Advertisement
Advertisement

Author: एलिना

सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

Breaking news 1, देश, राजनीति, शिक्षा, समाचार
  २१ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।” “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक हो । सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिन्छ” प्रध...
यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, समाचार
काठमाडौँ — यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ ।   स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् ।    प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।  ...
छोराको भिडियो कलले जोडेको निहारिका र शिवराज सम्बन्ध

छोराको भिडियो कलले जोडेको निहारिका र शिवराज सम्बन्ध

Breaking news 1, ट्रेन्डिङ, समाचार
तीन महिना अघिसम्म जसलाई बलात्कारको आरोप लगाइरहेकी थिइन्, उनैसँग निहारिका राजपुतले अहिले विवाहको तयारी गरिरहेकी छन् । उच्च अदालतमा बलात्कार मुद्दा विचाराधीन रहँदा जिल्लामा मिलापत्र भइसकेको छ । शिवराज–निहारिका पुनर्मिलन पछाडिको कथा । आफूलाई ‘कुमारी आमा’ बताउँदै आन्दोलनरत निहारिका राजपुत अहिले विवाहको तयारीमा छन् । एक साताभित्र बिहे हुने निश्चित भएपछि बुधबार अपराह्न ४ बजे उनी बर्दिवासमा किनमेल गरिरहेको अवस्थामा भेटिइन् ।   उनको साथमा छोरा बिआन मात्र थिएनन्, शिवराज श्रेष्ठ पनि थिए । तर, ठीक तीन महिना अघिसम्म अर्कै परिस्थिति थियो । निहारिका शिवराजलाई बलात्कार आरोप लगाउँदै आन्दोलनरत थिइन् । राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास, पटकपटकको गिरफ्तारी र अनशनपछि सरकार उनको माग सम्बोधन गर्ने बाटोमा अघि बढेको थियो । शिवराजले बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । तर, ...
३ नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

३ नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

Breaking news 1, Breaking news 2, बलात्कार, समाचार
नाबालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ।     जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो।   नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।      मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए।   विसं २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीन जना नाबालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो। सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ।    आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्द...
गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल अस्पताल भर्ना

गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल अस्पताल भर्ना

Breaking news 1, ट्रेन्डिङ, समाचार
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए ।   त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।    
मापसेपछि दाउराको चिर्पट प्रहार गरेर बुबाको हत्या

मापसेपछि दाउराको चिर्पट प्रहार गरेर बुबाको हत्या

Breaking news 2, समाचार
आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।   आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा चन्द्रपुर नगरपालिका ६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राई पक्राउ परेका हुन्।   उनले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेको प्रहरीले जनाएको छ।   मादक पदार्थ सेवन (मापसे) गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको मृत्यु भएको थियो।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले मनायो धुमधाम साथ पहिलो पटक ल्होसार कार्यक्रम फोटो फिचर सहित

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले मनायो धुमधाम साथ पहिलो पटक ल्होसार कार्यक्रम फोटो फिचर सहित

Breaking news 1, देश, मनोरञ्जन, विदेश
  अमिर योन्जन/दक्षिण कोरिया: मन्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २९ आइतबार विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ मनाएको हो । घेदुङको सन् २०२१ मा क्षेत्रीय शाखा स्थापना भएको हो । शाखा स्थापना भएपछि पहिलो पटक ल्होछारको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ सौल केन्द्रको उपाध्यक्ष राम तामाङको प्रमुख अथितिमा भएको कार्यक्रमको सभापतित्व शाखाकी उपाध्यक्ष सुनिता ब्लोन रहेको थियो । उपाध्यक्ष ब्लोनले पहिलो पटक मनाउदै गर्दा जेजुदोमा ल्होछार कार्यक्रमको शुरूवात पनि भएको बताइन् । ‘पहिलो पटक औपचारिक रुपमा घेदुङले कार्यक्रम गरिरहँदा ब्यवस्थापनमा केही त्रुटि, कमीकमजोरी भएको पकै पनि छ, यसै कमीकमजोरीलाई हेरेर आगामी दिनको लागि सुधार्ने मौका मिल्ने छ,’ उनले थपिन् । कार्यक्रममा उत्साहित रुपमा ल्होछारप्रेमी सहभागी भए...
काभ्रेको भकुण्डेमा बसको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध

काभ्रेको भकुण्डेमा बसको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध

Breaking news 2, Breaking news 3, देश, समाचार
    काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बिहीबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बीसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले दिउँसो साढे ३ बजेतिर ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए । उनका अनुसार, दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी न्यौपानेले बताए ।...
रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

Breaking news 3, देश, राजनीति, समाचार
  १९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ । प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला ।’...
“NEPKOR NIGHT PARTY” नेपालको चर्चित र्यापर DONG को साथमा सम्पन्न फोटो फिचर सहित

“NEPKOR NIGHT PARTY” नेपालको चर्चित र्यापर DONG को साथमा सम्पन्न फोटो फिचर सहित

Breaking news 1, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ, दक्षिण कोरिया: NEPKOR ENTERTAINMENT को आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण पार्टि लभर लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "NEPKOR NIGHT PARTY"नेपालको चर्चित र्यापर DONG को साथमा राजधानी सउलमा कोरियाकै ठुलो हल CREST 72 मा सम्पन्न भएको छ। अहिले नेपहपका चर्चित ऱ्यापर महेश दोङ AKA DONG को साथमा कोरियामा रहेको चर्चित DJ RX / DJ BIT/ DJ MAEG ले मनोरञ्जन दिने नाइट पार्टी को opening act कोरियामा रहेको र्यापर द्वय बिक्रम लामा, DORZ JOJO ले दिएको थियो।NAMDUNG र ALOYNA HARA ले सन्चालन गरेको "NEPKOR NIGHT PARTY"युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्...