Advertisement
Advertisement

Author: एलिना

कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गर्नेले ७ दिनभित्र रकम फिर्ता लिन सक्ने

कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गर्नेले ७ दिनभित्र रकम फिर्ता लिन सक्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रोजगारका लागि आवश्यक कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गरेका आवेदकहरूले रकम फिर्ता लिन सक्ने भएका छन्। ईपीएस कोरियन शाखाले आज प्रकाशित सूचना अनुसार रकम फिर्ता पाउनका लागि प्रमाणित कागजातसहित निवेदन दिनुपर्नेछ। दोहोरो भुक्तानी भएका आवेदकहरूले ७ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख गरिएको छ। शाखाका अनुसार डबल तिरेको रकममध्ये केही रकम सम्बन्धित वालेट खाता वा बैंक खातामा फिर्ता पठाइसकिएको छ। बाँकी रकम पनि आवेदकले समयमै निवेदन दिएको खण्डमा फिर्ता गरिनेछ। यस्तै, सन् २०२५ को कोरियन भाषा परीक्षाका लागि साउन २६ गतेदेखि ३१ गतेसम्म फाराम भर्ने क्रममा भएका त्रुटि सच्याउने काम सकिएको शाखाले जनाएको छ। अनलाइन आवेदन दर्ता गर्दा प्राविधिक कारणले प्रवेश पत्रमा नाम वा थर अपुरो आएका विवरण पनि सच्याइसकिएको जानकारी सूचनामा उल्लेख गरिएको छ।...
आजको राशिफल: २०८२ भदौ १३ गते शुक्रबार

आजको राशिफल: २०८२ भदौ १३ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज जिम्मेवारी बढ्ने दिन हो। काममा व्यस्तता बढी हुनेछ तर तपाईँको धैर्य र लगनले सबै समस्या समाधान हुनेछ। मानसिक रूपमा स्थिर रहनुहोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धनको व्यवस्थापनमा ध्यान दिनुपर्ने समय आएको छ। अनावश्यक खर्च कम गर्नुस्। परिवारसँग समय बिताउनु लाभदायक हुनेछ। स्वास्थ्यमा सजग रहनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजमा राम्रो प्रभाव पार्ने अवसर प्राप्त हुनेछ। साथीभाइबाट सहयोग पाइनेछ। नयाँ योजना बनाउन मन लाग्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर परिवारसँग सम्बन्ध राम्रो हुने दिन हो। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। मनमा शान्ति र सन्तोष रहनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशा र कार्यक्षेत्रमा उन्नति सम्भावना छ। मेहनतले सम्मान मिल्नेछ। तर बोलीमा संयम आवश्यक छ। कन्या ...
कोरियामा कामदारलाई अर्को धक्का,३ बर्ष पछी बढ्ने भयो स्वास्थ्य बीमा शुल्क

कोरियामा कामदारलाई अर्को धक्का,३ बर्ष पछी बढ्ने भयो स्वास्थ्य बीमा शुल्क

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा आगामी वर्षदेखि स्वास्थ्य बीमा शुल्क बढ्ने भएको छ। सरकारले बीमा प्रिमियम दरलाई हालको ७.०९ प्रतिशतबाट बढाएर ७.१९ प्रतिशत पुर्‍याउने निर्णय गरेको हो। दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले अगस्ट २८ मा बसेको १५औं स्वास्थ्य बीमा नीतिसमिति बैठकमार्फत उक्त निर्णय गरेको हो। यो वृद्धि ३ वर्षपछि पहिलोपटक गरिएको हो। कति बढ्छ? नयाँ निर्णयअनुसार रोजगारीमा रहेका कर्मचारीले तिर्नुपर्ने मासिक औसत व्यक्तिगत बीमा शुल्क १,५८,४६४ वोनबाट बढेर १,६०,६९९ वोन पुग्नेछ। यसरी प्रत्येक महिनामा करिब २,२३५ वोन थपिने भएको छ। कर्मचारीहरूको बीमा शुल्क भने पहिलेझैँ मजदुर र रोजगारदाताले समान रूपमा आधा–आधा तिर्नुपर्ने व्यवस्था यथावत रहनेछ। विगतका दर  • २०२१ मा : २.८९% वृद्धि  • २०२२ मा : १.८९% वृद्धि  • २०२३ मा : १.४९% वृद्धि  • २०२३ र २०२४ मा स्थिर (७.०९%)  • २०२५ मा : ...
छुसकमा ‘सेतीमादी सांगीतिक सौगात–२’ हुने

