विशाल आवाज– यस वर्ष दक्षिण कोरिया जान इच्छुक नेपाली युवामाझ ईपीएस (Employment Permit System) परीक्षाप्रतिको चासो उच्च देखिएको छ। श्रम तथा रोजगारका लागि फाराम भर्नेहरुको संख्या करिब १ लाख ३ हजार पुगेको छ।
तर, यसपटक उत्तीर्ण हुने कोटा भने केवल ५,३०० मात्र रहनेछ। त्यसमा म्यानुफ्याक्चरिङ क्षेत्रमा ३,५०० र कृषि क्षेत्रमा १,८०० जनाको माग रहेको सम्बन्धित निकायले जनाएको छ।
फाराम दिने संख्या अत्यधिक भए पनि सीमित कोटा रहेको यस परीक्षाले फेरि एक पटक नेपाली युवामाझ कोरियाली रोजगारप्रतिको आकर्षण मात्र नभई, देशभित्रको गम्भीर बेरोजगारी समस्यालाई समेत प्रस्ट पारेको छ।
परीक्षाको तालिका चाँडै सार्वजनिक हुने जनाइएको छ भने फाराम भर्ने क्रममा देखिएका नामसम्बन्धी त्रुटि तथा अन्य प्राविधिक समस्याहरू पनि निकट भविष्यमा समाधान हुने अपेक्षा गरिएको छ।...
१ भाद्र २०८२, आईतवार ०५:०९१ भाद्र २०८२, आईतवार ०५:०९१ भाद्र २०८२, आईतवार ०५:०९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको राजधानी सउलमा आइतबार बिहान भएको अपार्टमेन्ट आगलागीमा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
सउलको पश्चिमी क्षेत्र मापोस्थित २० तले अपार्टमेन्टको १४औं तलामा बिहान करिब ८:१० बजे आगलागी सुरु भएको हो। आगोको कारणबारे अहिले अनुसन्धान भइरहेको जनाइएको छ।
आगलागीपछि करिब ८० जना बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको थियो। आगो नियन्त्रणमा लिन २२८ जना अग्निनियन्त्रक र ७६ वटा सवारी साधन परिचालन गरिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ।
यस घटनाले फेरि एक पटक सउल महानगर क्षेत्रका अपार्टमेन्ट बासिन्दाहरूबीच सुरक्षाप्रति चिन्ता बढाएको छ।...
३२ श्रावण २०८२, शनिबार ०४:२८३२ श्रावण २०८२, शनिबार ०४:२८३२ श्रावण २०८२, शनिबार ०४:२८ by विशाल श्रेष्ठNo Comments
अगस्ट २९ मा हुने शल्यक्रियाका लागि करिब दुई करोड वोन आवश्यक, सहयोग संकलन अभियान अगस्ट २५ सम्म मात्र खुला
बिशाल आवाज: पाँचथर, याङ्वरक गाउँपालिका निवासी (हाल दक्षिण कोरिया) निर्मल सेलिङ गम्भीर स्वास्थ्य समस्यामा परेपछि उनको उपचारका लागि कोरियामा रहेका नेपाली समुदायले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।
करिब ३ वर्षअघि रोजगारीका लागि कोरिया आएका सेलिङ करिब १५ महिनाअघि दाहिने हातमा सुन्निने, दुख्ने समस्या देखिएपछि 김포 우리 병원 मा भर्ना भएका थिए । प्रारम्भिक उपचारपछि समेत सुधार नआएपछि उनलाई 강남 세브란스 अस्पताल, सउलमा रिफर गरिएको हो ।
त्यहाँको परीक्षणमा उनको दाहिने हातको रक्तनली अवरुद्ध (Block) भएको पत्ता लागी ठूलो शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । तर उक्त उपचारमा करिब दुई करोड वोनभन्दा बढी खर्च लाग्ने र बीमाबाट खर्च नझर्ने भएकाले ठूलो आर्थिक समस्या खडा भएको हो ।
यस कारण सेलिङको ...
