Advertisement
Advertisement

Day: ४ कार्तिक २०८३, मंगलवार १६:५२

कोरियामा E-7-4 भिसा छाडेर D-10 मा बसेका नेपालीलाई झट्का! अवैध रूपमा ‘आल्बा’ गरेको खुल्दा भिसा थपिएन, नेपाल फर्किनुपर्ने बाध्यता😢🇰🇷

कोरियामा E-7-4 भिसा छाडेर D-10 मा बसेका नेपालीलाई झट्का! अवैध रूपमा ‘आल्बा’ गरेको खुल्दा भिसा थपिएन, नेपाल फर्किनुपर्ने बाध्यता😢🇰🇷

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा भिसासम्बन्धी नियमको पालना नगर्दा एक नेपाली युवाले ठूलो समस्या भोग्नुपरेको घटना सार्वजनिक भएको छ। E-7-4 भिसामा कार्यरत रहेका ती नेपालीले काम छाडेर D-10 भिसा लिएका थिए। तर, D-10 भिसामा रहँदा अनुमति नलिई ‘आल्बा’ (अस्थायी काम) गरेको विषय बाहिर आएपछि उनको भिसा थप गर्ने प्रक्रिया रोकिएको बताइएको छ। प्राप्त विवरणअनुसार, ती नेपाली युवा E-7-4 भिसामा काम गरिरहेका बेला कम्पनी छाडेर D-10 भिसामा बसेका थिए। उनलाई सुरुमा ६ महिनाको D-10 भिसा दिइएको थियो। उक्त अवधि सकिन लागेपछि उनले भिसा थपका लागि आवश्यक कागजात अध्यागमन कार्यालयमा बुझाएका थिए। भिसा थप गर्ने प्रक्रियाका क्रममा अध्यागमनका अधिकारीलाई ती युवाले ६ महिनासम्म किन नियमित काममा संलग्न भएनन् भन्ने विषयमा शंका लागेपछि फोनमार्फत सोधपुछ गरिएको बताइएको छ। सोधपुछका क्रममा उनले आफूले काम गरिरहेको कम्पनी र ‘आल्बा’ गर्दै आएको विषय खुलाएका ...
दशैँकै बेला फेरि दुःखद खबर! नोनसानमा मेसिनमा च्यापिएर नेपाली श्रमिकको मृत्यु 😭नोनसानस्थित कम्पनीमा काम रोक्न आदेश🇳🇵🇰🇷‼️

दशैँकै बेला फेरि दुःखद खबर! नोनसानमा मेसिनमा च्यापिएर नेपाली श्रमिकको मृत्यु 😭नोनसानस्थित कम्पनीमा काम रोक्न आदेश🇳🇵🇰🇷‼️

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दशैँकै बेला फेरि दुःखद खबर! नोनसानमा मेसिनमा च्यापिएर नेपाली श्रमिकको मृत्यु 😭नोनसानस्थित कम्पनीमा काम रोक्न आदेश🇳🇵🇰🇷‼️ मेसिनमा टाउको च्यापिएर ३० वर्ष आसपासका नेपाली श्रमिकको ज्यान गयो, दुर्घटनाको कारणबारे अनुसन्धान जारी दशैँको उल्लासमय समयमा फेरि एक नेपाली श्रमिकले ज्यान गुमाउनुपरेको दुःखद खबर सार्वजनिक भएको छ।दक्षिण कोरियामा रोजगारीका लागि आएका नेपाली श्रमिकको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ। मंगलबार, अक्टोबर २० तारिख दिउँसो नोनसान (논산) क्षेत्रमा रहेको एक उत्पादनमूलक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर नेपाली श्रमिकको मृत्यु भएको हो। दुर्घटना दिउँसो करिब ३ बजेर ४८ मिनेटमा भएको थियो। ३० वर्ष आसपासका नेपाली नागरिक ए नामले चिनाइएका श्रमिक जहाज निर्माणमा प्रयोग हुने पिस्टनलगायतका पार्टपुर्जा उत्पादन गर्ने क्रममा कम्प्रेसन मेसिनमा टाउको च्यापिएको अवस्थामा फेला परेका थिए। दुर्...
मोक्पोमा आयोजित फुटबल प्रतियोगिता खेल्ने क्रममा घाइते खेलाडी लक्ष्मणको योङहाङ लिम्बूको उपचारका लागि सहयोग अपिल😢😢🇰🇷🇳🇵

मोक्पोमा आयोजित फुटबल प्रतियोगिता खेल्ने क्रममा घाइते खेलाडी लक्ष्मणको योङहाङ लिम्बूको उपचारका लागि सहयोग अपिल😢😢🇰🇷🇳🇵

Breaking News, Breaking news 1, Breaking news 2, खेलकुद, जानकारी, दुर्घटना
दक्षिण कोरियाको मोक्पोमा आयोजित फुटबल प्रतियोगितामा खेल्ने क्रममा गम्भीर घाइते भएका इक्सान नेपाली फुटबल क्लबका खेलाडी लक्ष्मण योङहाङ लिम्बूको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। गत अक्टोबर ४ तारिख मोक्पोमा आयोजित फुटबल प्रतियोगितामा खेल्ने क्रममा लडेर उहाँको हातमा गम्भीर चोट लागेको थियो। चोट गम्भीर भएकाले उहाँको अपरेसन गर्नुपरेको र हाल डेजनस्थित 을지대학교 병원 (उल्जी विश्वविद्यालय अस्पताल) मा अपरेसनपछि आराम गरिरहेको जनाइएको छ। अस्पतालमा उपचार गराइरहनुभएका लिम्बूको उपचार खर्च अत्यधिक हुने भएकाले आर्थिक सहयोग आवश्यक परेको इक्सान नेपाली समाज परिवारले जनाएको छ। यस कठिन परिस्थितिमा उहाँको उपचारमा सहयोग पुर्‍याउन दक्षिण कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी, फुटबलप्रेमी र सहयोगी मनहरूसमक्ष आफ्नो इच्छाअनुसार सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ। इक्सान नेपाली समाज परिवारले सहयो...