छुसकमा ‘सेतीमादी सांगीतिक सौगात–२’ हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
तनहुँ समाज, दक्षिण कोरियाले कोरियनहरूको महान् चाड छुसकको अवसरमा भव्य सांगीतिक कार्यक्रम ‘सेतीमादी सांगीतिक सौगात–भाग २’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अक्टोबर ४, शनिबार, सउलको 종로구 대학로 3길29 (종로5가역 नजिकै) मा हुनेछ। नेपालबाट चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने कार्यक्रमको विस्तृत जानकारी तथा कलाकारहरूको विवरण आयोजकले छिट्टै सार्वजनिक गर्ने जनाएको छ। तनहुँ समाजले गण्डकी प्रदेश समाजको समन्वय र गैरआवासीय नेपाली संघ (NCC) को सहजीकरणमा तनहुँ घर तथा कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गर्न लागेको हो। आयोजक समितिले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई आपसी सहयोग, सद्भाव र एकताको भावनासहित कार्यक्रममा उपस्थित भई सांगीतिक सौगातलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।...
मोक्पोमा सेप्टेम्बर 14 मा दोस्रो MCC कप 2025 हुने

मोक्पोमा सेप्टेम्बर 14 मा दोस्रो MCC कप 2025 हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको मोक्पोमा खेलकुद र मनोरञ्जनलाई लक्षित गर्दै दोस्रो MCC कप 2025 आयोजना हुने भएको छ। मोक्पो सान्हो साझा चौतारी र Mokpo Cricket Club (MCC) को संयुक्त आयोजनामा हुने प्रतियोगिता सेप्टेम्बर 14 (आइतबार) बिहान ७:०० बजे देखि सुरु हुनेछ। खेल 전라남도 영암군 삼호읍 소등공원2길 4 (영암 소방서 옆쪽) मा हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा Mokpo CC Red, Mokpo CC Blue, JN CC, Deabul United CC, Himalayan Tiger, Samho Nepali CC, Deagu Thunders र Jeonju United गरी ८ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले २५ लाख वोन सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० लाख वोन सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १ लाख वोन र ट्रफि तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफि प्रदान गरिनेछ। सर्वाधिक १० ओभरमा खेलाइने खेलहरू हार्ड टेनिस बल प्रयोग गरेर सम्...
आजको राशिफल: २०८२ भदौ १२ गते बिहीबार

आजको राशिफल: २०८२ भदौ १२ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। कामले महत्त्वाकांक्षा बढाउन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अवसरका लागि परिस्थितिसँग सम्झौता ग...
दक्षिण कोरियामा MRR TEAM KOREA द्वारा भजन–कीर्तन कार्यक्रम हुँदै 

दक्षिण कोरियामा MRR TEAM KOREA द्वारा भजन–कीर्तन कार्यक्रम हुँदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूबीच धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले MRR TEAM KOREA द्वारा भजन–कीर्तन कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आगामी सेप्टेम्बर ६ (शनिबार) साँझ ७:३० बजेदेखि १० बजेसम्म सुवनस्थित उरि हिमालय सभाहल (Suwon Station Exit 7 and 11, 경기도 수원시 팔달구 매산로1가 16-10) मा सम्पन्न हुनेछ। यस अवसरमा सहभागीहरूले कृष्ण भक्ति र शिव आराधना सहितको भजन–कीर्तनमा सहभागी भएर अध्यात्मिक आनन्द, मानसिक शान्ति र सामूहिक एकताको अनुभव गर्ने अवसर पाउनेछन्। भजनलाई नेपाली समाजमा मनलाई शुद्ध गर्ने, नकारात्मकता हटाउने र भक्तिभाव जगाउने साधनका रूपमा मानिन्छ। विदेशजस्तो व्यस्त जीवनमा यसले तनाव कम गर्ने, आपसी भाईचाराको भावना बढाउने र संस्कृतिसँग जोड्ने महत्त्वपूर्ण काम गर्ने विश्वास लिइएको छ। आयोजकका अनुसार, भजन–कीर्तन केवल धार्मिक साधना मात्र नभई सांस्कृतिक जगेर्ना र नयाँ पुस्...
छल्लानाम्दोमा विदेशी मौसमी श्रमिक दोब्बर, कृषि–माछापालनमा नयाँ उर्जा

