‘पुजार सार्की’ कोरियामा मे २६ वाट प्रदर्शन हुने
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’कोरियाको सउल सहित दर्जन भन्दा बढि सहरहरुमा प्रदर्शन हुने भएको छ।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको फिल्म ‘पुजार सार्की’ सुर्खेत समाज दक्षिण कोरियाले, कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको हो। फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ ।
कोरियामा र जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्म सुर्खेत समाज दक्षिण कोरियाले सउल शो मे २६ तारिख आईतवार साथै राप्ती समाज दक्षिण कोरिय...








