जिन्छनको मेगा बक्समा पहिलो पटक “दिमाग खराब” नाइट सो डिसेम्बर १६ मा, सम्पुर्ण तयारी पुरा
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’कोरियामै पहिलो पटक नेपाली चलचित्र नाइट सो त्यो पनी 진천 को बस टर्मिनलमा रहेको MEGABOX मा डिसेम्बर १६ तारिख बेलुकी ८ बजे प्रदर्शन हुने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन...




