बिशाल आवाज : ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी ,नेपाल महिला फुटबल परिवार सेतो लाई २-० ले पराजित गर्दै दक्षिण कोरियाको दक्षिणी भाग किम्हेमा आयोजित “प्रथम गिम्हे युनाइटेड महिला फुटसल कप” चुम्न सफल भएको छ।
“विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” किम्हेमा गिम्हे युनाइटेड एफ.सिले आयोजना गरेको “प्रथम गिम्हे युनाइटेड फुटसल कप” मा यसपाली ३ महिला टिम पनि सहभागि रहेको थियो । ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी सहित नेपाल महिला फुटबल परिवार सेतो र नेपाल महिला फुटबल परिवार निलो गरी ३ टिम सहभागि प्रतियोगितामा सेतो ले बाइ पाएर सिधै फाइनलमा प्रवेश गरेको थियो । यसैगरी किम्हे युनाईटेड महिला एफ सी र नेपाल महिला फुटबल परिवार निलो बिच भएको सेमिफाइनलमा किम्हे युनाईटेड महिला एफ सी का जर्सी नम्बर १४ को खेलाडी डो...
३२ असार २०८१, सोमबार ०९:४७३२ असार २०८१, सोमबार ०९:४७३२ असार २०८१, सोमबार ०९:४७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाको आयोजनामा यही आउँदो जुलाई 21 तारिखको दिन चर्चित नेपाली कथानक चलचित्र “गाउँ आएको बाटो” किम्हे प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको सउल र मुगुकमा सफलताका साथ प्रदर्शन भइसकेको बहुप्रतिक्षित चलचित्र गाउँ आएको बाटो किम्हे स्थित 가야대학교 김해 मा प्रदर्शन हुने भएको हो। “अनाथ बाल आश्रम सहयोगार्थ” जुलाई २१ तारिख आइतबारको दिन १२: ०० बजेदेखि प्रदर्शन हुन लागेको चलचित्रका निर्देशक नवीन सुब्बा हुन्।
दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथामा बनेको फिल्मलाई पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको हो।फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । यो फिल्म...
३२ असार २०८१, सोमबार ०८:३९३२ असार २०८१, सोमबार ०८:३९३२ असार २०८१, सोमबार ०८:३९ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथलगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । यस पटक मन्त्रिपरिषद्मा केही नयाँ अनुहार पनि समेटिएका छन् ।
यस पटक पर्साले ३ जना मन्त्री पाएको छ । पर्साबाट जसपा नेपालका सांसद प्रदीप यादव, कांग्रेस सांसद अजयकुमार चौरसिया र एमाले सांसद राजकुमार गुप्ता मन्त्री बनेका छन् । यादव यसअघि पुष्पकमल दाहाल सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।
चौरसिया २०५८ सालमा स्थाानीय विकास सहायकमन्त्री बनेका थिए । गुप्ता भने पहिलो पटक मन्त्री बनेका हुन् । यादवले यस पटक खानेपानीमन्त्रीको जिम्मा पाएका छन् ।
त्यस्तै चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यादव पर्सा-१, चौरसिया पर्सा-२ र गुप्ता पर्सा-३ ...
३२ असार २०८१, सोमबार ०७:४२३२ असार २०८१, सोमबार ०७:४२३२ असार २०८१, सोमबार ०७:४२ by विशाल श्रेष्ठNo Comments
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै अधिवक्ता खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।
संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको उनले बताए । उक्त रिटको पेशी आगमी साउन ६ गते तोकिएको छ ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् ।
मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।
यस्तो छ ओली क्याबिनेट
प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री
रमेश लेखक: गृहमन्त्री
शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. आरजु देउवा : परराष्ट्रमन्त्री
प्रदीप यादव: खानेपानीमन्त्री
बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री
दामोदर भण्डारीः उद्योग मन्त्री
नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री
देवेन्द्र दाहालः भौतिक पूर्वाधा...
३२ असार २०८१, सोमबार ०६:२४३२ असार २०८१, सोमबार ०६:२४३२ असार २०८१, सोमबार ०६:२४ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पहिलो पटक मन्त्री बनेकी छन् ।
उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् ।
उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ ।
आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् ।
३२ असार २०८१, सोमबार ०५:३३३२ असार २०८१, सोमबार ०५:३३३२ असार २०८१, सोमबार ०५:३३ by विशाल श्रेष्ठNo Comments
नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम टुंग्याएको हो । पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने छन् ।...
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ। पुरानो रोगबाट मुक्ति...