आजको राशिफलः २०८१ माघ ३० गते बुधबार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्नता मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। तर, आफ्नै प्रयासले लाभ मिल्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन्। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ।...




