राप्ती समाज, दक्षिण कोरियाद्वारा नोभेम्बर ३० मा भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम हुँदै
दक्षिण कोरियामा सक्रिय समुदायमूलक संस्था राप्ती समाज, दक्षिण कोरियाले आगामी नोभेम्बर ३० (आइतबार) का दिन सुवनमा भव्य भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ।
सन् २००६ मा स्थापना भएको संस्थाले “हामी जहाँ भए पनि हाम्रो एउटा विशेषता — विशुद्ध सामाजिक कार्यका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ कोरियामा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीका हक–हितका लागि निरन्तर सामाजिक सेवा तथा आपतकालीन सहयोग गर्दै आएको छ।
समाजका अध्यक्ष किसन ओलीका अनुसार, कार्यक्रमको उद्देश्य कोरियाका विभिन्न स्थानमा बसोबास गरिरहेका राप्तीबासीबीच आपसी चिनजान, सम्बन्ध विस्तार तथा सामाजिक एकता मजबुत गर्नु रहेको छ। साथै, समाजको गतिविधिमा सक्रिय रूपमा संलग्न व्यक्तिहरूलाई प्रमाण–पत्र हस्तान्तरण पनि गरिने अध्यक्ष ओलीले बताउनुभयो।
कार्यक्रम आइतबार बिहान ११:३० बजे सुवनस्थित ‘भेटघाट रेस्टुरेन...





