२०२३ मा इपिएस मार्फत कोरिया पठाउने संख्याको वास्तविकता यस्तो ,सिबिटि परिक्षा जुनबाट
सौल दक्षिण कोरिया
प्रदेश नम्बर ५ का सम्पुर्ण जिल्लाहरुलाई समेट्ने गरि रुपन्देही जिल्लाको जोगिकुटी भन्ने ठाउँमा अंकुर नेपालको आयोजना र एच आर डि कोरियाको प्रायोजनमा एपिएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपालबाट कोरिया एपिएस अन्तर्गत जाने नयाँ प्रक्रिया कामदार छनोट गर्ने तौर तरिका , २०२३ मा कोरियामा कामदार पठाउन सकिने अनुमानित संख्या लगायत कोरियामा रहेर मेहनत गरि फर्केका नेपालीहरुलाई बाध्ने कार्यक्रम हरुको बारेमा छलफल चलेको थियो।
कोरियाबाट फर्किएका र कोरिया सम्बन्धी काम गर्नेको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रममा अङ्कुर नेपालका संस्थापक अध्यक्ष गम्बिर गुरुङ्गले नेपाली कामदार छनौट प्रक्रियालाई थप उदारता प्रकट गरिदिन अनुरोध गरेको र कोरियाले सहजता प्रदान गर्ने गरि काम गरिदिने आश्वाशन एच आर डि नेपालका प्रमुख पुष्प राज कटवालले मन्तब्य दिनुभएको...

