Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

सउलमा सुपा देउराली तीज विशेष कार्यक्रम हुने

सउलमा सुपा देउराली तीज विशेष कार्यक्रम हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको आयोजनामा भव्य सुपा देउराली तीज विशेष कार्यक्रम–२०२५ आउँदो २०२५ अगस्ट २४ गते (आइतबार) सउलमा हुने भएको छ। नेपाली नारीहरूको महान चाड हरितालिका तीज लाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा सांस्कृतिक, मनोरञ्जनात्मक तथा सामाजिक एकताको वातावरण सृजना गरिने आयोजकले जनाएको छ। कार्यक्रम 서울시 중구 퇴계로 417 (सिन्दाङयक ४ नं. गेटबाट १०० मिटर अगाडि) मा बिहान ११:०० बजे देखि साँझ ७:०० बजे सम्म सञ्चालन हुनेछ।आयोजकका अनुसार, कार्यक्रममा प्रख्यात लोकगायक–गायिकाहरूको तीज प्रस्तुति, स्थानीय कलाकारहरूको नृत्य तथा गीत, रचनात्मकता र सांस्कृतिक प्रस्तुति, साथै स्वादिष्ट दर परिकारको विशेष व्यवस्था गरिनेछ। यस अवसरमा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो परिवारसहित उपस्थित भई कार्यक्रमको शोभा बढाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।...
सेप्टेम्बर २१ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै ‘जारी २’,अग्रिम अनलाइन बुकिङ खुला

सेप्टेम्बर २१ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै ‘जारी २’,अग्रिम अनलाइन बुकिङ खुला

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ‘जारी’ को सिक्वेल ‘जारी २’ यही सेप्टेम्बर २१ (आइतबार) मा दक्षिण कोरियाको सुवनस्थित अत्याधुनिक सुविधा सम्पन्न MEGABOX हलमा प्रदर्शन हुने भएको छ। Manggena Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो विशेष ‘Suwon Show’ का लागि अग्रिम अनलाइन बुकिङ खुला गरिएको आयोजकले जनाएको छ। दशैंको छेको पारेर असोज ३ गतेदेखि संसारभर रिलिज हुन लागेको ‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। निर्देशक उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्...
पार्वती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच स्वास्थ्य सहयोग सम्झौता अब निःशुल्क उपचार सेवा

पार्वती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच स्वास्थ्य सहयोग सम्झौता अब निःशुल्क उपचार सेवा

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि ठूलो राहतको खबर आएको छ। पार्वती मोक्तान नेतृत्वको गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया र कोरियाली चिकित्सक समाजबीच नेपाली श्रमिक, विद्यार्थी तथा कागजात नवीकरण नभएकाहरूलाई समेत स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने सम्झौता भएको हो। बुधबार एयस डकाष्टको कार्यालयमा विशेष कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता पत्रमा NRNA दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तान र कोरियाली चिकित्सक समाजका अध्यक्ष इम सक योङले हस्ताक्षर गरे। सम्झौता अनुसार, आउँदो सेप्टेम्बर २० देखि कोरियामा रहेका नेपालीहरूले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्। हरेक दुई महिनामा एकपटक स्वास्थ्य शिविर सञ्चालन हुनेछ, जसमा बिरामी जाँचदेखि आवश्यक औषधि उपलब्ध गराइनेछ। चिकित्सक समाजले औषधि, जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउनेछ भने NRNA दक्षिण कोरियाले प्रचार–प्रसार, बिरामी...
अगस्ट २४ मा पाँच–स दक्षिण कोरियाले हरितालिका तीज दर खाने कार्यक्रम आयोजना गर्दै

अगस्ट २४ मा पाँच–स दक्षिण कोरियाले हरितालिका तीज दर खाने कार्यक्रम आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज को पावन अवसरमा, सनातन साहित्य संगीत साधना समूह (पाँच–स) दक्षिण कोरिया ले यस वर्ष पनि विगतको सफल परम्परालाई निरन्तरता दिँदै अगस्ट २४ सुवनमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही २०२५ अगस्ट २४ (आइतबार) बिहान ११:०० बजेबाट Woori Himalaya Restaurant’s Hall, Suwon Station Exit No. 11 मा भव्य रूपमा आयोजना गर्ने भएको छ। यस अवसरमा दीप प्रज्वलन, शान्तिपाठ, तीज तथा ऋषि पंचमी ब्रतको महिमा श्रवण लगायतका आध्यात्मिक क्रियाकलापसँगै नेपाली मौलिक भेषभूषा, गीत–संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछ। साथै, तीजको स्वादिलो दर को पनि व्यवस्था गरिएको छ। आयोजक संस्थाले पूर्वीय सनातन धर्म, कला, संस्कार र नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताएक...
दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा परी इलामका राईको निधन, शव नेपाल पठाइँदै

दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा परी इलामका राईको निधन, शव नेपाल पठाइँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको ख्यङ्जु (Gyeongju) मा कार्यरत इलामका एक नेपाली युवकको मोटरसाइकल दुर्घटनापछि उपचारकै क्रममा निधन भएको छ। इलाम जिल्ला, सूर्योदय नगरपालिका–९ रम्फोकका ३४ वर्षीय सागर राई करिब २ वर्ष ३ महिना अघि रोजगारीको लागि ईपीएस (EPS) प्रणालीमार्फत कोरिया आएका थिए। ख्यङ्जुस्थित मोह्वामा कार्यरत राईको २०२५ अगस्ट ९ मा मोटरसाइकल दुर्घटना भएको थियो। गम्भीर घाइते भएपछि उनलाई डोङ्गुक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो। लगातार उपचार भए पनि अवस्था सुधार नहुँदा दुर्घटनापछि तेस्रो दिन अर्थात् अगस्ट ११ मा उनको असामयिक निधन भएको हो। पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको र अस्पतालमा लामो समय शव राख्न नसकिने भएकाले, परिवार र आफन्तसँगको सहमतिमा शव नेपाल पठाउने तयारी भइरहेको छ। कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई यातायातका नियम पालना गर्न, सुरक्षा उपकरणको प्रयोग गर्न तथा सडकमा अधिक सतर्क रह...
सेप्टेम्बर २१ मा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ हुने

सेप्टेम्बर २१ मा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज–सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २१ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ आयोजना हुने भएको छ। सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचार‌सिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही २०२५ सेप्टेम्बर २१‌तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ खेलाइने भएको हो। “जहाँ नेपाली सद्भाव, एकता र भाइचारा, अनुशासन, स्वास्थ्य र खेलकुद हाम्रो अभिभारा” भन्ने उद्देश्यका साथ, हाल समाजद्वारा सञ्चालित ‘विपन्न वर्ग बालबालिका छात्रवृत्ति कोष’ अभिवृद्धि गर्ने मुख्य हेतुले यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। बिहान ७ बजेबाट सुरु हुने प्रतियोगितामा टिम दर्ताको अन्तिम मिति २०२५ सेप्टेम्बर १३ र टाइसिट...
भोजपुर परिवार दक्षिण कोरियाद्वारा २०औं स्थापना दिवसको अवसरमा बृहत् बनभोज तथा भेटघाट कार्यक्रम हुदै

भोजपुर परिवार दक्षिण कोरियाद्वारा २०औं स्थापना दिवसको अवसरमा बृहत् बनभोज तथा भेटघाट कार्यक्रम हुदै

जानकारी, भर्खरै, समाचार
भोजपुर परिवार दक्षिण कोरियाले आफ्नो स्थापना भएको २०औं वर्षको अवसरमा आगामी अगस्ट ३० र ३१ तारिखका दिन “बृहत् बनभोज तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ। संस्थाले भोजपुरबासी मात्र नभई गैर–भोजपुरबासी नेपालीहरुलाई पनि भावनात्मक, सांस्कृतिक र आर्थिक रूपमा अझ मजबुत बनाउन कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रम 경기도 화성시 서신면 해안길 344 मा हुनेछ, जसमा डोरी तान्ने प्रतियोगिता, पुस अप च्यालेन्ज, बेलुन फुटाउने प्रतियोगिता, म्युजिकल चियर, विभिन्न सांगीतिक प्रस्तुति, समुन्द्र किनारको रमणीय दृश्य अवलोकन, साथै नेपाली परिकार र BBQ सहितको भोज रहनेछ। विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। सहभागिताको शुल्क पुरुषका लागि १ लाख वोन, महिलाका लागि ८० हजार वोन, विद्यार्थीका लागि ७० हजार वोन, र दम्पतीका लागि १ लाख ५० हजार वोन निर्धारण गरिएको छ। रकम NH Bank – 302-1772-5086-81, Rai Ramcha...
हान्वा ओसन नेपाली एकता समाजको नवौं अधिवेशनमा नारायण शाही ठकुरी अध्यक्षमा निर्वाचित

हान्वा ओसन नेपाली एकता समाजको नवौं अधिवेशनमा नारायण शाही ठकुरी अध्यक्षमा निर्वाचित

जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – कोरियाको गजेदोस्थित हान्वा ओसन नेपाली एकता समाजको आईतवारका दिन गजेदोमा “नवौं अधिवेशन–२०२५” भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन बाट नारायण शाही ठकुरी को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सो अधिवेशनमा प्रारम्भिक तयारीअनुसार अध्यक्ष पदका लागि नारायण शाही ठकुरी र निर्मला खड्का बीच प्रतिस्पर्धा हुने तय भएको थियो। तर, निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरी मतदान सुरु हुन केही मिनेटअघि उम्मेदवार निर्मला खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नारायण शाही ठकुरी निर्विरोध अध्यक्षमा चयन भएका हुन्। नयाँ अध्यक्ष ठकुरी विगत १२ वर्षदेखि यही कम्पनीमा निरन्तर कार्यरत छन्। अधिवेशन हान्वा ओसन दोङ्मुन सिक्ताङको प्राङ्गणमा समाजका सचिव शिव गैह्रेले सञ्चालन गरेका थिए। कार्यक्रममा तत्कालीन अध्यक्ष टेकनाथ बराल (मामा)को अध्यक्षता, हान्वा ओसन पानीजहाज कम्पनीका नेपाली संयोजक तथा समाजका स...
कोरियामा E–9 श्रमिकलाई पुनःप्रवेश बिना १० वर्ष बस्न दिने प्रस्ताव, यस वर्ष कानुन पारित हुने सम्भावना

कोरियामा E–9 श्रमिकलाई पुनःप्रवेश बिना १० वर्ष बस्न दिने प्रस्ताव, यस वर्ष कानुन पारित हुने सम्भावना

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज– दक्षिण कोरियामा कार्यरत E–9 भिसा धारक श्रमिकहरूका लागि ठूलो परिवर्तन ल्याउने प्रस्तावबारे छलफल तीव्र भइरहेको छ। कोरियाको योजना तथा वित्त मन्त्रालयका अनुसार, पुनःप्रवेश (Re-entry) बिना नै लगातार १० वर्षभन्दा बढी बस्न दिने कानुन यस वर्षभित्रै पारित हुने सम्भावना रहेको बताइएको छ। यो प्रस्ताव अघिल्लो सरकारले अघि सारेको हो, जसअन्तर्गत हालको ४ वर्ष १० महिनाको सीमालाई हटाएर निश्चित मापदण्ड पूरा गर्ने श्रमिकलाई ३ वर्षको अन्तरालमा कोरियामै कार्य अवधि नवीकरण गर्ने सुविधा दिन सकिनेछ। प्रस्तावित प्रारम्भिक मापदण्ड: 1. लगातार २ वर्ष एउटै कम्पनीमा काम गरेको हुनुपर्ने। 2. कोरियाली भाषा दक्षता (TOPIK) मा न्यूनतम स्तर ३ हासिल गर्नुपर्ने। हालको E–9 प्रणालीमा, श्रमिकले अधिकतम ४ वर्ष १० महिना मात्रै काम गर्न पाउँछन्। त्यसपछि उनीहरूले नेपाल वा आफ्नो मुलुक फर्केर पुनः आवेदन गर्नुपर्छ। यद्...
EPS Conference 2025 सम्पन्न : श्रमिक सुरक्षादेखि कोटा विस्तारसम्म नेपालका ठोस धारणा प्रस्तुत

EPS Conference 2025 सम्पन्न : श्रमिक सुरक्षादेखि कोटा विस्तारसम्म नेपालका ठोस धारणा प्रस्तुत

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको राजधानी सिओलस्थित शिल्ला होटलमा, कोरियाली श्रम मन्त्रालय (Ministry of Employment and Labor) र HRD Korea को आयोजनामा EPS Conference 2025 भव्य रूपमा सम्पन्न भएको छ। २०२५ अगस्ट ६ तारिख सम्पन्न कार्यक्रममा कोरियाका श्रम तथा रोजगार मन्त्री माननीय किम यंग–हूनको प्रमुख आतिथ्यता रहेको थियो। सम्मेलनमा नेपालकी राजदूत डा. शिवमाया तुम्बाहाङ्फे, श्रम काउन्सेलर मैया कडेल, साथै १७ श्रमिक आपूर्ति गर्ने देशका राजदूत, HRD अध्यक्ष, नीति निर्माता र सरोकारवाला अधिकारीहरूको उपस्थिति थियो। सम्मेलनको मुख्य विषयवस्तु श्रमिकहरूको सीप अभिवृद्धि, कार्यस्थलको सुरक्षा, EPS प्रणालीको दिगोपन, र नीतिगत पहुँचको विस्तार थियो। सहभागी मुलुकका प्रतिनिधिहरूले EPS प्रणालीका व्यवहारिक अनुभव र सुधार आवश्यकतामाथि धारणा राखेका थिए। नेपाली पक्षबाट महामहिम डा. तुम्बाहाङ्फेले EPS परीक्षा पास गर्नेको संख्या...