पूर्वी नेपाल समाज दक्षिण कोरियाको चौथो अधिवेशन तथा राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाज दक्षिण कोरियाको फेब्रुअरी २३ तारिख आइतबार दोङ्देमुनमा हुने चौथो अधिवेशन तथा महामहिम राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मुल नारा लिएर स्थापित पूर्वी नेपाल समाज दक्षिण कोरियाले यही आउँदो आइतबार अर्थात् फेब्रुअरी २३ तारिखका दिन दोङ्देमुन स्थित आफ्नै समाजको सभाहलमा आयोजना गर्ने चौथो अधिवेशन तथा दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेको स्वागत तथा सम्मान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महासचिव केदार निरौलाले जानकारी दिएका छन्।
समाजका तत्कालीन अध्यक्ष गजेन्द्र शेर्मा विशेष कारणवश तत्काल कोरिया आउने परिस्थिति नभएपछि अधिवेशनका लागि बाटो खुला रहेको जनाउँदै आउँदो आइतबार चौथो अधिवेशन गर्न लागेको कार्यवाहक...

