बोम्जन गुरुङ:छङ्ऊप नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा यही मे १८ तारिक "दोश्रो छङ्ऊप कप भलिबल २०२५" आयोजना हुने भएको छ । “परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराका साथ दिन छङ्ऊप स्थित 전북특별자치도 정읍시 को खेलमैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा सहभागी हुनका लागि मे ११ तारिकसम्म TAMANGSHYAM को NH BANK (농협은행) मा रहेको खाता नम्बर 302-08691-26-601 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २२ लाख र १२ लाख कोरियन वोन र सेमिफाइलिष्ट एक टिमलाई ४ लाख कोरियन वन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकरले...
२२ बैशाख २०८२, सोमबार ०३:४४२२ बैशाख २०८२, सोमबार ०३:४४२२ बैशाख २०८२, सोमबार ०३:४४ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित क्षेत्रीय संस्था नेपाल गोरखा परिवारले आउँदो जून ०८ तारिक "प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५" आयोजना गर्ने भएको छ । उक्त संस्थाले "स्वास्थ्य, मनोरञ्जन र एकताको लागी खेलकूद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा हुने परिवारका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई ४/४ लाख कोरियन वोन सहित प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेण्डरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयो...
२२ बैशाख २०८२, सोमबार ०१:४२२२ बैशाख २०८२, सोमबार ०१:४२२२ बैशाख २०८२, सोमबार ०१:४२ by विशाल श्रेष्ठNo Comments
नेपाली राजदुतावास सउल द.कोरिया र मिर्याङ नेपालि समाजको सहकार्यमा आईतवारका दिन मिर्याङ्मा राहदानी नवीकरण तथा श्रमिक अन्तर्रक्रिया कार्यक्रम (e-Passport renewal & labour interaction program) नेपाली राजदुतावास घुम्ती सेवा सम्पन्न भएको छ ।
घुम्ती सेवा शिविरमा ११०जना महानुभावहरुले राहदानी नवीकरण सहित श्रमिक अभिमुखिकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तर्रक्रिया लिएका थिए। कार्यक्रमको नियम पालना गर्दै शान्तिपूर्ण रुपमा उपस्थित भइ सहयोग गरिदिनुहुने सम्पुर्णमा हृदयदेखि नै हार्दिक धन्यवाद दिदै मिर्याङ नेपाली समाजका अध्यक्ष साजन थापाले आभार समेत प्रकट गरेको छ।
कार्यक्रममा केही कमी कमजोरी हरु भएको महसुस गर्दै त्यस प्रती म क्षमा माग्दै आगामी दिनहरूमा सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरी कार्यक्रमलाई सफल बनाऊनको निमित्त सल्लाह ,सुझाव दिनुहुने र सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्...
२२ बैशाख २०८२, सोमबार ०१:३०२२ बैशाख २०८२, सोमबार ०१:३०२२ बैशाख २०८२, सोमबार ०१:३० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्तहरु रुष्ठ हुनेछन , मनमा अशान्ती बढ्नेछ । सुखमा कमि आउनेछ, दिनको पुर्वार्धमा लक्ष्मीनारायणको दर्शन गरेर हरेक कार्यको आरम्भ गर्नुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भाइबन्धुमा प्रेम बढ्नेछ मनोकाङक्ष्या पुर्ण हुनेछ । पैतृक लाभ पनि मिल्नेछ । आजको दिन बङ्गलामुखिको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल मिल्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
धनलाभ हुने समय रहेको छ शेयर मार्केटमा राम्रो फल प्राप्त होला । वाणिको प्रभाव बढ्नेछ दिनको पुर्वार्धमा राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्दा उत्तम रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शारीरिक बल बढेर जानेछ मुहारमा कान्ति छाउनेछ । जोस जागरले गर्दा अत्यादिक कार्य गर्नमा मन लाग्नेछ । दिनको पुर्वार्धमा भगवान गणपती महाराजको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।
सिहं (मा,मी,मू,म...