Advertisement
Advertisement

Day: १२ आश्विन २०८२, आईतवार १२:५४

खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न, टियस राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न, टियस राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपालीहरूको हकहित, एकता र सामाजिक सेवामा सक्रिय खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन आज (सेप्टेम्बर २८, आइतबार) सिओलमा सम्पन्न भएको छ। सिओलस्थित 종로구 창신길 ५१, ५औं तल्ला (MG 새마을금고 हल) मा भएको अधिवेशनमा कोरियामा सक्रिय विभिन्न संघ–संस्था, राजनैतिक दलका प्रतिनिधि, व्यवसायी, पत्रकार, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो। अधिवेशनले सर्वसम्मत रूपमा श्री टियस राई को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ : • अध्यक्ष – टियस राई • बरिष्ठ उपाध्यक्ष – हरि कुमार खड्का • उपाध्यक्षहरू – फुर्तेम्बा शेर्पा, दोर्जे शेर्पा, काशी निरौला • महासचिव – कला राई • सचिव – सुरज लिम्बु • कोषाध्यक्ष – अनिला राई सदस्यहरू : मुना मगर, आभाष राई, रत्न क्षेत्री, मनराज राई, निशा राई, शान्तिराम राई, रोशन राई। सन् १९९६ ...
दक्षिण कोरियामा ढोरपाटन समाजको स्थापना तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा ढोरपाटन समाजको स्थापना तथा भेटघाट कार्यक्रम हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
“समृद्ध परिवेश, पर्यटन गन्तव्य गतिशीलता र भातृत्व, समानता, पारस्परिक सद्भाव र सक्षम प्रवासी नेतृत्व” भन्ने नारासहित ढोरपाटन समाज दक्षिण कोरिया को स्थापना तथा भेटघाट कार्यक्रम आउँदो अक्टोबर ६, २०२५ मा हुने भएको छ। सुवोनस्थित भेटघाट रेस्टुरेन्टको सभा हलमा हुने उक्त कार्यक्रममा बिहान ९ बजेबाट सुरु हुने जानकारी आयोजक समितिले जनाएको छ। कार्यक्रममा प्रवासी नेपालीबीच आपसी सम्बन्ध विस्तार, एकताको भावना बलियो बनाउनका साथै ढोरपाटन क्षेत्रको पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। आयोजकहरूका अनुसार, समाजको स्थापनासँगै दक्षिण कोरियामा रहेका ढोरपाटनबासी नेपालीलाई एक साझा मञ्चमा जोड्ने काम हुनेछ। साथै, भविष्यमा आपत्कालीन सहयोग, सामाजिक एकता र नेपाली संस्कृतिको संरक्षण प्रवर्द्धन गर्ने गतिविधि सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। आयोजक समितिले कोरियामा रहेका सम्पूर्ण नेपा...
शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम

शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम

Breaking News, जानकारी, भर्खरै, समाचार
शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम दक्षिण कोरियामा कार्यरत नेपाली युवाका लागि एउटा महत्वपूर्ण अवसर आएको छ। उद्यमशील युवा मञ्च, दक्षिण कोरियाले आउँदो छुसक पर्व को अवसरमा “युवा उद्यमशीलता र सेयर बजार तालिम २०२५” आयोजना गर्ने भएको छ। कार्यक्रम Soaltee Telecom को प्रमुख प्रायोजनमा हुनेछ। यस विशेष तालिमका गेस्ट लेक्चररका रूपमा शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउने भएका छन्। नेपालमा वित्तीय साक्षरता र पूँजी बजार विषयलाई युवामाझ लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कोइराला हाल नेपालका विभिन्न विश्वविद्यालय, व्यवसायिक प्रतिष्ठान र प्रशिक्षण संस्थानमा निरन्तर सिकाइ र सल्लाह दिइरहेका छन्। उनी सेयर बजारका विश्लेषण, लगानी रणनीति र वित्तीय योजना निर्माणमा परिचित नाम मानिन्छ। तालिम हुने मिति र स्थानहरू • सिओल : ६ अक्टोबर २०...
कोरियामा पनि हर्क साम्पाङ अ रिभोलुसनको संगठन निर्माण हुँदै

कोरियामा पनि हर्क साम्पाङ अ रिभोलुसनको संगठन निर्माण हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन भइरहेको “Harka Sampang A Revolution” अभियान अब कोरियामा पनि विस्तार हुने भएको छ। यही अक्टोबर ६, २०२५ मा दक्षिण कोरियाको राजधानी सिओलमा विशेष संगठन निर्माण कार्यक्रम हुने जानकारी प्राप्त भएको छ। “चेतना र पसिना, औजार र विचारको क्रान्ति” भन्ने नारासहित अघि बढाइएको यस अभियानले प्रवासमा रहेका नेपालीहरूलाई समेत सहभागी गराउँदै आफ्नो संरचना बलियो बनाउने तयारी गरेको हो। आयोजक समितिका अनुसार कार्यक्रम दिउँसो १२ बजे, पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन गेट नं. ३ मा आयोजना हुनेछ। कार्यक्रममा सहभागी भएर ‘हर्कवाद’ लाई समर्थन गर्ने सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ। हर्क साम्पाङले सुरु गरेको अभियानले “विकासको आधार : प्रकृति, संस्कृति र प्रविधि” भन्ने मूल मन्त्रलाई अघि सारेको छ। यसै अवधारणालाई प्रवासी नेपाली समुदायमा पनि परिचित गराउने ...
आजको राशिफल २०८२ असोज १२ गते आईतबार

आजको राशिफल २०८२ असोज १२ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज केही कामहरूमा ढिलो हुन सक्छ। धैर्य राख्नुपर्छ र कुनै पनि निर्णय तत्काल लिनुअघि पूरै सोच-विचार गर्नु राम्रो हुनेछ। साथी वा परिवारसँगको सम्बन्ध सुधार्ने अवसर आउन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) व्यवहार र शब्दहरूमा सजग रहनुपर्ने दिन हो। अनावश्यक विवाद बन्न नदिनुहोस्। आर्थिक मामलामा सन्तुलन बनाउनुपर्छ — खर्च बढ्न सक्छ, तर अरूले सहयोग गर्ने सम्भावना छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन सृजनात्मकता र नयाँ सोचका लागि अनुकूल देखिन्छ। यदि कुनै प्रस्तुति, कला, लेखन वा विचारको काम छ भने त्यसमा विस्तार गर्न सकिन्छ। समय व्यवस्थापन राम्रो गर्ने हो भने धेरै काम पूरा हुनेछन्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग वा साथीभाइसँग समय बिताउन राम्रो मौका छ। मानसिक रुपमा शान्ति चाहिनेछ। स्वास्थ्यप्रति ध्...