Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ भदौ २७ गते शुक्रबार

आजको राशिफल: २०८२ भदौ २७ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । मन भोगविलास र रमझमप्रति आकर्षित बन्नसक्छ, घरपरिवारमा सम्पर्क हुने र पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा भलाकुसारी हुने वा निकटता बढ्ने समय हो । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्...
आजको राशिफल २०८२ भदौ २६ गते बिहीबार

आजको राशिफल २०८२ भदौ २६ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) थकान र मनको द्विविधा महसुस हुन सक्छ। कामकाजमा निर्णय लिँदा सोचविचार आवश्यक हुनेछ। एकान्त वा अध्यात्मतर्फ ध्यान जानेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पुराना साथीसँग भेटघाट हुने सम्भावना छ। सामाजिक सम्बन्ध सुदृढ हुनेछ। मिलेर गरिएको काम सफल हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जिम्मेवारी बढ्न सक्छ तर तपाईं सजिलै सम्हाल्नुहुनेछ। अग्रजको सुझाव लाभदायक बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञानप्रतिको चाहना बढ्नेछ। यात्रा वा तीर्थको सम्भावना देखिन्छ। धार्मिक भावना प्रबल हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भावनात्मक गहिराइ अनुभूति हुनेछ। केही गोप्य कुरा थाहा पाउने समय हो। साझेदारीमा स्पष्टता आवश्यक छ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जीवनसाथीसँग विचारविमर्श गर्नु लाभदायक ...
आजको राशिफल: २०८२ भदौ २५ गते बुधबार

आजको राशिफल: २०८२ भदौ २५ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यस्थलमा ध्यान दिनुहोला। अरूको काममा हस्तक्षेप नगर्नु राम्रो। स्वास्थ्यतर्फ सजग हुनुपर्ने दिन हो। आत्मबलमा कमी आउन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम र सन्तानसँग सम्बन्धित विषयमा सकारात्मक संकेत देखिन्छ। रमाइलो समाचार आउन सक्छ। कला, साहित्य वा अध्ययनमा विशेष प्रगति। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सन्तुलन राख्नुपर्ने छ। मनमा द्विविधा आउन सक्छ। पुराना सम्झनाले केही भावुक बनाउन सक्छ। संयमता अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्ने योग। दाजुभाइ वा छिमेकीसँग सम्बन्ध राम्रो हुनेछ। लेखपढ वा संचार क्षेत्रमा प्रगति हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक विषयमा सतर्क रहनु राम्रो हुन्छ। मनमा केही निराशा आउन सक्छ। आत्मबल बढाउन शुभकाम, सेवा वा दान ग...
कोरियामा Gen Z आन्दोलनका घाइतेका लागि सहयोग संकलन, केही घण्टामै २ करोड वोन माथि

कोरियामा Gen Z आन्दोलनका घाइतेका लागि सहयोग संकलन, केही घण्टामै २ करोड वोन माथि

जानकारी, भर्खरै, समाचार
  नेपालमा हिजो भएको Gen Z आन्दोलन अत्यन्तै हिंसात्मक बनेपछि ठूलो जनहानि भएको छ। नेपाल सरकार प्रहरीसँगको भिडन्तमा करिब १९–२० जनाले ज्यान गुमाएका छन् भने ३ सय भन्दा बढी घाइते भई काठमाडौं उपत्यकासहितका अस्पतालहरूमा उपचाररत छन्। आन्दोलन नियन्त्रण बाहिर गएपछि सरकारले उपत्यकामा कर्फ्यु लगाएको थियो, तर आक्रोशित युवाहरू सडकमा निरन्तर विरोधमा उत्रिएका थिए। नेपालमा बढ्दो भ्रष्टाचार ,सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र सरकारले गरेको राजनीतिक कदमविरुद्ध युवाहरूले सुरु गरेको आन्दोलन छोटो समयमा नै व्यापक भएको हो। आन्दोलनकै क्रममा भएको मृत्यु र घाइतेहरूको पीडाले देशै स्तब्ध बनेको छ। यस्तै अवस्थामा विदेशमा रहेका नेपालीहरू पनि मौन बसेका छैनन्। दक्षिण कोरियामा रहेका नेपालीहरूले आकस्मिक उपचारमा कमी नहोस् भन्ने उद्देश्यले ठूलो सहयोग अभियान सुरु गरेका छन्। MRR Korea समूहको नेतृत्वमा सुरु भएको यो अ...
आजको राशिफल: २०८२ भदौ २४ गते मंगलबार

