Advertisement
Advertisement

Day: १८ चैत्र २०८२, बुधबार १७:२८

वर्षौँदेखि दोहोरिँदै आएको समस्या भक्तपुरभरि “इट्टाभट्टा प्रदूषण उस्तै”

वर्षौँदेखि दोहोरिँदै आएको समस्या भक्तपुरभरि “इट्टाभट्टा प्रदूषण उस्तै”

Breaking News, जानकारी, भर्खरै, समाचार
काठमाडौं उपत्यकाको वायु प्रदूषणको बहसमा वर्षौँदेखि इट्टाभट्टा मुख्य दोषीको रूपमा औंल्याइँदै आएको छ। विभिन्न मिडिया रिपोर्ट, सरकारी अध्ययन र अन्तर्राष्ट्रिय संस्थाका तथ्यांकहरूले समेत उपत्यकाको प्रदूषणमा इट्टाभट्टाको ठूलो योगदान रहेको देखाएका छन्। तर नीति, निर्देशन र समयसीमा बारम्बार तोकिए पनि कार्यान्वयन कमजोर हुँदा भक्तपुर जिल्लाभर समस्या जस्ताको तस्तै देखिएको छ। उपलब्ध विभिन्न समाचार र अध्ययनहरू अनुसार काठमाडौं उपत्यकाभित्र करिब ८० देखि १०० को हाराहारीमा इट्टाभट्टा सञ्चालनमा रहेका छन्, जसमा उल्लेख्य हिस्सा भक्तपुर क्षेत्रमा केन्द्रित रहेको पाइन्छ। दुवाकोट, सल्लाघारी, जगाती, नाला, चाँगुनारायण आसपासका क्षेत्रमा दर्जनौँ भट्टा सक्रिय छन्। जाडो र सुख्खा मौसममा यी भट्टाबाट निस्कने धुवाँले आकाश नै धुम्म पार्ने दृश्य सामान्य बन्दै गएको छ। स्थानीय बासिन्दाहरूका अनुसार बिहान र साँझको समयमा ब...
Gen Z आन्दोलनका शहीद तथा घाइतेका लागि MRR कोरियाबाट उठेको ३५ लाख रुपैयाँको हिसाब सार्वजनिक

Gen Z आन्दोलनका शहीद तथा घाइतेका लागि MRR कोरियाबाट उठेको ३५ लाख रुपैयाँको हिसाब सार्वजनिक

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
 भदौ २३ र २४ गते नेपालमा भएको हिंसात्मक Gen Z आन्दोलनपछि उत्पन्न मानवीय संकटलाई लक्षित गर्दै MRR KOREA को सयोजकत्वमा दक्षिण कोरियामा रहेका नेपालीहरूले संकलन गरेको सहयोग रकमको विवरण सार्वजनिक गरिएको छ। आन्दोलनमा सहिद भएका परिवारको लागि र घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कोरियामा रहेका नेपालीहरूले MRR Korea को नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरेका थिए। अभियान अन्तर्गत छोटो समयमै उल्लेखनीय रकम संकलन भएको थियो। सार्वजनिक गरिएको विवरणअनुसार ३५ लाख नेपाली रुपैयाँ (३५,४९,२१५) रुपैयाँ बराबर संकलन भएको थियो। सो रकममध्ये ३५,१२,२५५ रुपैयाँ नेपाल पठाइसकिएको र त्यसमध्ये ३४,३२,१५८ रुपैयाँ विभिन्न घाइते तथा शहीद परिवारलाई वितरण गरिएको उल्लेख गरिएको छ। साथै केही रकम अन्य खर्चमा प्रयोग गरिएको छ भने करिब १ लाख १७ हजार रुपैयाँ बाँकी रहेको जानकारी दिइएको छ। MRR Korea ले सार्वजनिक गरेको ...
फुटबल प्रतियोगिता खेल्दा घाइते, कोरिया आएको ४ महिना मात्रै पुगेका खेलाडीका लागि सहयोग अपिल

फुटबल प्रतियोगिता खेल्दा घाइते, कोरिया आएको ४ महिना मात्रै पुगेका खेलाडीका लागि सहयोग अपिल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको छनान सहरमा आयोजित प्रथम “काष्ठमण्डप फुट्सल प्रतियोगिता” खेल्ने क्रममा इन्छन नेपाली फुटबल क्लब (NFC) का खेलाडी सुजन अधिकारी गम्भीर घाइते भएका छन्। प्रतियोगिताको दौरान उनको दाहिने घुँडाको लिगामेन्ट चुटिएको पुष्टि भएको छ। घटनापछि उनलाई तत्काल इन्छनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। गत बिहीबार (२७ तारिख) उनको सफल शल्यक्रिया (अप्रेसन) सम्पन्न भए पनि हालसम्म अस्पतालमै उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनलाई कम्तीमा ६ महिनासम्म पूर्ण आराम (बेड रेस्ट) आवश्यक पर्नेछ भने नियमित रूपमा चेकजाँचका लागि अस्पताल आउनुपर्ने अवस्था रहेको छ। अस्पताल खर्चको केही भाग बिमाबाट कभर भए पनि हालसम्म करिब ५०–६० लाख वन खर्च भइसकेको र आगामी दिनमा थप आर्थिक भार पर्ने देखिएको छ। यस्तो कठिन परिस्थितिमा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलाडी तथा फुटबल क्...