छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने
बोम्जन गुरुङ ०७ अप्रिल २०२३, दक्षिण कोरिया
"सामाजिक परोपकार सँगसँगै खेलकूद पनि" भन्ने उद्घोष सहित छङ्ऊप नेपाली एकता समाजले यही आउँदो अप्रिल १६ तारिक नयाँ नेपाली वर्ष वि.सं. २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको छङ्ऊप स्थित 신태인 축구장-4 मा समाजले Jeongeup Nepalese Football Club को सह आयोजना रहने गरी भलिबल तथा फूटबल प्रतियोगिता समेत आयोजना गर्दै नयाँ वर्ष थप रोचक र उत्साहजनक रुपमा मनाउने तयारी गरेको हो ।
विशेष गरेर कोरियाको दक्षिणी भेग छल्लाफोक्दो र छल्लानाम्दो क्षेत्र रहेका नेपालीहरुलाई समेट्दै विविध खेलकूद सहित नयाँ वर्ष मनाउने तयारी भएको समाजका अध्यक्ष राम थापा मगरले बताए । नयाँ वर्षको आगामनको अवसरमा शुभकामना साटसाट गर्ने र खेलकूदमा पनि सहभागी हुन सकिने भएकोले नेपालीह...
२४ चैत्र २०७९, शुक्रबार १३:१३२४ चैत्र २०७९, शुक्रबार १३:१३२४ चैत्र २०७९, शुक्रबार १३:१३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको किम्हे सहरमा नेपाली सुपरहिट चलचित्र छक्का पन्जा ४ प्रदर्शन हुने!
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ् बुसान शाखाले यहि अप्रिल ३० मा कोरियाको बुसान किम्हे सहर स्थित गया युनिभर्सिटी हलमा नेपाली कथानक चलचित्र छक्का पन्जा ४ प्रदर्शन गर्ने भएको छ !
नेपालको तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ साथै खयङ्साङ् बुसान आसपासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मनोरञ्जनको साथ सहयोग गरौ भन्ने उदेश्यले प्रदर्शन गर्न लागेको उक्त चलचित्रले दक्षिण कोरियाको राजधानी सऊल तथा जेजुदोमा भब्य रुपमा सफल भई दर्शकहरूले अत्यधिक रुचाइएको छ।त्यसै गरि किम्हे बुसानमा पनि उक्त चलचित्र हाऊसफुल हुने बताए ।
साथै तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाले विगत ५ वर्ष देखि किम्हे स्थित नाना आङ धिम (आवास गृह) निरन्तर संचालन गर्दै खेलक...