Advertisement
Advertisement

सन् २०२६ सिजनका लागि कोरियामा हुने भलिबल प्रतियोगिताको तालिका सार्वजनिक

Advertisement
Advertisement

 नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया ले सन् २०२६ सिजनभर कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरूको आधिकारिक बाँडफाँड तथा तालिका सार्वजनिक गरेको छ। संघले गत फेब्रुअरी १७ तारिख सउलमा आयोजित विशेष कार्यक्रममा विभिन्न आयोजक संस्थाहरूसँग समन्वय गरी प्रतियोगिताको मिति तथा जिम्मेवारी निर्धारण गरेको हो।

संघका अध्यक्ष विरेन्द्र राहु मगरका अनुसार भलिबल प्रतियोगिता सञ्चालनका लागि संघमा प्राप्त निवेदनका आधारमा सन् २०२६ को सिजन अवधिभर ९ वटा विभिन्न संघ–संस्थालाई अनुमति प्रदान गरिएको छ। ती सबै प्रतियोगिताहरू संघको मातहत तथा नियमनभित्र रही सञ्चालन हुने जनाइएको छ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१७ मा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित स्थापना भएको उक्त संघले स्थापना कालदेखि नै कोरियामा आयोजना हुने नेपाली समुदायबीचका भलिबल प्रतियोगिताहरूलाई व्यवस्थित, पारदर्शी र मर्यादित ढंगले सञ्चालन गर्दै आएको छ।

संघका महासचिव देवेन्द्र पुनले सन् २०२६ सिजनभरिका लागि गरिएको प्रतियोगिता बाँडफाँडले आयोजक संस्था, खेलाडी तथा दर्शकहरूबीच विश्वास र समन्वय अझ मजबुत हुने विश्वास व्यक्त गरे। उहाँका अनुसार यस निर्णयले प्रतियोगिताहरू समयमै, अनुशासित र एकीकृत ढंगले सम्पन्न गर्न सहयोग पुग्नेछ।

संघले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ का लागि तोकिएका भलिबल प्रतियोगिताहरू सम्बन्धित आयोजक संस्था र निर्धारण गरिएको मितिअनुसार सञ्चालन हुनेछन्। विस्तृत तालिका संघले आधिकारिक रूपमा सार्वजनिक गरिसकेको जनाएको छ।

कोरियामा बढ्दो नेपाली समुदायबीच खेलकुद गतिविधिप्रति आकर्षण बढ्दै गइरहेको सन्दर्भमा यस किसिमको समन्वित तालिका व्यवस्थापनले खेल क्षेत्रको संस्थागत विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×