प्रवासी नेपालीहरूले आफ्ना संस्कृति र चाडपर्व परदेशमा पनि जोगाउँदै आएको प्रमाणस्वरूप ह्वासङ नेपाली परिवार, दक्षिण कोरिया ले यो वर्ष पनि अक्टोबर २६ मा ह्वासङमा भव्य देउसी भैलो कार्यक्रम–२०२५ आयोजना गर्ने छ।
화성시외국인복지센터 (Hwaseong Immigrants Community Service Center) को सहयोगमा आयोजना हुने यो कार्यक्रम अक्टोबर 26 (आइतबार) का दिन बिहान ११:०० बजे देखि सुरु हुने बताइएको छ। कार्यक्रमको स्थल ह्वासङ विदेशी कल्याणकारी केन्द्रको दोस्रो तल्लामा तय गरिएको छ।
‘प्रवासी भूमिमा एकता नै सहारा हो’ भन्ने मूल नाराका साथ स्थापित सस्थाको आयोजनामा हुने यस देउसी–भैलो कार्यक्रमको उद्देश्य कोरियामा बसोबास गर्ने नेपालीबीच आपसी एकता, भाइचारा र संस्कृतिको संरक्षण गर्नु रहेको आयोजकहरूले बताएका छन्। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, देउसी–भैलो गीत, नृत्य, रमाइला खेलकुद तथा स्वादिष्ट नेपाली परिकार...
२८ आश्विन २०८२, मंगलवार ०७:३४२८ आश्विन २०८२, मंगलवार ०७:३४२८ आश्विन २०८२, मंगलवार ०७:३४ by विशाल श्रेष्ठNo Comments
नेकपा (माओवादी केन्द्र) निकट युवाहरूले दक्षिण कोरियामा पनि नयाँ संगठन ‘जेनजी रेड फोर्स’ गठन गरेका छन्।
१४ देखि २९ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरी गठन गरिएको यो संगठनले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय सहभागी गराउने उद्देश्य लिएको छ।
कोरियामा गठन गरिएको फोर्सको संयोजकमा मोहन धमलालाई जिम्मेवारी दिइएको छ भने नेपालतर्फको केन्द्रीय समन्वयकमा स्मृति तिमिल्सिना रहेका छन्। नेपालमा सुरु भएको यो अभियान अहिले देशका विभिन्न जिल्लासँगै विदेशस्थित माओवादी निकट युवाबीच पनि तीव्र रूपमा विस्तार भइरहेको छ।
अहिलेको संक्रमणकालीन अवस्थामा देश साम्राज्यवादी र प्रतिक्रियावादीहरूको रणभूमि बन्ने खतरा रहेको र सरकार विभिन्न एनजिओ/आइएनजिओहरूले चलाइरहेका अनी जसले राष्ट्रिय स्वाधीनता कमजोर बनाएको भन्दै यस परिस्थितिमा युवाहरूले नेतृत्व लिँदै पार्टीलाई रूपान्तरण गरी चार/पाँच वर्षभित्र देशकै नम्बर ए...
२८ आश्विन २०८२, मंगलवार ०१:००२८ आश्विन २०८२, मंगलवार ०१:००२८ आश्विन २०८२, मंगलवार ०१:०० by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज उत्साह र जोश उच्च रहनेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन अनुभव हुनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध मधुर रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसरलाई प्रयोग गरेर फाइदा लिन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो...