Advertisement
Advertisement

अक्टोबर ५ मा नवौं ‘रेसुङ्गा भलिवल कप–२०२५’ आयोजना हुँदै , टाइसिट आईतवार सार्वजनिक हुने

Advertisement
Advertisement

 

दक्षिण कोरियामा नेपाली समुदायबीच लोकप्रिय बन्दै आएको मैत्रीपूर्ण भलिवल प्रतियोगिता “रेसुङ्गा कप” आगामी अक्टोबर ५ तारिख आइतबार हुने भएको छ। गुल्मी सम्पर्क समिति, दक्षिण कोरियाले नेपाल भलिवल संघ दक्षिण कोरियाको समन्वयमा आयोजना गर्न लागेको यस प्रतियोगिता ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने भएको हो।

कार्यक्रम सुबिधासम्पन्न आजु युनिभर्सिटी (Ajou University) को भलिवल स्टेडियम, सुवोनमा बिहान ८ बजेदेखि सुरु हुनेछ। यस प्रतियोगितामा सहभागी हुने टिमहरुको दर्ता खुला गरिएको छ भने दर्ताको अन्तिम मिति सेप्टेम्बर २८ आइतबार दिउँसो ११ बजेसम्म तोकिएको छ। सोही दिन खेलको टाईसीट सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले २५ लाख ५५ हजार ५५५ वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई १५ लाख ५५ हजार ५५५ वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सेमिफाइनलमा पुगेका दुवै टिमलाई ५–५ लाख वोन नगद पुरस्कारसहित प्रमाणपत्र दिइनेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख वोन नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट कोच, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर र अनुशासित खेलाडीलाई जनही ५० हजार वोन नगद, ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ।

टिम दर्ता शुल्क ३ लाख ५० हजार वोन तोकिएको छ र रकम 우리 बैंक (Woori Bank) को खाता नम्बर 1002257278355 मा पठाउन सकिनेछ। प्रतियोगितालाई सफल बनाउन कोरियामा रहेका सम्पूर्ण खेलप्रेमी नेपाली समुदाय, सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संघसंस्थालाई आयोजकले आर्थिक, नैतिक तथा भौतिक सहयोगका लागि आह्वान गरेको छ।

कार्यक्रम संयोजक इलक दगामी मगरसहित विभिन्न सम्पर्क व्यक्तिहरूले खेलप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिता जनाई उपस्थित रहन अनुरोध गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×