Advertisement
Advertisement

Author: एलिना

नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा मार्च ४ सम्ममा प्रतिनिधि पठाउन आह्वान ,१९औँ अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी तीव्र

नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा मार्च ४ सम्ममा प्रतिनिधि पठाउन आह्वान ,१९औँ अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी तीव्र

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको साझा संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी) ले आगामी मार्च १५ तारिख आयोजना हुने १९औँ अधिवेशनलाई भव्य, व्यवस्थित र प्रतिनिधिमूलक बनाउन तयारीलाई तीव्र बनाएको छ। अधिवेशनलाई समावेशी र प्रभावकारी बनाउन संस्थागत संरचनाभन्दा बाहिर रहेका विभिन्न संघ–संस्थाबाट पनि “एक संस्था, एक प्रतिनिधि सदस्य” पठाउन औपचारिक आह्वान गरिएको छ। समितिका अनुसार प्रतिनिधि सदस्यहरूले सामान्य सभा तथा अधिवेशनका महत्वपूर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउन पाउनेछन्। प्रतिनिधि सदस्यहरूलाई निर्वाचन प्रक्रियामा भाग लिन, उम्मेदवार बन्न तथा मतदान गर्न पाउने अधिकार रहने व्यवस्था गरिएको छ। प्रदेश समाजहरूबाट कम्तीमा सम्बन्धित प्रदेशका जिल्लाको संख्याभन्दा नघट्ने र अधिकतम सो संख्याको १० गुणासम्म प्रतिनिधित्व सुनिश्चित गरिने प्रावधान राखिएको समितिले जनाएको छ। प्र...
कोरियाको वेइजङ्बुमा २ स्कुले विद्यार्थी मिलेर रोकि राखेको कार लिएर फरार

कोरियाको वेइजङ्बुमा २ स्कुले विद्यार्थी मिलेर रोकि राखेको कार लिएर फरार

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
वेइजङ्बु प्रहरीले सवारी चो`रीको आरोपमा दुई जना माध्यमिक विद्यालयका विद्यार्थीलाई प´क्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा A र B नामका नाबालक रहेका छन्। प्रहरीका अनुसार उनीहरूले २४ तारिख बिहान करिब ११:३० बजे फाजुस्थित एक अपार्टमेन्टको अण्डरग्राउण्ड पार्किङमा साँचो भित्रै छोडिएको सानो कार चो´री गरि फरार भएका थिए। चो´री भएको उक्त सवारी साधन भोलिपल्ट बिहान करिब २ बजे 의정부동 स्थित एक हुलाक कार्यालय अगाडि सवारी खोजी प्रणाली (WASS) मा फेला परेको थियो। सूचनापछि प्रहरीले सम्भावित भाग्ने मार्गहरू अवरुद्ध गर्दै सडकबाटै उनीहरूलाई आपतकालीन रूपमा पक्राउ गरेको जनाएको छ। पक्राउका बेला गाडीभित्र A र B सहित जम्मा ६ जना सवार रहेको बताइएको छ। घट`नामा प्रत्यक्ष संलग्नता नदेखिएका अन्य ४ जनालाई भने प्रहरी अभिभावकको जिम्मा लगाएको छ। प्रहरीका एक अधिकारीले “यो नाबालकसँग सम्ब...
मार्च १ तारिक १२ घण्टाका लागि 𝐈𝐁𝐊 बैंकका बैंकिङ सेवा अस्थायी रूपमा बन्द हुने

मार्च १ तारिक १२ घण्टाका लागि 𝐈𝐁𝐊 बैंकका बैंकिङ सेवा अस्थायी रूपमा बन्द हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको सरकारी स्वामित्वमा रहेको Industrial Bank of Korea (IBK) ले आफ्नो बैंकिङ प्रणालीको अपग्रेड (स्तरोन्नति) गर्ने कार्यका कारण केही समयका लागि सम्पूर्ण वित्तीय कारोबार सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ। बैंकद्वारा जारी सूचनाअनुसार मार्च १, २०२६ (आइतबार) राति १२:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म (करिब १२ घण्टा) सेवा अवरुद्ध रहनेछ। प्रणालीलाई अझ सुरक्षित, छिटो र प्रभावकारी बनाउने उद्देश्यले यो अपग्रेड गर्न लागिएको बैंकले स्पष्ट पारेको छ। उक्त अवधिमा:  • क्रेडिट कार्ड भुक्तानी भने गर्न सकिनेछ।  • IBK ग्राहक सेवा केन्द्रमार्फत इन्सिडेन्ट (समस्या) रिपोर्ट गर्न सकिनेछ।  • तर डेबिट कार्डमार्फत हुने भुक्तानी सम्भव नहुने जानकारी दिइएको छ। साथै, कार्ड हराएमा BC Card Customer Center (☎ 1588-4515) मा सम्पर्क गरी जानकारी दिन सकिनेछ। सेवा अवरुद्ध हुँदा पर्न सक्ने असुविध...
“तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा” द्वारा “छ्यांजलो सांगितिक सौगात कार्यक्रम २०२६” भव्य रूपमा सम्पन्न

“तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा” द्वारा “छ्यांजलो सांगितिक सौगात कार्यक्रम २०२६” भव्य रूपमा सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
" तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा" ले कोरियाली नयां बर्ष सलनालको अवसर पारेर सलनालको दोस्रो दिन Feb-16 तारिख को दिन "छयांजलो साङगितीक सौगात कार्यक्रम २०२६" सभ्य र भव्य रूपमा सम्पन्न गरेका छन् । उक्त कार्यक्रम नेपालमा "अनाथ, असाय बालबालिकाको उज्वल भविष्यको लागि सहयोग गरिने हेतूले, " अनाथ, असहाय बालबालिका सहयोगार्थ" भन्ने मुल नारा दिई " तमू धीं तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा" ले छ्यांजलो सांगितीक सौगात कार्यक्रम २०२६" आयोजना गरेको उक्त संस्थाको वर्तमान अध्यक्ष प्रवेश गुरूङ ले बिशाल आवाज मल्टीमीडिया लाई जानाकारी दिएका छन् । "नेपाली कलाकार र गित संगित लाई माया गरौं, अनाथ, असाहाय बालबालिकाको उज्वल भबिष्यको निमित्त हातेमालो गरौं" भन्ने भनाईलाई आत्मा साथ गर्दै सुरू भएको "छ्यांजलो सांगितिक सौगात कार्यक्रम " को प्रमुख अतिथि "तमू धीं दक्षिण कोरिया" केन्द्रको वर्तमान ...
सडकमा भेटिएको कार्ड चलाइ ६ लाख ५० हजार वोन खर्च गर्दा ५० लाख वोन जरिवाना

सडकमा भेटिएको कार्ड चलाइ ६ लाख ५० हजार वोन खर्च गर्दा ५० लाख वोन जरिवाना

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सडकमा भेटिएको डेबिट कार्ड प्रयोग गरी करिब ६ लाख ५० हजार वोन खर्च गरेका ६० वर्ष नाघेका एक पुरुषलाई अदालतले ५० लाख वोन जरिवाना सजाय सुनाएको छ। फेब्रुअरी २० मा News1का अनुसार, Ulsan District Courtले ती व्यक्तिलाई “अरूले हराएको सम्पत्ति गैरकानुनी रूपमा कब्जा गरेको” अभियोगमा दोषी ठहर गरेको हो। गत वर्ष अगस्टमा Yangsanस्थित एक पसल नजिक सडकमा खसेको डेबिट कार्ड भेटेका उनले कार्ड फिर्ता नगरी आफैं राखेका थिए। त्यसपछि Busanको एक सुपरमार्केटमा उक्त कार्ड प्रयोग गरी ८ पटक भुक्तानी गर्दै दैनिक उपभोग्य सामग्री खरिद गरेका थिए। कुल खर्च करिब ६ लाख ५० हजार वोन पुगेको थियो। ती व्यक्ति यसअघि पनि ठगी अभियोगमा जेल सजाय भोगिसकेका थिए र पुनरावृत्ति अवधिमै पुनः अपराध दोहोर्‍याएका थिए। अदालतले विगतको आपराधिक पृष्ठभूमि र दोहोरिएको अपराधलाई गम्भीर मान्दै जरिवाना सजाय सुनाएको हो। तथापि, आर्थिक क्षति धेरै ठूलो ...
सन् २०२६ सिजनका लागि कोरियामा हुने भलिबल प्रतियोगिताको तालिका सार्वजनिक

सन् २०२६ सिजनका लागि कोरियामा हुने भलिबल प्रतियोगिताको तालिका सार्वजनिक

Breaking News, Breaking news 1, खेलकुद, जानकारी, भर्खरै, समाचार
 नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया ले सन् २०२६ सिजनभर कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरूको आधिकारिक बाँडफाँड तथा तालिका सार्वजनिक गरेको छ। संघले गत फेब्रुअरी १७ तारिख सउलमा आयोजित विशेष कार्यक्रममा विभिन्न आयोजक संस्थाहरूसँग समन्वय गरी प्रतियोगिताको मिति तथा जिम्मेवारी निर्धारण गरेको हो। संघका अध्यक्ष विरेन्द्र राहु मगरका अनुसार भलिबल प्रतियोगिता सञ्चालनका लागि संघमा प्राप्त निवेदनका आधारमा सन् २०२६ को सिजन अवधिभर ९ वटा विभिन्न संघ–संस्थालाई अनुमति प्रदान गरिएको छ। ती सबै प्रतियोगिताहरू संघको मातहत तथा नियमनभित्र रही सञ्चालन हुने जनाइएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१७ मा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित स्थापना भएको उक्त संघले स्थापना कालदेखि नै कोरियामा आयोजना हुने नेपाली समुदायबीचका भलिबल प्रतियोग...
सियोलमा 2026 Best Ambassador Award सम्पन्न, नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफे सम्मानित