छल्लानाम्दोमा विदेशी मौसमी श्रमिक दोब्बर, कृषि–माछापालनमा नयाँ उर्जा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको छल्लानाम्दो प्रान्तमा यस वर्ष विदेशी मौसमी श्रमिकहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। प्रान्तीय प्रशासनका तथ्यांकअनुसार २०२५ मा कुल २०,७१८ जना श्रमिक यहाँ परिचालित भएका छन्। गत वर्ष १०,४०३ मात्र रहेकाले यसपटक १०,३१५ जनाको वृद्धि भएको हो। मौसमी श्रमिक कार्यक्रम ग्रामीण तथा माछापालन क्षेत्रमा श्रमिक अभाव पूरा गर्न बनाइएको आठ महिनाको रोजगार योजना हो। यसअन्तर्गत स्थानीय प्रशासनले विदेशी सरकारहरूसँग सम्झौता गर्ने वा विवाह आप्रवासीका आफन्त तथा विदेशी नागरिकता भएका कोरियालीहरूलाई आमन्त्रण गर्ने प्रावधान राखिएको छ। यो वर्ष छल्लानाम्दोका २७ सहर/जिल्लामा श्रमिक परिचालन गरिएको छ। तीमध्ये १५,०५ जनाले कृषिक्षेत्रमा पसिना बगाइरहेका छन् भने ५,७१३ जना माछापालनमा सक्रिय छन्। स्थानीय सरकारका अधिकारीहरूका अनुसार ग्रामीण क्षेत्रमा कामदारको तीव्र कमीका कारण यस वर्ष श्रमिक संख्यामा उल्...
आजको राशिफल: २०८२ भदौ ११ गते बुधबार

आजको राशिफल: २०८२ भदौ ११ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह बढ्नेछ र नयाँ योजना सुरु गर्न मन लाग्नेछ। पुरानो अधुरो काम पूरा गर्ने मौका मिल्नेछ। परिवार र मित्रको साथ पाउँदा मन हल्का हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। आफ्नो विचारलाई अरूले महत्व दिनेछन्। सम्बन्धमा आत्मीयता र विश्वास बढ्नेछ, जसले दिनलाई सुखद बनाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उमङ्गले दिन विशेष बन्नेछ। नयाँ अवसर हात लाग्नेछ र काममा प्रगति हुनेछ। आफ्नो क्षमता देखाउने मौका मिल्नेछ र त्यसको मूल्यांकन हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा खुसीको समाचार सुन्न सकिनेछ। आफ्नो मेहनतको उचित मूल्यांकन हुनेछ। नयाँ सम्पर्क वा सम्बन्धबाट फाइदा पाउने सम्भावना छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व गर्ने अवसर आउनेछ। समाजमा सम्मान ...
काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको आठौँ अधिवेशन अक्टोबर ४ मा

काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको आठौँ अधिवेशन अक्टोबर ४ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका काभ्रेली समुदायलाई एक्यवद्ध गर्ने उद्देश्यले स्थापना भएको काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाले आफ्नो आठौँ अधिवेशन आगामी अक्टोबर ४, शनिबार भव्य रूपमा आयोजना गर्ने भएको छ। अधिवेशन कार्यक्रम सउलको दोङ्देमुनस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा बिहान ११ बजे हुने तय भएको छ। २०११ सालमा स्थापना भएदेखि निरन्तर रूपमा कोरियामा सामाजिक गतिविधिमा सक्रिय यस संस्थाले काभ्रेली मात्र नभई अन्य नेपाली समुदायलाई पनि आवश्यक परेमा सहयोग गर्दै आएको छ। प्रवासी भूमिमा आइपर्ने समस्या समाधानका लागि हातेमालो गर्दै अघि बढ्ने यस समितिको यो अधिवेशनमा नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालको कार्यदिशा तय गरिनेछ। समितिका अध्यक्ष सुमन चौलागाईंले अधिवेशनमा उपस्थित भई अमूल्य सल्लाह सुझाव दिएर कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण काभ्रेली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अनुरोध गर्नुभएको छ। अधिवेशनमा ...