३० श्रावण २०८२, बिहीबार ०२:४९३० श्रावण २०८२, बिहीबार ०२:४९३० श्रावण २०८२, बिहीबार ०२:४९ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज – अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको आयोजनामा भव्य सुपा देउराली तीज विशेष कार्यक्रम–२०२५ आउँदो २०२५ अगस्ट २४ गते (आइतबार) सउलमा हुने भएको छ। नेपाली नारीहरूको महान चाड हरितालिका तीज लाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा सांस्कृतिक, मनोरञ्जनात्मक तथा सामाजिक एकताको वातावरण सृजना गरिने आयोजकले जनाएको छ।
कार्यक्रम 서울시 중구 퇴계로 417 (सिन्दाङयक ४ नं. गेटबाट १०० मिटर अगाडि) मा बिहान ११:०० बजे देखि साँझ ७:०० बजे सम्म सञ्चालन हुनेछ।आयोजकका अनुसार, कार्यक्रममा प्रख्यात लोकगायक–गायिकाहरूको तीज प्रस्तुति, स्थानीय कलाकारहरूको नृत्य तथा गीत, रचनात्मकता र सांस्कृतिक प्रस्तुति, साथै स्वादिष्ट दर परिकारको विशेष व्यवस्था गरिनेछ।
यस अवसरमा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो परिवारसहित उपस्थित भई कार्यक्रमको शोभा बढाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।...
२९ श्रावण २०८२, बुधबार १३:३०२९ श्रावण २०८२, बुधबार १३:३०२९ श्रावण २०८२, बुधबार १३:३० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज – दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ‘जारी’ को सिक्वेल ‘जारी २’ यही सेप्टेम्बर २१ (आइतबार) मा दक्षिण कोरियाको सुवनस्थित अत्याधुनिक सुविधा सम्पन्न MEGABOX हलमा प्रदर्शन हुने भएको छ। Manggena Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो विशेष ‘Suwon Show’ का लागि अग्रिम अनलाइन बुकिङ खुला गरिएको आयोजकले जनाएको छ।
दशैंको छेको पारेर असोज ३ गतेदेखि संसारभर रिलिज हुन लागेको ‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।
निर्देशक उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्...
२९ श्रावण २०८२, बुधबार १२:४०२९ श्रावण २०८२, बुधबार १२:४०२९ श्रावण २०८२, बुधबार १२:४० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज – दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि ठूलो राहतको खबर आएको छ। पार्वती मोक्तान नेतृत्वको गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया र कोरियाली चिकित्सक समाजबीच नेपाली श्रमिक, विद्यार्थी तथा कागजात नवीकरण नभएकाहरूलाई समेत स्वास्थ्य उपचारमा सहयोग पुर्याउने सम्झौता भएको हो।
बुधबार एयस डकाष्टको कार्यालयमा विशेष कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता पत्रमा NRNA दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तान र कोरियाली चिकित्सक समाजका अध्यक्ष इम सक योङले हस्ताक्षर गरे।
सम्झौता अनुसार, आउँदो सेप्टेम्बर २० देखि कोरियामा रहेका नेपालीहरूले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्। हरेक दुई महिनामा एकपटक स्वास्थ्य शिविर सञ्चालन हुनेछ, जसमा बिरामी जाँचदेखि आवश्यक औषधि उपलब्ध गराइनेछ।
चिकित्सक समाजले औषधि, जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउनेछ भने NRNA दक्षिण कोरियाले प्रचार–प्रसार, बिरामी...
२८ श्रावण २०८२, मंगलवार १३:५०२८ श्रावण २०८२, मंगलवार १३:५०२८ श्रावण २०८२, मंगलवार १३:५० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज को पावन अवसरमा, सनातन साहित्य संगीत साधना समूह (पाँच–स) दक्षिण कोरिया ले यस वर्ष पनि विगतको सफल परम्परालाई निरन्तरता दिँदै अगस्ट २४ सुवनमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम यही २०२५ अगस्ट २४ (आइतबार) बिहान ११:०० बजेबाट Woori Himalaya Restaurant’s Hall, Suwon Station Exit No. 11 मा भव्य रूपमा आयोजना गर्ने भएको छ। यस अवसरमा दीप प्रज्वलन, शान्तिपाठ, तीज तथा ऋषि पंचमी ब्रतको महिमा श्रवण लगायतका आध्यात्मिक क्रियाकलापसँगै नेपाली मौलिक भेषभूषा, गीत–संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछ। साथै, तीजको स्वादिलो दर को पनि व्यवस्था गरिएको छ।
आयोजक संस्थाले पूर्वीय सनातन धर्म, कला, संस्कार र नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताएक...
