छ। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका सबैलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाइदिन हार्दिक आग्रह गरेको छ।...
आजको राशिफल: २०८२ असोज ११ गते शनिबार

आजको राशिफल: २०८२ असोज ११ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिनका लागि आत्मविश्वास बढ्नेछ। काम-कारोबारमा नयाँ अवसर आउन सक्छ। साथी वा परिवारसँगको सम्बन्ध बलियो बनाउन समय मिल्नेछ। तर खर्च बढ्ने संकेत छ — अविचारित खर्चबाट बच्ने हो भने राम्रो हुन्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मानसिक शान्ति चाहिने दिन रहला। कुनै निर्णय लिनुअघि राम्ररी सोच-विचार गर्नुपर्छ। स्वास्थ्यमा सर्तकता आवश्यक छ, आराम लिनुहोस्। आर्थिक पक्षमा थोरै चुनौती आउन सक्छ, तर सल्लाह राम्रो लिनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन सामाजिक गतिविधिहरू राम्रो हुनेछन्। नयाँ मान्छे भेट्ने मौका मिल्नेछ। काममा पारदर्शिता र संयमिता आवश्यक छ। सोच-विचार नगरि बोल्ने हो भने विवाद हुन सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परिवार र घरपरिवारबाट राम्रो समर्थन मिल्नेछ। समय शुभ छ, योजना बनाएको काम...
HANPASS को बहार : दशैं–तिहार र छठमा उपहार नै उपहार

HANPASS को बहार : दशैं–तिहार र छठमा उपहार नै उपहार

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियाको बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी हानपास (Hanpass) ले यस वर्षको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। “HANPASS को बहार, चाडपर्वमा उपहार नै उपहार !” भन्ने नारासहित सुरु भएको यो अभियान अन्तर्गत कोरियाबाट नेपाल पैसा पठाउने सबै ग्राहकले भाग्यशाली उपहार जित्ने अवसर पाउनेछन्। कम्पनीले उपलब्ध गराउने उपहारहरूमा छन्: • पहिलो पुरस्कार: iPhone 17 Pro Max • दोस्रो पुरस्कार: वासिङ मेसिन • तेस्रो पुरस्कार: स्मार्ट टिभी • चौथो पुरस्कार: फ्रिज • पाँच जना भाग्यशाली विजेताका लागि: स्मार्ट वाच HANPASS ले यस अभियानको उद्देश्यबारे भन्दै भन्यो – “आफ्न्तलाई माया पनि, उपहार पनि। कोरियाको कमाई हानपासमार्फत नेपाल पठाएर दशैं–तिहार र छठ रमाइलो बनाऔं। किनकि हानपासबाट हात खालि नजाने उपहार योजना नै योजना छ।” यो विशेष योजना सेप्टेम्बर २९ (फुलपातिको दिन)...
२०८२ सालमा यी दिनहरुमा बन्द रहनेछ सिओलस्थित नेपाली दूतावास

२०८२ सालमा यी दिनहरुमा बन्द रहनेछ सिओलस्थित नेपाली दूतावास

Breaking News, जानकारी, भर्खरै, समाचार
  सेवाग्राहीहरूबाट दूतावास खुला–बन्दबारे धेरै फोन कल र सन्देश प्राप्त भइरहेको भन्दै सिओलस्थित नेपाली दूतावासले २०८२ सालका लागि सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। दूतावासले आपतकालीन अवस्थाबाहेक तल उल्लेखित दिनबाहेक अन्य दिनमा दूतावास नियमित रूपमा खुला रहने जानकारी गराएको छ। सूचीअनुसार २०२५ अप्रिल १४ (बैशाख १ गते) का दिन नेपाली नयाँ वर्षका अवसरमा दूतावास बन्द हुनेछ। यसैगरी जुन ३ मा हुने दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचन, जुन ६ मा कोरियाको स्मृति दिवस, अगष्ट १५ मा राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा पनि दूतावास बन्द रहनेछ। नेपालको संविधान दिवस (सेप्टेम्बर १९), घटस्थापना (सेप्टेम्बर २२), दशैं बिदा (सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म), कोरियाको चुसोक (अक्टोबर ६ र ७), तिहार (अक्टोबर २१ देखि २३) का दिन पनि दूतावासले सेवा प्रदान गर्ने छैन। त्यसैगरी डिसेम्बर २५ मा क्रिसमस, २०२६...
अक्टोबर ५ मा नवौं ‘रेसुङ्गा भलिवल कप–२०२५’ आयोजना हुँदै , टाइसिट आईतवार सार्वजनिक हुने

