Advertisement
Advertisement

Day: २८ श्रावण २०८१, सोमबार १३:०३

मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: छुसकको अवसर पारी लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजना हुन लागेको मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम अगस्ट १८ तारिख दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा हुने भएको छ।  आपतकालीन रातकोष स्थापनार्थ लमजुङ परिवार दक्षिण कोरियाले कोरियन महान पर्व छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिख  “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” आयोजना गर्ने कार्यक्रम बारे विस्तृत रूपमा जानकारी दिन यहि अगस्ट १८ तारिख दोङ्देमुन स्थित (लाइन नम्बर १ 동대문 Exit Gate 3)दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको हो। गण्डकी प्रदेश समाज र लमजुङ एफसीको सहयोगमा लमजुङ समाजले आयोजना गर्ने “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” को आधिकारिक जानकारी सहित कलाकार समेत रहेक...
तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै 

तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली सम्पर्क समिति(NCC) दक्षिण कोरियाले अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा नेपाली नारीको महान चाड हरितालिका तीजको पावन अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम र आउँदै गरेको छुसकमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमको जानकारी सम्बन्धी पत्रकार सम्मेलन गर्ने भएको छ।  पछिल्लो समय कोरियामा पनि चेलीबेटीहरूको उल्लेख्य मात्रामा सङ्ख्या बढेसँगै नेपाली सम्पर्क समिति दक्षिण कोरियाले महिला दिदीबहिनीहरूलाई लक्षित गरेर प्रदेशमा पनि घरदेशको तिर्सना मेटाई कला संस्कृति जोगाउन तीज विशेष कार्यक्रम आयोजना गरेको अध्यक्ष हरि खनालले विशाल आवाजलाई जानकारी दिनुभयो। कार्यक्रम अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा‌ बिहान ११ बजे देखि सञ्चालन हुनेछ। हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा आकर्षणमा तीज नृत्य को ...
सेप्टेम्बर १६ मा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” 

सेप्टेम्बर १६ मा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिखका दिन दोङ्देमुन स्थित दर्शन नमस्ते‌ स्नुकर हलमा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” आयोजना हुने भएको छ।   नेपाल स्नुकर एसोसिएसन दक्षिण कोरिया , दर्शन नमस्ते इन्डियन एन नेपाली फुड रेस्टुरेन्टको आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ७ लाख ५० हजार कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने हाइ स्कोर गर्ने खेलाडीलाई MASTER Q-STICK प्रदान गरिनेछ। स्नुकर प्रतियोगिताको पहिलो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको स्नुकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने अध्यक्ष विपिन कुमार गुरुङले विशाल आवाजलाई बताउनुभयो । सहभागी शुल्क १ लाख कोरियन वन तोकिएको प्रतियोगिता १६ तारिखका दिन बिहान ११ बजेदेखि शुरु हुने आ...
आजको राशिफल : २०८१ साउन २८ गते (सोमवार)

आजको राशिफल : २०८१ साउन २८ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले पनि फाइदा दिलाउनेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अ...