Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

E7-4R भिसा हुनेका लागि नयाँ व्यवस्था परिवार आउँदा प्रक्रिया कडाइ, नेपालबाट C-3 भिसामा मात्र आउन पाउने लगायत बिभिन्न नया नियम

E7-4R भिसा हुनेका लागि नयाँ व्यवस्था परिवार आउँदा प्रक्रिया कडाइ, नेपालबाट C-3 भिसामा मात्र आउन पाउने लगायत बिभिन्न नया नियम

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा E7-4R भिसामा काम गरिरहेकाहरुका लागि परिवार बोलाउने प्रक्रियामा नयाँ व्यवस्था लागू भएको छ। अब परिवार बोलाउँदा सिधै F-3 भिसा होइन, नेपालस्थित कोरियन दूतावासबाट C-3 भिसा मा अप्लाई गर्नुपर्नेछ। नयाँ नियमअनुसार परिवारले ९० दिनभित्रको दोहोरो हवाई टिकट लिएर मात्र भिसा आवेदन गर्न पाउनेछन्। कोरिया प्रवेश गरेपछि भने सोही C-3 भिसालाई F-3 (Family Visa) मा परिवर्तन गर्न मिल्ने व्यवस्था गरिएको छ, जसले परिवार बसाइलाई कानुनी रूपमा सहज बनाउनेछ। त्यसैगरी, नेपालबाट आउँदा Family Relationship Certificate र Marriage Certificate अनिवार्य रूपमा कोरियन एम्बेस्सीबाट verify (प्रमाणित) गरेर ल्याउनुपर्नेछ। कागजात अपूरो वा प्रमाणीकरण नगरिएको अवस्थामा भिसा प्रक्रिया रोकिन सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरिएको छ। E-7-4-R भिसा भएका सबै नेपालीले यो नयाँ नियमलाई ध्यानमा राख्दै समयमै कागजात तयार...
अधिवेशन सम्पन्न भएको करिब १०/११ दिनपछि सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन

अधिवेशन सम्पन्न भएको करिब १०/११ दिनपछि सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
लगभग दुई हप्ता पहिले, जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशनपछि नयाँ कार्यसमिति अहिले मात्र चयन् भएर सार्वजनिक गरिएको छ। सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशन जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भए पनि त्यसको करिब दुई हप्ता पछि मात्र नयाँ कार्यसमिति चयन तथा घोषणा गरिएको हो। निर्वाचन समितिले बुझाएको प्रतिवेदन, संस्थाको विधान र संरक्षक समितिसँगको छलफलपछि ओम साउदको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ। निर्वाचन समितिबाट प्राप्त प्रतिवेदनहरूको अध्ययन गर्दै संस्थाको आवश्यकता, निरन्तरता र योगदानलाई आधार मानेर निर्णय नं. ३ अनुसार १९औँ कार्यसमिति गठन गरिएको सस्थाका प्रमुख सरक्षक डा.अग्निराज कोइरालाको हस्ताक्षर भएको बिज्ञप्तिमा जनाइएको छ।यसअघि सम्पन्न अधिवेशनमा विभिन्न पदमा एकभन्दा बढी उम...
NRNA र पत्रकार महासंघपछि कोरियाको भलिबल संघ पनि राजनीतिक र व्यावसायिक स्वार्थको चङ्गुलमा

NRNA र पत्रकार महासंघपछि कोरियाको भलिबल संघ पनि राजनीतिक र व्यावसायिक स्वार्थको चङ्गुलमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियास्थित नेपाली संस्थाहरू पछिल्लो समय व्यक्तिगत, राजनीतिक तथा व्यावसायिक स्वार्थको अखडा बन्दै गएको आरोप तीव्र बन्दै गएको छ। एनआरएनए कोरिया र नेपाली पत्रकार महासंघपछि अब नेपाली भलिबल संघ कोरिया पनि स्वार्थ समूहको पकडमा पार्न खोजिएको भन्दै गम्भीर विवादमा तानिएको छ। संस्थाभित्र मुख्य पदहरू नै रिक्त राखेर नियोजित रूपमा चलखेल गरिएको, जसका कारण निर्वाचन प्रक्रिया नै प्रभावित भएको आरोप लागेको छ। अधिवेशनका क्रममा पद बाँडफाँड र उम्मेदवारी प्रक्रियामा राजनीतिक तथा व्यावसायिक स्वार्थ हावी भएको आरोप खुलेर उठेपछि संघ आलोचनाको घेरामा परेको हो। विशेषगरी निर्वाचन कमिटी संयोजकको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। अधिवेशनमै केही पदहरूमा उम्मेदवारी दर्ता गरिसकेपछि, पछिल्लो चरणमा राजनीतिक तथा व्यापारिक स्वार्थ प्रवेश गरेको महसुस भएपछि सम्बन्धित उम्मेदवारहरूले आफैं उम्मेदवारी फिर्ता लिएको जनाइएक...
ख्यङनाम गजेदोमा फेब्रुअरी १५ मा नेपाली राजदूतावासको घुम्ती शिविर हुदै

ख्यङनाम गजेदोमा फेब्रुअरी १५ मा नेपाली राजदूतावासको घुम्ती शिविर हुदै

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियास्थित नेपाली राजदूतावासको राहदानी नवीकरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम गजेदोमा सञ्चालन हुने भएको छ। किरात राई यायोक्खा गजेदोको आयोजनामा आगामी २०२६ फेब्रुअरी १५ (२०२६/०२/१५) तारिखका दिन गजेदोमा उक्त घुम्ती शिविर आयोजना हुन लागेको हो। शिविरमार्फत राहदानी नवीकरण सेवा तथा श्रमिकहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। यस कार्यक्रमका लागि ख्यङनाम क्षेत्रमा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरूबाट अग्रीम रूपमा नामावली सङ्कलन भइरहेको छ। राहदानीको म्याद एक वर्षभन्दा कम बाँकी रहेका नेपालीहरूले तल उल्लेखित सम्पर्क व्यक्तिहरूसँग आफ्नो नाम टिपाउन आयोजकले अनुरोध गरेको छ। फाराम भर्ने मिति तथा कार्यक्रमसम्बन्धी विस्तृत जानकारी एक हप्ता अगाडि सार्वजनिक गरिने पनि जनाइएको छ। सम्पर्क व्यक्तिहरू : • राधेश्याम राई : 010-2037-1415 • राज राई : 010-8348-9230 • अमर...