नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिवेशन अक्टोबर ०८ मा हुने
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिवेशन अक्टोबर ०८ मा हुने
बोम्जन गुरुङ/विशाल आवाज:कोरियामा रहेको आदिवासी जनजाती महासंघ बुसान शाखाको चौथो अधिवेशन आउँदो अक्टोबर ०८ तारिक हुने भएको छ । बुसान स्थित एक सभाहल (경남 김해시 호게로503동상동,6층) मा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो अधिवेशन हुने भएको हो ।
"विश्वका आदिवासीहरु एक हौं" भन्ने आदिवासी जनजातीहरुको विश्वब्यापी नारालाई अनुशरण गर्दै सन् २०१७ मा स्थापित सो शाखाले आफ्नो मातहतमा ख्याङ्साङ्नाम्दो बुसान-किम्हे क्षेत्रभित्र शाखाको रुपमा रहेका नेपाल मगर संघ, तमू धीं, नेपाल तामाङ घेदुङ, किराँत यायोक्खा र किराँत याक्थुङ् चुम्लुङ् आदि जातीय संस्थाहरुको मियो संस्थाको रुपमा जिम्मेवारी निर्वाह गर्दै आईरहेको सन्दर्भ नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाकी अध्यक्ष परी गुरुङले उल्लेख गरिन् ।
कोरियाभरी विस्तारित दु...