२८ श्रावण २०८२, मंगलवार ०१:११२८ श्रावण २०८२, मंगलवार ०१:११२८ श्रावण २०८२, मंगलवार ०१:११ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको ख्यङ्जु (Gyeongju) मा कार्यरत इलामका एक नेपाली युवकको मोटरसाइकल दुर्घटनापछि उपचारकै क्रममा निधन भएको छ।
इलाम जिल्ला, सूर्योदय नगरपालिका–९ रम्फोकका ३४ वर्षीय सागर राई करिब २ वर्ष ३ महिना अघि रोजगारीको लागि ईपीएस (EPS) प्रणालीमार्फत कोरिया आएका थिए। ख्यङ्जुस्थित मोह्वामा कार्यरत राईको २०२५ अगस्ट ९ मा मोटरसाइकल दुर्घटना भएको थियो। गम्भीर घाइते भएपछि उनलाई डोङ्गुक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो।
लगातार उपचार भए पनि अवस्था सुधार नहुँदा दुर्घटनापछि तेस्रो दिन अर्थात् अगस्ट ११ मा उनको असामयिक निधन भएको हो। पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको र अस्पतालमा लामो समय शव राख्न नसकिने भएकाले, परिवार र आफन्तसँगको सहमतिमा शव नेपाल पठाउने तयारी भइरहेको छ।
कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई यातायातका नियम पालना गर्न, सुरक्षा उपकरणको प्रयोग गर्न तथा सडकमा अधिक सतर्क रह...
२७ श्रावण २०८२, सोमबार १३:४८२७ श्रावण २०८२, सोमबार १३:४८२७ श्रावण २०८२, सोमबार १३:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज–सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २१ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ आयोजना हुने भएको छ।
सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचारसिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही २०२५ सेप्टेम्बर २१तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ खेलाइने भएको हो। “जहाँ नेपाली सद्भाव, एकता र भाइचारा, अनुशासन, स्वास्थ्य र खेलकुद हाम्रो अभिभारा” भन्ने उद्देश्यका साथ, हाल समाजद्वारा सञ्चालित ‘विपन्न वर्ग बालबालिका छात्रवृत्ति कोष’ अभिवृद्धि गर्ने मुख्य हेतुले यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। बिहान ७ बजेबाट सुरु हुने प्रतियोगितामा टिम दर्ताको अन्तिम मिति २०२५ सेप्टेम्बर १३ र टाइसिट...
२७ श्रावण २०८२, सोमबार १३:१७२७ श्रावण २०८२, सोमबार १३:१७२७ श्रावण २०८२, सोमबार १३:१७ by विशाल श्रेष्ठNo Comments
भोजपुर परिवार दक्षिण कोरियाले आफ्नो स्थापना भएको २०औं वर्षको अवसरमा आगामी अगस्ट ३० र ३१ तारिखका दिन “बृहत् बनभोज तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ। संस्थाले भोजपुरबासी मात्र नभई गैर–भोजपुरबासी नेपालीहरुलाई पनि भावनात्मक, सांस्कृतिक र आर्थिक रूपमा अझ मजबुत बनाउन कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
कार्यक्रम 경기도 화성시 서신면 해안길 344 मा हुनेछ, जसमा डोरी तान्ने प्रतियोगिता, पुस अप च्यालेन्ज, बेलुन फुटाउने प्रतियोगिता, म्युजिकल चियर, विभिन्न सांगीतिक प्रस्तुति, समुन्द्र किनारको रमणीय दृश्य अवलोकन, साथै नेपाली परिकार र BBQ सहितको भोज रहनेछ। विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागिताको शुल्क पुरुषका लागि १ लाख वोन, महिलाका लागि ८० हजार वोन, विद्यार्थीका लागि ७० हजार वोन, र दम्पतीका लागि १ लाख ५० हजार वोन निर्धारण गरिएको छ। रकम NH Bank – 302-1772-5086-81, Rai Ramcha...