अक्टोबर ५ मा नवौं ‘रेसुङ्गा भलिवल कप–२०२५’ आयोजना हुँदै , टाइसिट आईतवार सार्वजनिक हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  दक्षिण कोरियामा नेपाली समुदायबीच लोकप्रिय बन्दै आएको मैत्रीपूर्ण भलिवल प्रतियोगिता “रेसुङ्गा कप” आगामी अक्टोबर ५ तारिख आइतबार हुने भएको छ। गुल्मी सम्पर्क समिति, दक्षिण कोरियाले नेपाल भलिवल संघ दक्षिण कोरियाको समन्वयमा आयोजना गर्न लागेको यस प्रतियोगिता ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने भएको हो। कार्यक्रम सुबिधासम्पन्न आजु युनिभर्सिटी (Ajou University) को भलिवल स्टेडियम, सुवोनमा बिहान ८ बजेदेखि सुरु हुनेछ। यस प्रतियोगितामा सहभागी हुने टिमहरुको दर्ता खुला गरिएको छ भने दर्ताको अन्तिम मिति सेप्टेम्बर २८ आइतबार दिउँसो ११ बजेसम्म तोकिएको छ। सोही दिन खेलको टाईसीट सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले २५ लाख ५५ ह...
आजको राशिफल: २०८२ असोज १० गते शुक्रबार

आजको राशिफल: २०८२ असोज १० गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा सक्रिय रही काम सम्पन्न गर्न सकिन्छ, तर खर्च होसियारीपूर्वक गर्नुहोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पारिवारिक काम–कारोबारमा समय दिनु राम्रो, अरूको सुझाव ग्रहण गर्दा फाइदा होला। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भावना र संवादमा सन्तुलन आवश्यक — शब्द छनोटमा संवेदनशील हुनुहोला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक योजनामा सुधार गर्ने अवसर — तर जोखीम कम गर्ने निर्णय गर। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेता या समूहका कामहरूमा अग्रसर बन्न सकिनेछ; आत्मविश्वास बढ्नेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साना सन्देश, पुस्तक, अध्ययन या लेखनका रूपमा मन रमाउने कुरा हुन सक्छ। तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रा या भेटघाटको मौका मिल्नेछ; नयाँ मानिसहरूको संगत लाभदा...
आजको राशिफल: २०८२ असोज ९ गते बिहीबार

आजको राशिफल: २०८२ असोज ९ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ योजना सुरु गर्नु ठीक होला, तर खर्च ध्यान दिएर गर्नुहोला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पुराना कामहरु पूरा हुन सक्छन्, साथीहरूको साथ उपयोगी हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विचारहरू स्पष्ट राखी, बोल्ने–बुझ्नेमा मधुरता जरूरी रहेको छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा ध्यान दिनुहोला । अरुलाई समय दिनाले मन हलुका हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा मेहनतले मान–सम्मान बढ्नेछ, तर तनावबाट बच्न हेरचाह जरुरी छ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशेष गरी आर्थिक मामिलामा निर्णय लिनु अघि राम्रो सोंच विचार गर्नु होला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक सम्बन्ध राम्रो बनाउने मौका रहेको छ र अरूको भावनामा विचार पनि गर्नु पर्नेछ। वृश...
जेजुदोमा दोस्रो KYC JEJU फुटसल कप २०२५ आयोजना हुँदै

जेजुदोमा दोस्रो KYC JEJU फुटसल कप २०२५ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  जेजु, दक्षिण कोरिया – किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर दोस्रो KYC JEJU फुटसल कप २०२५ आयोजना गर्ने भएको छ। प्रतियोगिता यही सेप्टेम्बर २७ तारिख साँझ ६ बजेदेखि राति १ बजेसम्म जेजु सहरको 연삼로 ६२७ (거로풋살장) मा हुने बताइएको छ। प्रतियोगितामा सहभागी हुने टिमहरूले सेप्टेम्बर २३ सम्म दर्ता गर्नुपर्नेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको आयोजक समितिले जनाएको छ। प्रत्येक टिममा ६ खेलाडी र अतिरिक्त ३ जना समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। खेललाई आकर्षक बनाउन उच्च रकमको पुरस्कार तोकिएको छ। प्रथम हुने टिमले १० लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ५० हजार वोनसहित मेडल प्राप्त गर्नेछन्। ...