आजको राशिफल: २०८२ भदौ २४ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जागरूकता आवश्यक छ। आलोचना हुन सक्छ तर आत्मसुधारको अवसर पनि मिल्नेछ। मङ्गलबार भएकाले हनुमानजीको पूजा गर्नु लाभदायक हुन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मन रमाइलो तिर लाग्नेछ। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। अध्ययन वा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने दिन हो। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सामान्य चिडचिडाहट आउन सक्छ। घरको कुनै जिम्मेवारी बढ्न सक्छ। मानसिक तनावबाट बच्न शान्ति अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धि र वाक्प्रतिभा प्रयोग गरेर काम सफल बनाउन सकिनेछ। यात्राको योग पनि बलियो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनको लेनदेनमा ध्यान दिनुहोस्। अनावश्यक खर्चले मन असन्तुष्ट हुन सक्छ। मङ्गलबार भएकाले रक्तदान वा धार्मिक सेवा गर्नु राम्रो हुनेछ। कन्या (पा, पि, प...
आजको राशिफल : २०८२ भदौ २३ गते सोमबार

आजको राशिफल : २०८२ भदौ २३ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पनि आत्मविश्वास उच्च रहनेछ। प्रेम, सन्तान र सिर्जनात्मकतामा राम्रो सफलता मिल्नेछ। नयाँ अवसरहरू देखिन सक्छन्। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारजनसँग समय बिताउने अवसर मिल्नेछ। घरको जिम्मेवारीले थोरै थकान दिन सक्छ, तर सन्तुष्टि मिल्नेछ। मनको कुरा खुलाउनु राम्रो हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) भेटघाट, कुराकानी र संचार सम्बन्धी कामहरूमा व्यस्तता बढ्नेछ। भाइबहिनी वा साथीभाइको साथ पाइनेछ। लेखनमा रुचि जाग्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको चाप बढ्न सक्छ, स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। कार्यक्षेत्रमा अनुशासन र समयको मूल्य बुझ्नुपर्ने दिन। सेवाभाव राख्दा फाइदा हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पनि तपाईंको दिन चम्किलो देखिन्छ। व्यक्तित्व उज्यालो बन्नेछ। नेतृत्व गर्ने अवसर पाइनेछ। स...
राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, किशन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, किशन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, किशन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन दक्षिण कोरियामा रहेका राप्तीवासीहरूको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ। “हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नारासहित सन् २००६ मा स्थापना भएको यस संस्थाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचाराको सम्बन्ध अभिवृद्धि गर्दै आएको छ। २०२३-२०२५ कार्यकाल सफलतापूर्वक पूरा गरेका तत्कालीन अध्यक्ष अमृत के.सी. तथा सम्पूर्ण कार्यसमितिलाई कार्यक्रममा धन्यवादसहित बधाई दिइएको थियो। यसै अवसरमा सम्पन्न निर्वाचनबाट २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्...
भ्रष्टाचार र सामाजिक सन्जाल बन्दविरूद्ध प्रदर्शन गर्दै जेनजी पुस्ता

भ्रष्टाचार र सामाजिक सन्जाल बन्दविरूद्ध प्रदर्शन गर्दै जेनजी पुस्ता

Breaking News, जानकारी, भर्खरै, समाचार
  जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्। माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ। विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनिएको छ। यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ। प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागे पनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्। ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्। उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन...
आजको राशिफल: २०८२ भदौ २१ गते शनिबार

आजको राशिफल: २०८२ भदौ २१ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक...
कोरियाबाट गणेश तामाङ योञ्जनको नयाँ तामाङ सेलो गीत ‘चरी त बस्यो डालीमा’ सार्वजनिक

कोरियाबाट गणेश तामाङ योञ्जनको नयाँ तामाङ सेलो गीत ‘चरी त बस्यो डालीमा’ सार्वजनिक

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियाबाट गणेश तामाङ योञ्जनको दोस्रो प्रस्तुति तथा शब्दमा रहेको नयाँ तामाङ सेलो भाकाको गीत ‘चरी त बस्यो डालीमा’ सार्वजनिक भएको छ। यो गीत Click Nepal YT मार्फत रिलिज गरिएको छ। गीतमा नेपाली संगीत क्षेत्रकी सर्वाधिक लोकप्रिय गायिका सुमिना लो र गायक आस्मान लोप्चनले आफ्नो सुमधुर स्वर दिएका छन्। संगीत तथा एरेन्जको जिम्मा विश्व दोङले सम्हालेका हुन् भने मिक्सिङ दीपेश प्रधानले गरेका छन्। रेकर्डिङ र निर्माण कार्य दोङ स्टुडियोमा सम्पन्न भएको हो। यो गीतले तामाङ समुदायको मौलिक भाकालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। ‘चरी त बस्यो डालीमा’ प्रेम, उमंग र मौलिकतालाई समेटिएको सेलो भाकामा प्रस्तुत गरिएको छ र दर्शक–श्रोतामाझ विशेष प्रिय हुने अपेक्षा गरिएको छ। पूरा गीत यहाँ सुन्न सकिन्छ: चरी त बस्यो डालीमा https://youtu.be/GLHKFDmvXLc?si=nY9AjkfSmz1dQm09...