Advertisement
Advertisement

Day: १० फाल्गुन २०८२, आईतवार ०७:४०

सन् २०२६ सिजनका लागि कोरियामा हुने भलिबल प्रतियोगिताको तालिका सार्वजनिक

सन् २०२६ सिजनका लागि कोरियामा हुने भलिबल प्रतियोगिताको तालिका सार्वजनिक

Breaking News, Breaking news 1, खेलकुद, जानकारी, भर्खरै, समाचार
 नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया ले सन् २०२६ सिजनभर कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरूको आधिकारिक बाँडफाँड तथा तालिका सार्वजनिक गरेको छ। संघले गत फेब्रुअरी १७ तारिख सउलमा आयोजित विशेष कार्यक्रममा विभिन्न आयोजक संस्थाहरूसँग समन्वय गरी प्रतियोगिताको मिति तथा जिम्मेवारी निर्धारण गरेको हो। संघका अध्यक्ष विरेन्द्र राहु मगरका अनुसार भलिबल प्रतियोगिता सञ्चालनका लागि संघमा प्राप्त निवेदनका आधारमा सन् २०२६ को सिजन अवधिभर ९ वटा विभिन्न संघ–संस्थालाई अनुमति प्रदान गरिएको छ। ती सबै प्रतियोगिताहरू संघको मातहत तथा नियमनभित्र रही सञ्चालन हुने जनाइएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१७ मा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित स्थापना भएको उक्त संघले स्थापना कालदेखि नै कोरियामा आयोजना हुने नेपाली समुदायबीचका भलिबल प्रतियोग...