Advertisement
Advertisement

Day: ३० मंसिर २०८२, सोमबार १५:१३

ख्यङसाङनाम्दो तथा किम्हे बुसान बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, बुसानको  सासाङमा जनवरि ४ मा घुम्ती शिविर हुँदै

ख्यङसाङनाम्दो तथा किम्हे बुसान बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, बुसानको सासाङमा जनवरि ४ मा घुम्ती शिविर हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिणि भेग अर्थात ख्यङसाङनाम्दो, किम्हे बुसान बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै जनवरि ४ मा घुम्ती शिविर हुँदै दक्षिण कोरियाको ख्यङसाङ किम्हेबुसान आसपास काम र बसाइका कारण सियोलस्थित नेपाली दूतावास पुग्न नसक्ने नेपालीका लागि खुसीको खबर छ। आगामी २०२६ जनवरि ४ तारिक आइतबार सासाङमा राहदानी नवीकरण घुम्ती शिविर सञ्चालन हुने भएको छ। नेपाली राजदूतावास सियोलको आयोजना तथा स्याङजा समाज दक्षिण कोरिया किम्हे बुसान शाखाको पहलमा सासाङमा राहदानी नवीकरण घुम्ती सेवा संगै श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम पनि हुने भएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरूको समस्यालाई ध्यानमा राख्दै यसपटक भने ख्यङसाङ बुसान–किम्हे आसपासमा बस्ने नेपालीलाई नेपाली राजदूतावासले आफ्नै क्षेत्रमा सहज सेवा उपलब्ध गराउने भएको हो। नवीकरण शुल्क २ लाख १० हजार वोन, हराएको वा च्यातिएको अवस्थामा ४ लाख २० ...
नुवाकोट समाज दक्षिण कोरियाद्वारा समाजसेवी माया लामा शेर्पा सम्मानित

नुवाकोट समाज दक्षिण कोरियाद्वारा समाजसेवी माया लामा शेर्पा सम्मानित

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा क्रियाशील नुवाकोट समाज दक्षिण कोरियाले समाजसेवी तथा काउन्सेलर माया लामा शेर्पालाई कदर पत्रसहित सम्मान गरेको छ। कोरियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो अमूल्य समय, श्रम र सीप प्रयोग गरी निरन्तर सहयोग, परामर्श, मार्गदर्शन तथा प्रेरणा प्रदान गर्दै आउनु भएको योगदानको उच्च कदर गर्दै समाजले उहाँलाई सम्मान गरेको हो। सम्मान कार्यक्रममा बोल्दै नुवाकोट समाज दक्षिण कोरियाका प्रतिनिधिहरूले माया लामा शेर्पाले कोरियाको विभिन्न सरकारी कार्यालयहरूमा आफ्नो नियमित कामकाजसँगै आपत–विपतमा परेका नेपालीहरूलाई निःस्वार्थ भावनाका साथ सहयोग पुर्‍याउँदै मानवीयता, परोपकार र समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आउनु भएको उल्लेख गरे। समाजले उहाँको सेवाभाव, सहकार्य र नेतृत्वले कोरियामा रहेका नेपाली समुदायलाई ठूलो हौसला र भरोसा प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता सकारा...
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरिया द्वारा ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना हुँदै

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरिया द्वारा ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहँदै आएका नेपालीहरुबीच आपसी सद्भाव, मनोरञ्जन र खेलकुदको प्रवर्धन गर्ने उद्देश्यसहित म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी २०२५ डिसेम्बर २८, आइतबार, ह्वासङ नाम्याङ स्थित (जोगी रेष्टुरेण्ट) मा बिहान ९ बजे सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले डिसेम्बर २७, राति ९ बजेभित्र दर्ता गर्नु पर्नेछ । यस्तै, टाइ–सिट प्रक्रिया सोही दिन राति १० बजे प्रकाशित गरिने आयोजकले जनाएको छ ।  आकर्षक पुरस्कार राशी यस प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने खेलाडीका लागि आकर्षक पुरस्कार घोषणा गरिएको छ—  • प्रथम पुरस्कार: २०,००,००० वोन  • द्वितीय पुरस्कार: १०,००,००० वोन  • तृतिय पुरस्कार: ३००,००० / ३००,000 वोन प्रतियोगितामा सहभागिता जनाउन १००,००० वोन दर्ता शुल्क बुझाउनु ...