नयाँ वर्ष २०८३ को अवसर पारेर गायक तथा सर्जक अमृत विश्वकर्माले आफ्नो नयाँ गीत ‘दिल बस्यो’ सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। करिब १२ वर्षपछि संगीतमा फर्किएका विश्वकर्माले दर्शक–श्रोतामाझ नयाँ सांगीतिक उपहार प्रस्तुत गरेका हुन्।
पर्वत जिल्लामा जन्मिएका विश्वकर्माले आफ्नै रचना र संगीतमा तयार पारिएको ‘दिल बस्यो’ गीत बजारमा ल्याएका हुन्। गीतमा चर्चित संगीत संयोजक HBN KISMAT (एच.बि.एन. किस्मत) को संयोजन रहेको छ। उक्त गीत ONE DB HD (The Next Level) स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिङमा राज खड्काको भूमिका रहेको छ भने व्यवस्थापन कुमार विश्वकर्माले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ स्वयं किस्मतले गरेका हुन्।
गीतमा गायिका देवी घर्ति मगरले अमृत विश्वकर्मालाई स्वरमा साथ दिएकी छन्। गीतको भिडियो पनि दर्शकले मन पराइरहेका छन्। सार्वजनिक भएको छोटो समयमै, एक हप्ताभित्रै, भिडियोले एक...
५ बैशाख २०८३, शनिबार ०१:०३५ बैशाख २०८३, शनिबार ०१:०३५ बैशाख २०८३, शनिबार ०१:०३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हुने भएको छ। ‘दि आगानी ब्यान्ड’को प्रस्तुतिमा आयोजना हुन लागेको यस सांगीतिक कार्यक्रममा नेपाली दर्शकहरूका लागि विशेष मनोरञ्जनको तयारी गरिएको आयोजकले जनाएको छ।
मे २ तारिक शनिबार राति ८ बजेदेखि बिहान ४ बजेसम्म डिजे रमेशको ननस्टप डिजे म्युजिकको साथमा चल्ने सेलो नाइट २ कार्यक्रममा जितु लोप्चनको लाइभ प्रस्तुति मुख्य आकर्षण रहनेछ। साथ स्थानिय कलाकार हरु र डीजे रमेसको संगीत मार्फत माहोल थप उत्साहित बनाउनेछन्।
कार्यक्रम सैलको दोङदेमुन बाटै नजिकै रहेको र दोङदेमुन बाट बसको समेत ब्यबस्था गरेको हुदा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा सेलो ,आधुनिक तथा लोक–संस्कृतिको मिश्रण प्रस्तुत गरिनेछ, जसले दर्शकलाई रातभर झुमाउने विश्व...