Advertisement
Advertisement

Day: १२ असार २०८२, बिहीबार १०:२९

कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ मोबाइल एप

कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ मोबाइल एप

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई 'हामी' नामको मोबाइल एप्लिकेसन ल्याएका छन्। कोरिया जाने श्रमिकहरूको सुरक्षित आप्रवासन सुनिश्चित गर्न र स्वदेश फर्किएपछि उनीहरूको पुनःएकीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले एप ल्याइएको हो। 'हामी' को अर्थ ह्याप्पी माइग्रेसन रहेको उल्लेख गरिएको छ। नेपाली भाषामा यसको अर्थ 'हामी' पनि हुन्छ, जसले समुदायको भावना र आपसी माया–ममता झल्काउँछ। एप सुरूसँगै आप्रवासन सम्मेलन पनि आयोजना गरिएको थियो, जसमा नेपाल सरकार, कोरिया, स्विजरल्यान्ड र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रतिनिधिहरूले भाग लिएर आप्रवासनमा उत्कृष्ट अभ्यासहरू साझा गरे। यो कार्यक्रम कोइकाको सन् २०२२ मा सुरू गरिएको नेपाल फर्किएका श्रमिकहरूको पुनःएकीकरण कार्यक्रमको निरन्तरता रहको कोइकाले जनाएको छ। यो एपबाट रोजगार अनुम...
कोरियाले मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान छः श्रममन्त्री भण्डारी

कोरियाले मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान छः श्रममन्त्री भण्डारी

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाले विकासमा मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान गरेको बताएका छन् । ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालीहरू विभिन्न देशमा गएर काम गरिरहेको र ती देशहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका हुन् । ‘छोटो समयमा नै कोरियाले फड्को मारेको छ, त्यसमा नेपाली कामदारहरूको समेत योगदान छ,’ उनले भने, ‘ती देशहरूले नेपालीको योगदानलाई कदर गर्नुपर्छ ।’ गन्तव्य मुलुकहरूले नेपाली कामदारलाई उपयुक्त सेवासुविधा दिनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । ‘हाम्रा श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेका छन् । तर त्यो कामले गर्दा उनीहरुको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यो विकासको साझेदार हामी पनि र्हौं । त्यस कारण हाम्रा श्रमिकहरु सम्मानका पात्र हुनुपर्छ ।...
आजको राशिफल: २०८२ असार १२ गते बिहीबार

आजको राशिफल: २०८२ असार १२ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको आत्मबल र जोश उच्च छ। सुनिएको कुरा तुरुन्त बुझ्ने क्षमता देखिन्छ, जसले तपाईंलाई काममा छिटो सफलता दिन सक्छ। नयाँ अवसरहरू आउन सक्ने छन् — त्यसलाई सम्हाल्न आत्मविश्वास साथ अघि बढ्नुस्। सानातिना कुरामा समय खर्च नगर्नुहोस। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक र आर्थिक पक्ष आजको केन्द्रबिन्दु बन्न सक्छ। खर्च र आम्दानीमा सन्तुलन मिलाउनुहोस्। कोही नजिकको व्यक्तिसँग खुलस्त कुरा गर्नु परेमा नरोकिनुहोस् — यथार्थको थोरै स्पर्शले सम्बन्धलाई अझ बलियो बनाउनेछ। शान्त चित्तले निर्णय लिनु उत्तम हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज तपाईंको बोली र व्यवहार प्रभावशाली हुनेछ। तपाईंले बोलेका कुरा अरूले गम्भीरताका साथ लिनेछन्। व्यवसाय, पढाइ, वा कुनै प्रस्तुति रहने कार्यक्रम छ भने तपाईं नै सबैको ध्यानको केन्द्र बन्न सक्नुहुन्छ। ...