Advertisement
Advertisement

नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

Advertisement
Advertisement

नयाँ वर्ष २०८३ को अवसर पारेर गायक तथा सर्जक अमृत विश्वकर्माले आफ्नो नयाँ गीत ‘दिल बस्यो’ सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। करिब १२ वर्षपछि संगीतमा फर्किएका विश्वकर्माले दर्शक–श्रोतामाझ नयाँ सांगीतिक उपहार प्रस्तुत गरेका हुन्।

पर्वत जिल्लामा जन्मिएका विश्वकर्माले आफ्नै रचना र संगीतमा तयार पारिएको ‘दिल बस्यो’ गीत बजारमा ल्याएका हुन्। गीतमा चर्चित संगीत संयोजक HBN KISMAT (एच.बि.एन. किस्मत) को संयोजन रहेको छ। उक्त गीत ONE DB HD (The Next Level) स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिङमा राज खड्काको भूमिका रहेको छ भने व्यवस्थापन कुमार विश्वकर्माले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ स्वयं किस्मतले गरेका हुन्।

गीतमा गायिका देवी घर्ति मगरले अमृत विश्वकर्मालाई स्वरमा साथ दिएकी छन्। गीतको भिडियो पनि दर्शकले मन पराइरहेका छन्। सार्वजनिक भएको छोटो समयमै, एक हप्ताभित्रै, भिडियोले एक लाखभन्दा बढी भ्युज बटुल्दै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

भिडियो निर्देशन चर्चित नृत्य निर्देशक मौसम हिमालीले गरेका छन् भने छायांकन नवराज उप्रेतीले गरेका हुन्। अभिनयमा अमृत विश्वकर्मासँगै चर्चित मोडल जुना विश्वकर्मा देखिएकी छन्। साथै २० जना डान्सरहरूको सहभागितामा मकवानपुरको चित्लाङमा भिडियो छायांकन गरिएको हो। सम्पादन मनोज कार्कीले गरेका छन् भने आईटी सपोर्ट राजेन्द्र अर्यालले प्रदान गरेका छन्।

गायक क्षितिज सुनारले रेकर्डिङदेखि युट्युब अपलोडसम्मको प्रक्रियामा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै विश्वकर्माले धन्यवाद व्यक्त गरेका छन्।

यसअघि ‘दाई नभन ल’, ‘हरे शिव राम’, ‘दुई दिने यो चोला’, ‘पिरले छाती जल्छ’ र ‘तिमी कति राम्री’ जस्ता लोकप्रिय गीतहरूमार्फत श्रोतामाझ परिचित बनेका विश्वकर्माले एक सयभन्दा बढी गीतमा रचना तथा संगीत दिइसकेका छन्।

विगत १२ वर्षदेखि दक्षिण कोरियामा बसोबास गर्दै आएका विश्वकर्माले परदेश बसाइँका बाबजुद नेपाली भाषा, कला र संस्कृतिको जगेर्नामा योगदान दिँदै आएका छन्। नयाँ गीत ‘दिल बस्यो’ले पनि दर्शक–श्रोताको मन जित्ने विश्वास उनले व्यक्त गरेका छन्। सांगीतिक यात्रालाई निरन्तरता दिने लक्ष्यसहित अघि बढेका विश्वकर्माले आगामी दिनमा अझ उत्कृष्ट सिर्जना ल्याउने प्रतिबद्धता जनाएका छन्।

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×