काठमाण्डौनेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला राख्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले अहिले कुनै गठबन्धन जोड्ने या तोड्ने काम नगर्ने र सम्भावनाका आधारमा अघि बढ्ने निर्णय गरेको हो ।
माओवादीको बैठकमा सरकार गठनको लागि नेकपा एमालेसहितका दलसँग पनि छलफल गर्न सकिने विषयमा छलफल भएको थियो ।
तर एमालेसँगको सहकार्यबारे भने कुनै खास निर्णय भएन । बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दवाब दिनको लागि एमालेसहितका अन्य विभिन्न दलहरुसँगको विकल्पलाई पनि खुला राख्ने रणनीति लिएको एक नेताले बताएका छन् ।
बैठक भोलि पनि बस...
१८ मंसिर २०७९, आईतवार १२:२९१८ मंसिर २०७९, आईतवार १२:२९१८ मंसिर २०७९, आईतवार १२:२९ by विशाल श्रेष्ठNo Comments
काठमाडौं ।देशका पहाडी भू–भागका एक–दुई स्थानमा हाल आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाका अनुसार नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।
राति वाग्मती प्रदेश, मधेस प्रदेशलगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।भोलि राति प्रदेश १ को पहाडी भू–भाग र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान शाखाको अनुमान छ ।
पर्सि मंगलबार दिउँसो प्रदेश १ र गण्डकी ...
१८ मंसिर २०७९, आईतवार १२:२७१८ मंसिर २०७९, आईतवार १२:२७१८ मंसिर २०७९, आईतवार १२:२७ by विशाल श्रेष्ठNo Comments
काठमाडौं ।वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आइतवार गीता जयन्ती पर्व मनाइँदैछ ।
वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो ।
५ हजार १३० वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौं अवतारका रूपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ । भगवान्ले नै अर्जुनमार्फत हामीलाई गीताको ज्ञान दिएका हुन् ।
कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ...