विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिखका दिन सउलमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने भएको छ।
दीर्घकालीन शैक्षिक कल्याणकारीको सहयोगार्थ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिख मङ्गलबारका दिन सउलको HW convention hall 컨벤션센터 서울특별시 종로구 지하문로 255(부암동 165-3) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो। नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको साथमा तामाङ डम्फुको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम दिउँसो ३:३० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम स्थलसम्म जानको लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
“तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको प्रवर्धन गरौँ।आफ्नो पहिचान र अ...
२ पुष २०८१, मंगलवार १२:१७२ पुष २०८१, मंगलवार १२:१७२ पुष २०८१, मंगलवार १२:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा छुसकमा भएको “रारा सांगीतिक सौगात भाग १”को आर्थिक प्रतिवेदन यहि डिसेम्बर २२ तारिख सउलमा हुने भएको छ।
कोरियाली महान चाड छुसक को अवसरमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न बृहत सांस्कृतिक कार्यक्रमकोे आर्थिक प्रतिवेदन दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा डिसेम्बर २२ तारिख आइतबारका दिन बिहान ११ बजे सार्वजनिक गर्ने भएको हो। कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ “रारा सांगीतिक सौगात भाग-१” सेप्टेम्बर १६ तारिख 서울시 종로구 대학으로 3길 29(연지동 135) स्थित 100주년기념관 मा सम्पन्न गरिएको थियो। कार्यक्रममा नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल, गायिका मेलिना राई, मोडल तथा डान्सर आश्मा विश्वक...
२ पुष २०८१, मंगलवार ११:४७२ पुष २०८१, मंगलवार ११:४७२ पुष २०८१, मंगलवार ११:४७ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा वैदेशिक कामदारहरूको संख्या पहिलो पटक १० लाख नाघेको छ। यो तथ्यांकले कोरियाको मुख्य उद्योगहरू, जस्तै उत्पादन, कृषि, र निर्माण क्षेत्रमा कामदारहरूको अभाव पूर्ति गर्न विदेशी कामदारहरूको आवश्यकता तीव्र रूपमा बढिरहेको देखाउँछ।
जनसंख्या वृद्धिदर घट्दै गएका र बुढ्यौली जनसंख्या बढ्दै गएकाले दक्षिण कोरिया वैदेशिक श्रमिकमाथि निर्भर बन्दै गएको छ। यससँगै, आप्रवासीहरूको हक अधिकार, सामाजिक एकीकरण, र श्रम व्यवस्थापन सुधार गर्न प्रभावकारी नीतिहरूको आवश्यकता झन् महत्त्वपूर्ण बनेको छ।
यस परिवर्तनले कोरियाली समाज र व्यवसायहरूलाई थप विविधतासँग तालमेल गर्न र नयाँ चुनौतीहरू सामना गर्न तयार हुनुपर्ने स्पष्ट संकेत गरेकोको कोरियाली सन्चार माध्यामहरूले बताएका छन् ।...
२ पुष २०८१, मंगलवार ०२:४५२ पुष २०८१, मंगलवार ०२:४५२ पुष २०८१, मंगलवार ०२:४५ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ/कोरिया :गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दोश्रो स्थापना दिवस यही डिसेम्बर २२ तारिक स्थित निक नेपाल ट्राभल्सको सभाहलमा मनाउने भएको छ । सोही अवसरमा कास्की परिवारले कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजना गर्न लागेको "माछापुच्छ्रे सांगीतिक सौगात भाग ४" को बारेमा विविध जानकारी दिने अभिप्रायले पत्रकार सम्मेलन सहित दिउँसो १२ बजेदेखि शुरु हुने गरी समाजले उक्त दिवस मनाउने तयारी गरेको हो ।
"प्रवासी भूमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामूहिक सहभागिता" भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापना भएको गण्डकी प्रदेश भित्रका ११ जिल्लालाई अभिभावकत्व प्रदान गर्दै ती जिल्लाहरूले आयोजना गर्ने सबैखाले कार्यक्रमलाई सहजीकरण गर्दै आइरहेको र आउँदो सलनालमा आयोजना हुने "माछापुच्छ्रे सांगीतिक सौगात भाग ४" लाई ब्यापक सहभागिता जुटाउँदै कार्यक्रम भव्यताका साथ सफल बनाउन कुनै कसर बाँकी नराख्ने ग...
२ पुष २०८१, मंगलवार ०२:१८२ पुष २०८१, मंगलवार ०२:१८२ पुष २०८१, मंगलवार ०२:१८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ पानि,दुध र खाद्यान्न जस्ता व्यावसाय फस्टाएर जानेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन क...