Advertisement
Advertisement

क्यान्सर फाइटर कविको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ विमोचन

Advertisement
Advertisement

काठमाण्डौं ।‘क्यान्सरसँगको लडाइँ म शब्दले, कलम हतियार बनाई लडिरहेछु, एक्लै असम्भव छ यो युद्ध रणभूमिमा म सहयोगी मित्र खोजिरहेछु’ क्यान्सरसँग लड्दै अस्पतालको बेडमै लेखिएको यस्तै हरफहरूले भरिएको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । जेठ १९ गते शनिवार काठमाण्डौंको शान ब्याङ्केटमा सो पुस्तक विमोचना गरिएको  हो ।
र्कायक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री अरुण नेपालले क्यान्सर तथा यस्तै ठूला रोग लागेका नागरिकहरुका लागी सरकारलेनै विशेष योजना ल्याउनु पर्ने बताए। बिशेष अतिथिका रुपमा बोल्दै सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सीनाले भने, ‘कवि नवराजलाइ स्थानिय निकायले गर्न सक्ने सहयोग र सहजकिरणका लागी हामी सधैं साथमा रहने छौं ।’ यसै गरी लेखक तथा पत्रकार दामोदर न्यौपानेले साहित्य मार्फत सामाजिक योगदान गरेका कविलाइ सबैले सहयोग गर्नु पर्ने बताए । उनले यस अघि पनि धेरै क्यान्सर पिडितहरुका लागी सहजिकरण गरेको र क्यान्सर रोग लाग्दैमा सबैले माया मार्ने प्रबृतिलाइ बदल्दै उनीहरुको मनोबल बढाउन अनुरोध गरे । त्यसैगरी साहित्य लेखनमा जिवन बिताएका अग्रज साहित्यकार चन्द्र प्रसाद न्यौपानेले कवि नवराजको मनोबल उच्च भएकाले उनको जीवन रक्षाका लागी सबैले सहयोग गर्नु पर्ने बताए ।

पत्रकार तथा लेखक बिमल नेपालले सहजकिरण गरेको कार्यक्रमको शुरुवातमा पत्रकार तथा कवि नवराज न्यौपानेका काका हरि कृष्ण न्यौपानेले उनका कविता संग्रहहरु ‘सपनाका लहरहरु भाग १,२ र ३ का बारे प्रष्ट पारेका थिए । उनले कुवेतमा काम गर्दा गर्दै बोनम्यारो (रक्त) क्यान्सर भएका कविको अहिलेको स्थिति बारे जानकारी दिदै विदेशबाट फर्किएका बिरामीहरुलाइ समेत सरकार तथा समाजले बिभेद गरेको र यस्ता दृष्टिकोण परविर्तन हुनु पर्ने बताए । कार्यक्रममा क्यान्सर फाइटर कवि नवराजले आफ्ना कविता तथा गीत लेखनका अनुभव अनि जीवनमा भोगेका दुख–सुखका कुरालाइ सुनाएका थिए । उनले आफ्ना दुइ कविताहरु सुनाउदै सबैलाइ भावुक बनाएका थिए । उनले कुवेतबाट डक्टरले ८ महिना मात्र बाँच्छ भनेर पठाए पनि आफ्नो मनोबल कडा भएकाले २ वर्ष सम्म केही नभएको र आफ्नो उपचारमा सहयोग गर्ने अनुस्प्रध ब्याण्ड तथा सबै सहयोगीहरूलाइ जीवनभर नबिर्सने बताए ।  उनले सबैको साथ, सहयोग र माया रहेमा अझै बाँच्ने र आफ्नो कविता संग्रह खरिद गरी उपचरमा सहयोग गर्न अनुरोध गरे । उनले आफु अर्को कृतिको तयारीमा लागी सकेको र क्यान्सरले नै आफुलाइ कवि बनाएको  बताए ।
पुस्तक ख़रीद तथा सहयोगका लागी कवि नवराज न्यौपानेलाई ९८६०४६८२७४ गर्न सक्नु हुनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×