सियोलमा 2026 Best Ambassador Award सम्पन्न, नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफे सम्मानित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतहरूलाई ‘2026 Best Ambassador Award’ कार्यक्रममा विशेष सम्मान गरिएको छ। उक्त कार्यक्रम Korea Consumer Global Council द्वारा सियोलमा आयोजना गरिएको हो। सम्मानित हुने राजदूतहरूमा कोरियाका लागि नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाङफे, पेरुका राजदूत तथा किर्गिस्तानका राजदूत रहेका छन्। कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यवसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफेले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको बताउनुभयो। उहाँले यस सम्मानले नेपाल र कोरियाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास ...
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको ७औं अधिवेशन सम्पन्न, जाम्लिङ लामा भोटेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको ७औं अधिवेशन सम्पन्न, जाम्लिङ लामा भोटेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरिया को ७औं अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। पुर्वी नेपाल समाज दक्षिण कोरिया आबद्ध उक्त संस्थाले अधिवेशनमार्फत जाम्लिङ लामा भोटे ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। डोङ्देमुनस्थित सुभेक्षा रेष्टुरेन्ट सभाहलमा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका संखुवासभा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले संस्थाको एकता, सहकार्य र सामाजिक सक्रियताको प्रशंसा गर्दै नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। नव निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ: अध्यक्ष: जाम्लिङ लामा भोटे बरिष्ठ उपाध्यक्ष: पिम्बा नुर्पु भोटे उपाध्यक्ष: सुरज कार्की उपाध्यक्ष: मिङ्मा सेर्पा सचिव: दिनेश बुढाथोकी सह-सचिव: सन्तोष गुरुङ कोषाध्यक्ष: तेन्जि सेर्पा सह-को...
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको ५औं अधिवेशन सम्पन्न, आदेश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको ५औं अधिवेशन सम्पन्न, आदेश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
रामेछाप सम्पर्क समिति दक्षिण कोरिया को आयोजनामा २०२६ फेब्रुअरी १५ तारिख (शनिबार) का दिन पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। डोङ्देमुनस्थित दुरिन नर्सिङ्गो सभा हल (चौथो तल्ला) मा बिहान ११:०० बजेबाट सुरु भएको उक्त अधिवेशनमा दक्षिण कोरियामा रहेका रामेछापवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। “प्रवासमा रहेका रामेछापवासीहरू एक होऔं, जिल्लाको विकासमा टेवा पुर्‍याऔं” भन्ने मूल नारासहित आयोजित अधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट आदेश खड्का ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू यसप्रकार रहेका छन्: अध्यक्ष: आदेश खड्का वरिष्ठ उपाध्यक्ष: ज्ञानु तामाङ उपाध्यक्ष: बिष्णु बिश्वकर्मा उपाध्यक्ष: सतिस रोका उपाध्यक्ष: बिश्लेष घिसिङ महिला उपाध्यक्ष: कल्पना श्...
दक्षिण कोरियामा उज्यालो नेपाल पार्टीको प्रवास संगठन समिति गठन, अभिषेक थिङ तामाङको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

दक्षिण कोरियामा उज्यालो नेपाल पार्टीको प्रवास संगठन समिति गठन, अभिषेक थिङ तामाङको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा उज्यालो नेपाल पार्टीको प्रवास संगठन समिति गठन, सर्वसम्मत कार्यसमिति चयन उज्यालो नेपाल पार्टीलाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने उद्देश्यका साथ प्रवास संगठन समिति गठन गरिएको छ। विदेश विभाग सदस्य विक्रम बज्यू तामाङको संयोजनमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नवगठित समितिको अध्यक्षमा अभिषेक थिङ तामाङ चयन भएका छन्। त्यसैगरी महिला उपाध्यक्षमा उरुशा शाख, उपाध्यक्षमा शमशेर तामाङ, सचिवमा टीका मोक्तान तामाङ र कोषाध्यक्षमा धुर्व तामाङ चयन भएका छन्। सदस्यहरूमा प्रकाश तामाङ, सुनिता ब्लोन तामाङ, टासी तामाङ थिङ, राजेश तामाङ, पेम्बा ग्याल्बो तामाङ, सञ्जित तामाङ, सोम योन्जन तामाङ, प्रताप न्यासुर तामाङ, गोपाल स्याङबो तामाङ, मिन आले मगर, रमेश शाक्य, दिल तामाङ, मनिषा तामाङ, राम तामाङ, उपेन्द्र तामाङ, राजन तामाङ, राजकुमार लामा, रूपक ...