Advertisement
Advertisement

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

Advertisement
Advertisement

दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भव्य रूपमा स्वागत गरेका छन्। फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टरको नेपाली समितिको आयोजनामा अप्रिल १८ तारिख शनिबार आयोजित “शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको हो।

“प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतिलाई बिर्सनु हुँदैन” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा फ्यङ्गन्थेक तथा आसपासका क्षेत्रबाट उल्लेखनीय संख्यामा नेपालीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एकअर्काबीच नयाँ वर्षको शुभकामना साटासाट गर्दै आत्मीयतापूर्ण वातावरणमा पर्व मनाएका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक सन्जिभ सेन, नारायण पौडेल, समीर तामाङ र केशव राज अर्याललगायत कलाकारहरूले आफ्नो सुमधुर सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रमलाई अझै जीवन्त र रमाइलो बनाएको थियो।

कार्यक्रमको सफलतामा खुसी व्यक्त गर्दै समितिका अध्यक्ष गिर बहादुर भण्डारीले प्रवासको व्यस्त जीवनबीच नेपाली समुदायलाई जोड्ने यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिने बताउनुभयो। उहाँले सबैको साथ, सहयोग र सहभागिताप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली मौलिक परिकारहरूको विशेष व्यवस्था गरिएको थियो, जसले सहभागीहरूलाई स्वदेशकै अनुभूति दिलाएको थियो। साथै स्थानीय कलाकारहरूको गीत, संगीत तथा नृत्य प्रस्तुतिले नेपाली कला र संस्कृतिको झल्को दिएको थियो।

उक्त अवसरमा संस्थाका पूर्व अध्यक्षहरू—बिशाल थापा, लक्ष्मण पौडेल र मनोज चापागाईं—लाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै माइग्रेन्ट सेन्टरका प्रमुख किम उ यङ्गले नेपाली नयाँ वर्षको शुभकामना व्यक्त गर्दै नेपाली समुदायको एकता, संस्कृति र विकासप्रति प्रशंसा व्यक्त गर्नुभयो।

यसैगरी पूर्व अध्यक्ष कृष्ण पुरी, राजेन्द्रप्रसाद बेलबासे लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष कमल सापकोटाले राख्नुभएको थियो भने सचिव तथा भाषा अनुवादक थानेश्वर भट्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रवासमा रहेर पनि आफ्नो मौलिकता जोगाउँदै नेपालीपनलाई जीवन्त राख्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको धारणा रहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×