दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भव्य रूपमा स्वागत गरेका छन्। फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टरको नेपाली समितिको आयोजनामा अप्रिल १८ तारिख शनिबार आयोजित “शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको हो।
“प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतिलाई बिर्सनु हुँदैन” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा फ्यङ्गन्थेक तथा आसपासका क्षेत्रबाट उल्लेखनीय संख्यामा नेपालीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एकअर्काबीच नयाँ वर्षको शुभकामना साटासाट गर्दै आत्मीयतापूर्ण वातावरणमा पर्व मनाएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक सन्जिभ सेन, नारायण पौडेल, समीर तामाङ र केशव राज अर्याललगायत कलाकारहरूले आफ्नो सुमधुर सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले...
६ बैशाख २०८३, आईतवार १३:३३६ बैशाख २०८३, आईतवार १३:३३६ बैशाख २०८३, आईतवार १३:३३ by एलिनाNo Comments
मोक्पो साम्हो साझा चौतारीको ८ औं अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ। सन् २०२६ अप्रिल १९ मा सम्पन्न अधिवेशनबाट संस्थाको नेतृत्वमा बिक्रम गिरि अध्यक्षमा निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र फागो चयन हुँदा उपाध्यक्षहरूमा विजय घिसिङ, मनसुन खड्का र नवीन गैरे निर्वाचित भएका छन्। त्यसैगरी महासचिवको जिम्मेवारी कुशल गुरागाइले पाएका छन् भने सचिवमा सन्जु तामाङ चयन भएका छन्। सह–सचिवमा राकेश कार्की, कोषाध्यक्षमा मिलन बगाले र सह–कोषाध्यक्षमा जीवन मगर निर्वाचित भएका छन्।
यसैगरी, अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ। सदस्यहरूमा प्रकाश बिष्ट, अभिसेक नागरी, मोहन सिंह भाट, शसिधर भण्डारी, अनुश तामाङ, कमान सिंह तामाङ, रबि पौडेल, ओमकार थापा, युवराज पाण्डे, शिवराज फुयाल, आशोक कुमार सिंह, सृजना महर्जन, गोपाल लिम्बु, प्रवास गौतम, नारायण शर्मा, अभिषे...
६ बैशाख २०८३, आईतवार ०९:३२६ बैशाख २०८३, आईतवार ०९:३२६ बैशाख २०८३, आईतवार ०९:३२ by एलिनाNo Comments
आपसी सद्भाव, सहयोग र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन आइतबार सौलको दोङ्देमुनस्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।
𝐍𝐑𝐍𝐀 𝐊𝐎𝐑𝐄𝐀 का अध्यक्ष पार्वती मोक्तानको प्रमुख आतिथ्यतामा सस्थाका अध्यक्ष राजु लामाको सभाध्यक्ष र कोरियामा रहेका बिभिन्न संघ सस्थाको प्रतिनिधि लगायतको उल्लेख्य उपस्थितिमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा उद्धव नेपाल खत्री चयन भएका छन्।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्षमा वसन्त थापा र सन्तोष लुइँटेल चयन भएका छन्। महासचिवको जिम्मेवारी भुवन दाहालले पाएका छन् भने कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह-कोषाध्यक्षमा गणेश श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा सन्तोष आचार्य, अविनाश तिमल्सिना, स्याङ्बो शेर्पा...