दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वास्थ्य बिमा तथा सरकारी बाल हेरचाह सुविधा उपलब्ध गराउने उद्देश्यले कानुनी सुधारको तयारी भइरहेको छ।
दक्षिण कोरियाली सञ्चारमाध्यम कोरिया हेराल्ड का अनुसार, विवाह नगरी सन्तान जन्माएका विदेशी आमाहरूले कोरियाली बाबुसँगको जैविक सम्बन्ध प्रमाणित गरी सन्तानलाई कोरियाली नागरिकता दिलाउने प्रक्रियामा लामो समय कुर्नुपर्ने अवस्था छ। यस अवधिमा बालबालिकाले स्वास्थ्य बिमा, नियमित स्वास्थ्य परीक्षण तथा सरकारी अनुदान प्राप्त बाल हेरचाह सुविधाबाट वञ्चित हुनुपर्ने समस्या देखिएको छ।
हालै सार्वजनिक भएको एउटा घटनामा थाइल्यान्डकी एक अविवाहित महिलाले दक्षिण कोरियामा छोरालाई जन्म दिएपछि कोरियाली बाबुसँग सम्बन्ध बिग्रिएर एक्लै सन्तान हुर्काउनुपरेको छ। उनले बाल हेरचाहमा मात्रै मासिक कर...

