नेपाल स्थित कोरियाली दुताबासले आउँदो जुन ९ तारिक देखि भिषा आवेदन दिएकाहरुले भिषा/ राहदानी लिने समय परिवर्तन गरेको छ।
यस अगाडी भिषा/ राहदानी लिने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थात १४:०० – १६:०० बजेसम्म रहेकोमा
जुन ९ तारिखदेखि परिवर्तन भएर भिषा /राहदानी लिने समय दिउँसो २ बजेदेखि २:३० अर्थात १४:०० – १४:३० बजे परिवर्तन भएको छ।
※ यदि भिषा /राहदानी लिन आउने व्यक्तिहरू परिवर्तन भएको समयमा उपस्थित नभएर ढिलो आए भने, उनीहरूले अर्को दिनमा कार्यालय समयमा आउनुपर्नेछ भनेर सुचना जारी गरेको छ।
दुतावासले जारी गरेको सुचना यस्तो छ।...
२१ जेष्ठ २०८२, मंगलवार ०१:४४२१ जेष्ठ २०८२, मंगलवार ०१:४४२१ जेष्ठ २०८२, मंगलवार ०१:४४ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज दिन स्पष्टता र संयमको आवश्यक छ । अत्याधिक आत्मविश्वासले कहिलेकाहीं झमेला निम्त्याउन सक्छ । संवादलाई सहज र प्रभावकारी बनाउने प्रयास गर्नुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सहज र स्थिर व्यवहारले राम्रो प्रभाव पार्नेछ । अनावश्यक अपेक्षा घटाएर व्यवहारमै ध्यान दिनु लाभदायक हुन्छ । सम्बन्धलाई सम्हाल्न सहयोगी दिन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ अवसरहरू खुल्ने सम्भावना छ । खुला मनले सोच्नु र बोल्नु आज शुभ छ । सम्बन्धमा सहकार्यलाई प्राथमिकता दिनुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अलिकति संवेदनशीलता बढ्न सक्छ । धैर्य र समझदारी आवश्यक हुनेछ । दोस्रोको भावनालाई सम्मान दिनु उपयुक्त हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वासका साथ तर विनम्र व्यवहार महत्त्वपूर्ण हुनेछ । कटु...
२१ जेष्ठ २०८२, मंगलवार ०१:०५२१ जेष्ठ २०८२, मंगलवार ०१:०५२१ जेष्ठ २०८२, मंगलवार ०१:०५ by विशाल श्रेष्ठNo Comments
ओमलाल ओली:दक्षिण कोरियामा आज राष्ट्रपतीय चुनाव शान्तिपूर्ण रूपमा सुरु भएको छ। बिहान ६:०० बजेदेखि नै देशभरका मतदान केन्द्रहरूमा मतदान प्रक्रिया अघि बढाइएको छ। यो चुनाव पूर्व राष्ट्रपति युन सुक-योलको पदच्युतिपछि नयाँ राष्ट्रपतिको चयनका लागि आयोजना गरिएको हो।
निर्वाचन आयोगका अनुसार आजको मतदान साँझ ८:०० बजेसम्म जारी रहनेछ। देशभरका हजारौं मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ, र मतदाता परिचयपत्र (जस्तै 주민등록증, 운전면허증, वा पासपोर्ट) सहित आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित हुनुपर्नेछ।
निर्वाचन आयोगले अनुमान गरेको छ कि आज राति वा भोलि बिहानसम्म प्रारम्भिक नतिजा सार्वजनिक गरिनेछ। यद्यपि, यदि उम्मेदवारहरूबीचको प्रतिस्पर्धा निकै कडा देखिएमा अन्तिम नतिजा आउन केही समय लाग्न सक्ने बताइएको छ।
देशका प्रमुख उम्मेदवारहरूले अन्तिम दिनसम्म जनमत प्रभावित पार्न प्रयास गरेकाले आम जनमानसमा उत्साह ब...