Advertisement
Advertisement

Day: ८ कार्तिक २०८३, शनिबार ०५:१९

दक्षिण कोरियामा एआई प्रविधिबाट बोतल र क्यान रिसाइकल गर्दा पैसा पाइने, १०० पटक फाल्दा १ हजार वन जम्मा

दक्षिण कोरियामा एआई प्रविधिबाट बोतल र क्यान रिसाइकल गर्दा पैसा पाइने, १०० पटक फाल्दा १ हजार वन जम्मा

Breaking News, जानकारी, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पुनःप्रयोग गर्न मिल्ने प्लास्टिकका बोतल र पेय पदार्थका क्यान सङ्कलन गर्न कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित मेसिन प्रयोग गरिरहेको छ। ‘नेफ्रोन (Nephron)’ नामका यी मेसिनमा बोतल र क्यान बुझाएबापत प्रयोगकर्ताले अङ्क प्राप्त गर्छन्, जसलाई निश्चित सीमा पुगेपछि नगदमा साट्न सकिन्छ। दक्षिण कोरियाली कम्पनी सुपरबिन (Superbin) ले विकास गरेको नेफ्रोन मेसिनले एआई प्रविधिको सहायताले पुनःप्रयोग गर्न मिल्ने प्लास्टिकका बोतल र पेय पदार्थका क्यान पहिचान गर्छ। मेसिनले स्वीकार गरेका प्रत्येक बोतल वा क्यानबापत प्रयोगकर्ताको खातामा १० अङ्क अर्थात् १० कोरियन वन जम्मा हुन्छ। यसरी २ हजार अङ्क जम्मा भएपछि त्यसलाई २ हजार कोरियन वन नगदमा साट्न सकिन्छ। यस प्रणालीबाट लाभ लिन बोतल तथा क्यान मेसिनले तोकेका मापदण्डअनुसार हुनुपर्छ। प्लास्टिकका बोतलभित्र रहेको तर...
नोभेम्बर १५ तारिख तमू धीं द. कोरिया, ख्याङ्साङ्नाम्दो बुसान शाखाले  “कबड्डी ५” किम्हे/बुसान शो प्रदर्शन गर्दै

नोभेम्बर १५ तारिख तमू धीं द. कोरिया, ख्याङ्साङ्नाम्दो बुसान शाखाले “कबड्डी ५” किम्हे/बुसान शो प्रदर्शन गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियाको बुसानमा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को ग्रान्ड शो आयोजना हुने भएको छ। तमू धीं दक्षिण कोरिया, ख्याङ्साङ्नाम्दो बुसान शाखाले विपद् राहत सहयोगार्थ आगामी नोभेम्बर १५ तारिख खिम्हे, बुसानमा चलचित्र प्रदर्शन गर्न लागेको हो। कबड्डी सिरिजको बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ अक्टोबर २३ देखि नेपाललगायत विश्वका विभिन्न देशमा प्रदर्शनमा आएको छ। नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढिरहेका बेला कोरियामा रहेका नेपालीमाझ पनि चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ। विपद् राहत सहयोग गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त ग्रान्ड शोमा सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक निमन्त्रणा गरेको छ। आयोजकका अनुसार चलचित्र प्रदर्शन नोभेम्बर १५ तारिख खिम्हे, बुसानमा हुनेछ। चलचित्...
१३ वर्षपछि दक्षिण कोरिया फर्किए जस्टिन बिबर, पत्नी हेलीका साथ आफ्नै फेसन ब्रान्ड प्रवर्द्धन गर्न सउलमा

१३ वर्षपछि दक्षिण कोरिया फर्किए जस्टिन बिबर, पत्नी हेलीका साथ आफ्नै फेसन ब्रान्ड प्रवर्द्धन गर्न सउलमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियामा आफ्नो अन्तिम कन्सर्ट गरेको करिब १३ वर्षपछि विश्वप्रसिद्ध क्यानडेली पप गायक जस्टिन बिबर पुनः कोरिया आइपुगेका छन्। यसपटक उनी सांगीतिक प्रस्तुतिका लागि नभई आफ्नै फेसन तथा लाइफस्टाइल ब्रान्ड ‘SKYLRK’ को प्रवर्द्धनका लागि पत्नी हेली बिबरसँगै दक्षिण कोरिया आएका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बिबर दम्पती शुक्रबार बिहान इन्छन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दक्षिण कोरिया आइपुगेका हुन्। कोरिया आइपुगेपछि जस्टिनले सामाजिक सञ्जालमा सउलका तस्बिरहरू सार्वजनिक गर्दै ‘Made it to Seoul’ लेखेका थिए। उनको आगमनसँगै कोरियाली प्रशंसकहरूबीच उत्साह बढेको छ। जस्टिनको फेसन तथा लाइफस्टाइल ब्रान्ड SKYLRK ले अक्टोबर २२ देखि २५ सम्म सउलको सेओङ्सु-दोङ क्षेत्रमा पहिलोपटक पपअप स्टोर सञ्चालन गरिरहेको छ। उक्त स्टोरमा हुडी, टी-सर्ट, जुत्ता, सनग्लासलगायतका विभिन्न सामग्री राखिएका छन्। साथै, सउलका लागि व...