Advertisement
Advertisement

Day: ९ कार्तिक २०८३, आईतवार ०९:०८

दक्षिण कोरियामा विदेशी भाषामा प्रहरी सेवा लिन कठिन, एआई प्रणाली विकास हुँदै

दक्षिण कोरियामा विदेशी भाषामा प्रहरी सेवा लिन कठिन, एआई प्रणाली विकास हुँदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  दक्षिण कोरियामा विदेशी नागरिकले प्रहरीसँग सम्पर्क गर्दा भाषागत समस्या भोग्नुपरेको विषय सार्वजनिक भएको छ। विदेशी भाषामा ११२ आपत्कालीन सेवामा आउने फोनको संख्या तीव्र रूपमा बढेपछि प्रहरीले बहुभाषिक सेवा सुधार गर्ने तयारी गरेको हो। प्रहरीको तथ्यांकअनुसार सन् २०२५ मा विदेशी भाषामा ११२ मा २१ हजार २५२ फोन आएका थिए, जुन सन् २०२४ को १० हजार ३४८ भन्दा दोब्बरभन्दा बढी हो। सन् २०२६ को पहिलो आठ महिनामै २१ हजार १२ फोन आइसकेका छन्। हाल ११२ आपत्कालीन सेवा केन्द्रमा अंग्रेजी र चिनियाँ भाषाका लागि आन्तरिक अनुवाद सुविधा छ भने अन्य भाषाका लागि बाह्य अनुवादकको सहयोग लिनुपर्ने व्यवस्था छ। प्रहरी कार्यालयमा बयान लिने वा पक्राउ गर्ने क्रममा पनि अनुवादक उपलब्ध गराउन कठिन हुने गरेको छ। विशेषगरी पक्राउको कारण र कानुनी अधिकारबारे जानकारी दिँदा सही अनुवाद अत्यन्त आवश्यक मानिन्छ। यस समस्यालाई समाधान गर्न...
छुसकमा आयोजित ‘सिरिजंगा सांगीतिक सौगात–५’को आर्थिक प्रतिवेदन सार्वजनिक, एक करोड ६१ लाख वनभन्दा बढी बचत

छुसकमा आयोजित ‘सिरिजंगा सांगीतिक सौगात–५’को आर्थिक प्रतिवेदन सार्वजनिक, एक करोड ६१ लाख वनभन्दा बढी बचत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियामा छुसकको अवसरमा आयोजना गरिएको ‘सिरिजंगा सांगीतिक सौगात भाग–५’को आर्थिक प्रतिवेदन आज सउल दोङ्देमुन स्थित पूर्वी नेपाल समाजको सभाहलमा एक कार्यक्रम गरि सार्वजनिक भएको छ। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३औँ कार्यसमिति तथा सल्लाहकार समितिको आयोजनामा सन् २०२६ सेप्टेम्बर २६ तारिख सउलमा सम्पन्न कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपालबाट आमन्त्रित गायक एकदेव लिम्बु तथा उनको ब्याण्ड, गायिका मेचु धिमाल र कार्यक्रम सञ्चालिका तथा अभिनेत्री सिर्जना निङ्लेखुको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार हरुको साथमा स्थानीय कलाकार हरुले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। आज सार्वजनिक आर्थिक प्रतिवेदनअनुसार कार्यक्रमको कुल आम्दानी ५ करोड ८७ लाख २५ हजार वन र कुल खर्च ४ करोड २६ लाख १८ हजार ५९० वन रहेको छ। यसअनुसार कार्यक्रमबाट १ करोड ...