पाँच-स दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम जनवरी २८ मा हुने
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
कमला केसी/दक्षिण कोरिया:"पाँच-स" दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम यहि जनवरी २८ तारिख दिउसो १२ बजे आनसानमा रहेको पाच-स कै सास्कृतिक घर(साझा मन्दिर) पुस्तकालयमा हुने भएको छ ।
कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदीले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला , संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा दक्षिण कोरियामा स्थापना भएको पाँच-स को अधिवेशनको तयारी तीब्र पारिएको हो । आनसान स्थित सांस्कृतिक घरमा हुने कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले जानकारी दिनुभयो ।
परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व...


