क्यान्सर फाइटर कविको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ विमोचन
काठमाण्डौं ।‘क्यान्सरसँगको लडाइँ म शब्दले, कलम हतियार बनाई लडिरहेछु, एक्लै असम्भव छ यो युद्ध रणभूमिमा म सहयोगी मित्र खोजिरहेछु’ क्यान्सरसँग लड्दै अस्पतालको बेडमै लेखिएको यस्तै हरफहरूले भरिएको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । जेठ १९ गते शनिवार काठमाण्डौंको शान ब्याङ्केटमा सो पुस्तक विमोचना गरिएको हो ।
र्कायक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री अरुण नेपालले क्यान्सर तथा यस्तै ठूला रोग लागेका नागरिकहरुका लागी सरकारलेनै विशेष योजना ल्याउनु पर्ने बताए। बिशेष अतिथिका रुपमा बोल्दै सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सीनाले भने, ‘कवि नवराजलाइ स्थानिय निकायले गर्न सक्ने सहयोग र सहजकिरणका लागी हामी सधैं साथमा रहने छौं ।’ यसै गरी लेखक तथा पत्रकार दामोदर न्यौपानेले साहित्य मार्फत सामाजिक योगदान गरेका कव...



