Advertisement
Advertisement

मेगा स्टार अनमोल केसीको “फर्कि फर्कि” दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का

Advertisement
Advertisement

विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘फर्की फर्की’ दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।

यस अघि निरफुल , पशुपतिप्रसाद २ (भष्मे डन), डिग्री माइला दक्षिण कोरियामा सफल प्रदर्शन गरिसकेको नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले चलचित्र “फर्कि फर्कि” को पनि दक्षिण कोरिया प्रदर्शन अधिकार प्राप्त गरेसँगै अफिसियल रूपमा बुकिङ खुल्ला समेत गरिसकेको छ। मिलेर गरौं सबै खाले नेपाली उत्पादन लाई माया गरौं सबैको मेहनतको कदर गरौं भन्दै अंतरास्ट्रीय बजारमा नेपालमा उत्पादन हरेक बस्तुलाई फिल्म मात्रै नभई विशेष गरी इन्टरटेनमेन्ट सम्बन्धी कार्यक्रम हरु गर्न नेपाल सरकारमा दर्ता भएरै स्थापित कम्पनिले कोरियाको लागि बुकिङ खुल्ला गरे संगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन गर्न चाहने संघसंस्थाहरूले 010-9536-8458,010-7600-2013, 010-2664-6728,010-8378-9566‌‌ मा सम्पर्क गरि आफ्नो सहरमा प्रदर्शन गर्न बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

“फर्कि फर्कि” सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय छ ।
३ मिनेट २६ सेकेण्ड लम्बाईको ट्रेलरले टाइम ट्राभल (समय यात्रा)को कथा भन्छ । म्याडी पात्र (अनमोल केसी)ले हरेकपल्ट गल्ती गर्दा उसको जीवन पहिलेकै अवस्थामा फर्किन्छ । त्यसपछि उसले आफूलाई भगवान् ठान्छ ।
ट्रेलरमा अनमोल स्टाइलिस रुपमा प्रस्तुत छन् । तर, उनको चरित्र रिसाहा र सन्की स्वभावको देखिन्छ । बोलीभन्दा अगाडि उनको मुक्का र लात्ति चल्छ । उनको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा अभिनेत्री जसिता गुरुङ छिन् । उनीहरुबीचको प्रेम, रोमान्स र सम्बन्धमा आउने उतार-चढावलाई पनि ट्रेलरमा देखाइएको छ । उच्च मेकिङ क्वालिटी र दृश्यहरुबीचको तालमेल ट्रेलरको बलियो पक्ष हो ।

ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्मातामा छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र थापाको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । बक्स अफिसमा ‘फर्की फर्की’, र ‘पूजार सार्की’ विच भिडन्त हुँदैछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×