बोम्जन गुरुङ : कोरिया स्थित गौरवमय जातीय संस्था तमू धींले यही जून महिनाको ७ र ८ तारिक आयोजना गर्ने दुई दिने स्योँ कैं तथा बृहत् बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । संस्थाले [경기도 가평군 청평면 대성리 570-2] मा सो कार्यक्रमको आयोजना गर्ने तय भएको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध तमू दाजुभाई तथा दिदीबहिनीहरु साथै नेपाली समुदाय विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् ।
संस्थालाई थप चलायमान गराउनुका साथै मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास महासचिव वाईबी गुरुङले व्यक्त गरे ।
विविध आकर्षणहरु सहित तमू धीं दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त स्योँ कैं तथा बृहत् ...
२२ जेष्ठ २०८२, बुधबार ०२:०८२२ जेष्ठ २०८२, बुधबार ०२:०८२२ जेष्ठ २०८२, बुधबार ०२:०८ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिनमा परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा जोखिम छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ। घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र समेत झगडा हुने देखिन्छ। यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवा...
२२ जेष्ठ २०८२, बुधबार ०१:२२२२ जेष्ठ २०८२, बुधबार ०१:२२२२ जेष्ठ २०८२, बुधबार ०१:२२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा हिजो सम्पन्न राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इ जे म्यङ विजयी भएका छन् । उनले कुल खसेको मतको ४९.४२% मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्दी पिपुल्स पावर पार्टीका किम मुन्सुले ४१.१६ % मत प्राप्त गरेका थिए ।
हिजो बिहान ६ बजेदेखी साँझ ८ बजेसम्म भएको मतदानमा ७९.४ प्रतिशत मत खसेको थियो । यसअघि २०२२ मा सम्पन्न निर्वाचनमा ७७.१ प्रतिशत मत खसेको थियो ।
जम्मा ४ करोड ४३ लाख ९१ हजार ८ सय ७१ मतदाता मध्य, ३ करोड ५२ लाख, ४० हजार ४ सय १६ मत खसेको थियो ।
विजयी राष्ट्रपति इजेम्यङले तत्कालै कार्यभार सम्हाल्ने छन् । सामान्य अवस्थामा भने २ महिनाको संक्रमण अवधी राखी निर्वाचित भएको २ महिनापछी मात्रै कार्यभार सम्हाल्ने प्रावधान थियो ।
निर्वाचनबाट इजेम्यङ राष्ट्रपति चुनिएपछी कोरियाभर भने उत्साह छाएको छ । यहाँका जनताहरुले लामो समयदेखीको कोरियाली राजनितिक तथ...